नेपाल कम्युनिस्ट पार्टी (माओवादी)का केन्द्रीय प्रतिनिधि समिति सदस्य दर्शन सीको अन्तिम दाह संस्कार सम्पन्न भएको छ ।

कपिलवस्तुको शिवगढीस्थित नेकपा-माओवादी)को केन्द्रिय कार्यालयमा आयोजित शोकसभामा पार्टीका महासचिव नेत्र विक्रम विप्लव सीले अन्तिम श्रद्धाञ्जली दिनु भयो ।

महासचिव विप्लवले केन्द्रीय कार्यालयमा कार्यरत दर्शनको पार्थिव शरीरमा कम्युनिस्ट पार्टीको झन्डा ओडाउदै, दर्शनको दुर्घटनामा भएको अनपेक्षित मृत्युले पार्टीलाई अपुरणिय क्षति भएको बताउनु भयो ।

दर्शन सीको पार्थिव शरिरलाई अन्तिम श्रद्धाञ्जलीका लागि केन्द्रिय कार्यालय प्राङ्गणमा राखी शोकसभा आयोजना गरेको र अन्तिम संस्कार चिरइ घाटमा गरेको पार्टी केन्द्रिय कार्यालय स्रोतले बताएको छ ।

अन्तिम संस्कार कार्यक्रममा दर्शन सीको बुवा, छोरी तथा नेकपा९माओवादी०का महासचिव विप्लव सी, केन्द्रिय नेताहरु, कपिलवस्तु जिल्ला पार्टी तथा स्थानिय जन समुदायको सहभागिता रहेको थियो ।

दर्शन सीको अन्तिम संस्कार सी सस्कृतिअनुसार गरिने शोक सभामा श्रद्धाञ्जली दिने क्रममा महासचिव विप्लव सीले बताउनु भयो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार