नेकपा (माओवादी)ले आफ्नो बाटो आफैं खन्न शुरु गरेको छ । अर्घाखाँचीको शितगंगाअन्तर्गत बोक्से भन्ने ठाउँमा पार्टी महासचिव विप्लव सीको नेतृत्वमा केन्द्रीय कार्यालय टीमले आइतबारबाट शुरु गरेको हो ।

स्मरणरणरहोस् अहिलेसम्म ती बस्तीमा मोटरबाटो पुग्न सकेको छैन । बिजुली बत्ती पनि पुगेको छैन ।

नेकपा माओवादीको केन्द्रीय जनकम्युन त्यही बाटो भएर जाने गर्दछ । केन्द्रीय सरकार र स्थानीय सरकारले कुनैं पहल नगरेपछि पार्टी आफैले बाटो खन्न शुरु गरेको बुझिएको छ ।

अर्को स्मरणयोग्य कुरा महासचिव विप्लवको नेतृत्वमा दश वर्षे माओवादी जनयुद्धकालमा रोल्पामा ९० किलिमिटर लामो मोटर बाटो खनिएको थियो । त्यो बेला विप्लव माओवादी पार्टीको केन्द्रीय आधार इलाका इन्चार्ज समेत रहेका थिए ।

विप्लवकैं नेतृत्वमा केन्द्रीय आधार इलाकामा पार्टीले केन्द्रीय जनकम्युन, जनसत्ता, आधार इलाका संचालन गरेको थियो । उनकै नेतृत्वमा पार्टीले दर्जनौं सहकारी, अस्पताल, जनवादी स्कुलहरु संचालन गरेको थियो ।

 

 

 

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार