
नवनियुक्त प्रहरी प्रमुख मनोज कुमार केसील ओलीदेखि प्रचण्डसम्म गगनदेखि आरजुसम्मका शक्तिशाली नेताहरूलाई समातेर पक्राउ गरेर अनुसन्धान गर्ने भएका छन् ।
आइजीपी केसीले खोल्नैपर्ने पाँच प्रमुख काण्डहरूको फाइलमध्येमा एक नम्बरमा परेको छ माओवादी लडाकु शिविर तथा सेरा दरबार काण्ड ।
विस्तृत शान्ति सम्झौतापछि शिविरमा रहेका लडाकुहरूको नाम नक्कली र कागजी विवरण खडा गरी राज्यकोषको अरबौँ रुपैयाँ हिनामिना गरेको गम्भीर आरोप प्रचण्डमाथि लागेको छ ।
तत्कालीन माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नाम मुख्य रूपमा जोडिँदै आएको छ।
त्यस्तै नुवाकोटको सेरा दरबार र त्यसको १,२६४ रोपनी सरकारी जग्गा भू–माफियाहरूले निजको पनिको नाममा नामसारी गरेको अर्को ठूलो जग्गा घोटाला प्रचण्ड प्रधानमन्त्री भएकै कार्यकालमा भएको हो ।
अब नयाँ प्रहरी प्रमुखले छानबिन गर्नुपर्ने माग उठिरहेको छ। नम्बर दुई गगन थापा र इनाम सापकोटाको १८ करोडको अडियो प्रकरण ।
सामाजिक सञ्जाल र सञ्चार माध्यमहरूमा नेपाली कांग्रेसका सभापति गगन थापा र इनाम सापकोटा जोडिएको भनिएको एउटा अडियो बाहिरिएपछि यो विषय चर्चामा आएको छ।
अडियो सार्वजनिक हुन लाग्दै गगन थापामा छटपटी बढेको भन्दै विभिन्न चर्चा परिचर्चा भइरहेको छ।
अडियोमा निर्वाचन आयोगको सर्वसत्ताका न्यायाधीश र दलका नेताहरूबीच लेनदेनको कुरा गरिएको दाबी गरिए पनि गगन थापाले यस प्रकारमा आफ्नो तर्फबाट एक सुको पनि लेनदेन नभएको र यो भ्रम मात्रै भएको भन्दै खण्डन गरेका छन्।
नागरिकले भने यसको सत्यतथ्य मागसमेत गरिरहेका छन् । नम्बर तीन ओली–देउवा–प्रचण्डका स्वकीय सचिवहरूको सम्पत्ति छानबिन।
पूर्व प्रधानमन्त्रीहरू केपी शर्मा ओली शेरबहादुर देउवा र पुष्पकमल दाहाल प्रचण्ड र अन्य शीर्ष नेताहरूका स्वकीय सचिव तथा निकटस्थ व्यक्तिहरूको सम्पत्तिमाथि प्रश्न उठ्दै आइरहेको छ।
शक्ति र पहुँचको दुरुपयोग गरी उनीहरूका स्वकीय र नातेदारहरूले अस्वाभाविक रूपमा अथा सम्पत्ति आर्जन गरेको नागरिकहरूको गुनासोसमेत छ।
यस पक्ष्य छानबिन गरी यस्ता हाइ प्रोफाइल सहयोगीहरूलाई कानुनी दायरामा ल्याउनुपर्ने प्रहरीमा ठूलो चुनौतीसमेत थपिएको छ।
नम्बर चार नक्कली भुटानी शरणार्थी काण्ड। नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै करोडौँको रुपैयाँ ठगी गरेको इतिहासकै लज्जास्पद काण्ड मानिन्छ।
यसमा डाक्टर मनोज केसीकै नेतृत्वको प्रहरी टोलीले अनुसन्धान गरी पूर्व उपप्रधानमन्त्रीको बालकृष्ण खाँण पूर्व गृहमन्त्री बालकृष्ण खाँण पूर्व गृहसचिव टेकनारायण पाण्डेसहित धेरैलाई हतकडी लगाएको थियो।
यो अनुसन्धान गर्दै गर्दा आजको ठाउँसम्म पुगेको र आजको ठाउँलाई गिरफ्तार गर्ने हल्लाका बीच मनोज केसीलाई सरुवा गरेको पनि समाचारहरू आइरहेका थिए।
अब मनोज केसीले यो विषयमा पनि थप अनुसन्धान गरी भिआइपीहरूलाई हतकडी लगाउनेमा धेरैले आशा गरेका छन्।
नम्बर पाँच गिरिबन्धु टी स्टेट प्रकरण।
झापामा रहेको गिरिबन्धु चिया बगानको सरकारी हदबन्दीभन्दा बढी रहेको अरबौँ रुपैयाँ मूल्य पर्ने बहुमूल्य जग्गालाई ऐन नै संशोधन गरेर अर्को सस्तो ठाउँको जग्गासँग साटफेर गर्न दिने निर्णय तत्कालीन केपी शर्मा ओली सरकारले नै गरेको देखिन्छ।
नीतिगत भ्रष्टाचारको चरम रूप मानिएको यो निर्णयलाई पछि सर्वोच्च अदालतले बदर गरिदिएको थियो।यो काण्डमा भू–माफिया र शीर्ष राजनीतिक नेतृत्वको ठूलो साठगाँठ रहेको आरोपसमेत लाग्दै आइरहेको छ।
अब केपी शर्मा ओलीसहितका विभिन्न नेताहरूलाई अनुसन्धानमा ल्याउनुपर्ने मनोज केसीलाई चुनौती थपिएको छ।
उज्यालो मिसनबाट ।







