
तपाईंहरूमध्ये धेरैले हालै सम्पन्न अमेरिकी मध्यावधि निर्वाचनबारे मेरो धारणा सोध्नुभएको छ । त्यसैले सबैभन्दा पहिले म एउटा कुरा स्पष्ट पार्न चाहन्छु—यस निर्वाचनबारे मेरो विश्लेषण गलत साबित भयो ।
वास्तवमा पछिल्ला केही महिनामा मैले धेरै विषयमा गलत आकलन गरेको छु । ब्राजिलको निर्वाचनबारे मेरो अनुमान गलत भयो । क्यानडाको अल्बर्टा प्रान्तमा भएको स्वतन्त्रतासम्बन्धी जनमतसंग्रहबारे मेरो अनुमान गलत भयो । अमेरिकी मध्यावधि निर्वाचनबारे पनि मेरो विश्लेषण गलत भयो ।
म किन गलत भएँ र आफ्नो गल्तीबाट के सिक्न सकिन्छ भन्ने विषयमा छोटकरीमा चर्चा गर्न चाहन्छु ।
आफ्नो गल्तीलाई ढाकछोप गर्ने वा त्यसको औचित्य प्रमाणित गर्ने मेरो उद्देश्य होइन। गल्ती गर्नु महत्त्वपूर्ण छ, तर त्योभन्दा पनि महत्वपूर्ण कुरा गल्तीबाट सिक्नु हो । त्यसैले आजको यो संवाद मेरो आफ्नै विश्लेषणको समीक्षा हो ।
पहिलो, मार्क कार्नीले प्रतिनिधित्व गर्ने विश्वव्यापीकरणवादी शक्ति अर्थात् Globalists ।
दोस्रो, डोनाल्ड ट्रम्प र भ्लादिमिर पुटिनले प्रतिनिधित्व गर्ने राष्ट्रवादी शक्ति अर्थात् Nationalists ।पीटर टर्चिनको राजनीतिक विश्लेषणमा प्रयोग हुने भाषामा भन्नुपर्दा यो संघर्ष विश्वव्यापी अभिजात वर्ग (Elite) र त्यसलाई चुनौती दिने प्रतिस्पर्धी अभिजात वर्ग (Counter–Elite) बीचको संघर्ष पनि हो ।
भविष्यवाणीमूलक इतिहास र विश्व राजनीतिलाई हेर्ने मेरो दृष्टिकोण
तपाईंहरूलाई थाहै छ, म भविष्यवाणीमूलक इतिहास अर्थात् Predictive History को अध्ययन गर्छु । यसको अर्थ संसारमा भइरहेका घटनाहरूलाई बुझ्न एउटा समग्र विश्वदृष्टिकोण वा विश्लेषणात्मक ढाँचा निर्माण गर्नु हो । त्यसैका आधारमा घटनाहरू किन र कसरी घटिरहेका छन् भन्ने व्याख्या गर्ने प्रयास गरिन्छ ।
त्यस्तो विश्लेषण सही छ कि छैन भनेर परीक्षण गर्ने एउटा उपाय भविष्यवाणी गर्नु हो । मेरो बुझाइमा अहिले विश्वको प्रमुख राजनीतिक संघर्ष दुई शक्तिबीच भइरहेको छ ।
पहिलो, मार्क कार्नीले प्रतिनिधित्व गर्ने विश्वव्यापीकरणवादी शक्ति अर्थात् Globalists ।
दोस्रो, डोनाल्ड ट्रम्प र भ्लादिमिर पुटिनले प्रतिनिधित्व गर्ने राष्ट्रवादी शक्ति अर्थात् Nationalists ।
पीटर टर्चिनको राजनीतिक विश्लेषणमा प्रयोग हुने भाषामा भन्नुपर्दा यो संघर्ष विश्वव्यापी अभिजात वर्ग (Elite) र त्यसलाई चुनौती दिने प्रतिस्पर्धी अभिजात वर्ग (Counter–Elite) बीचको संघर्ष पनि हो ।
मेरो विचारमा यही द्वन्द्वले अहिलेको विश्वभूराजनीतिलाई सञ्चालन गरिरहेको छ ।
यो संघर्ष विश्वका विभिन्न देशमा देखापरिरहेको छ । विशेषगरी स्थानीय तथा राष्ट्रिय निर्वाचनहरूमा यसको प्रभाव देख्न सकिन्छ । तर यही विश्वदृष्टिकोणका आधारमा मैले गरेका केही अनुमान गलत साबित भए ।

ब्राजिलको निर्वाचन : राष्ट्रवादी शक्तिको जित हुने मेरो अनुमान
ब्राजिलको निर्वाचनमा लुलाले राष्ट्रपतिको पद सुरक्षित राख्नेछन् भन्ने मेरो विश्वास थियो ।
लुलासँग बलियो मतदाता आधार छ र उनको पार्टीसँग निर्वाचन जित्न आवश्यक राजनीतिक संगठन तथा परिचालन संयन्त्र पनि छ भन्ने मेरो बुझाइ थियो । तर निर्वाचनको पहिलो चरणको परिणामले मलाई आश्चर्यचकित बनायो ।
फ्लाभियो बोल्सोनारोको पक्षले अपेक्षाभन्दा राम्रो प्रदर्शन ग¥यो । लुला दोस्रो स्थानमा रहे भने तेस्रो, चौथो र पाँचौँ स्थानमा रहेका उम्मेदवारहरू पनि अधिकांशतः दक्षिणपन्थी तथा रूढिवादी धारका थिए ।
त्यसैले दोस्रो चरणमा ती उम्मेदवारका मतदाताहरू बोल्सोनारोको पक्षमा जाने सम्भावना मैले देखेको थिएँ । गणितीय हिसाबले पनि लुलालाई पुनरागमन गर्न निकै कठिन हुने मेरो अनुमान थियो ।
मलाई ब्राजिल दक्षिण अमेरिकामा विश्वव्यापीकरणवादी शक्तिको एउटा महत्वपूर्ण केन्द्र रहने विश्वास थियो ।
मेटा तथा अन्य सामाजिक सञ्जाल कम्पनीहरूले मानिसहरूको राजनीतिक धारणा निर्माण गर्न ठूलो प्रभाव राखेका छन् भन्ने मेरो पहिलेको विश्वास थियो ।
उनीहरूले Microtargeting अर्थात् व्यक्तिको रुचि, व्यवहार र राजनीतिक झुकावअनुसार लक्षित विज्ञापन तथा प्रचार सामग्री देखाउने प्रविधिमा ठूलो क्षमता विकास गरेका छन् । यसले निर्वाचनको राजनीतिक भाष्य निर्माण गर्न महत्वपूर्ण भूमिका खेलेको हुन सक्छ ।
अर्जेन्टिना ट्रम्पको पक्षमा गइरहेको अवस्थामा ब्राजिलले त्यसको प्रतिवाद गर्ने राजनीतिक सन्तुलन कायम राख्नेछ भन्ने मेरो बुझाइ थियो । तर परिणामले मेरो अनुमानलाई चुनौती दियो । यस घटनालाई बुझ्न मैले तीनवटा प्रमुख कारण पहिचान गरेको छु ।
पहिलो : इभान्जेलिकल मतदाताको प्रभाव
पछिल्ला २० वर्षमा ब्राजिलमा इभान्जेलिकल क्रिश्चियन समुदायको जनसंख्या उल्लेखनीय रूपमा बढेको छ ।
विज्ञहरुकाअनुसार कुल जनसंख्यामा उनीहरूको हिस्सा पहिले करिब ८ प्रतिशत रहेकोमा अहिले करिब २० प्रतिशत पुगेको छ । यो समुदाय राजनीतिक रूपमा सक्रिय छ र इजरायल तथा जियोनिज्मप्रति बलियो समर्थन राख्छ । निर्वाचनमा यो समूहको समर्थनले दक्षिणपन्थी शक्तिलाई फाइदा पुगेको विश्लेषण छ ।
दोस्रो : सामाजिक सञ्जाल र सूक्ष्म राजनीतिक प्रचार
मेटा तथा अन्य सामाजिक सञ्जाल कम्पनीहरूले मानिसहरूको राजनीतिक धारणा निर्माण गर्न ठूलो प्रभाव राखेका छन् भन्ने मेरो पहिलेको विश्वास थियो ।
उनीहरूले Microtargeting अर्थात् व्यक्तिको रुचि, व्यवहार र राजनीतिक झुकावअनुसार लक्षित विज्ञापन तथा प्रचार सामग्री देखाउने प्रविधिमा ठूलो क्षमता विकास गरेका छन् । यसले निर्वाचनको राजनीतिक भाष्य निर्माण गर्न महत्वपूर्ण भूमिका खेलेको हुन सक्छ ।पहिलो : इभान्जेलिकल मतदाताको प्रभाव
पछिल्ला २० वर्षमा ब्राजिलमा इभान्जेलिकल क्रिश्चियन समुदायको जनसंख्या उल्लेखनीय रूपमा बढेको छ ।
तेस्रो : लुला सरकारप्रतिको असन्तुष्टि
ब्राजिलका मतदाताहरू लुला र उनको भ्रष्टाचारको आरोप खेपिरहेको राजनीतिक दलबाट दिक्क भएका हुन सक्छन् । त्यसैले उनीहरूले बोल्सोनारोको पक्षमा मतदान गरेको भन्दा पनि सत्तारूढ दललाई हटाउन मतदान गरेको हुन सक्ने मेरो विश्लेषण छ । यो प्रवृत्ति अहिले विश्वका विभिन्न देशमा देखिँदै आएको छ ।
अल्बर्टाको स्वतन्त्रता आन्दोलन र अमेरिकी मध्यावधि निर्वाचनबारे गलत अनुमान
ब्राजिलको निर्वाचनपछि राष्ट्रवादी शक्तिहरू विश्वव्यापी रूपमा बलियो हुँदै गइरहेका छन् भन्ने मेरो निष्कर्ष थियो । त्यसैका आधारमा मैले क्यानडाको अल्बर्टा प्रान्तमा स्वतन्त्रताको पक्षमा ४० प्रतिशतसम्म मत आउन सक्ने अनुमान गरेको थिएँ ।
उनीहरूले जनमतसंग्रह जित्न नसके पनि बलियो प्रदर्शन गर्नेछन् भन्ने मेरो धारणा थियो। त्यस्तो परिणाम आएमा डोनाल्ड ट्रम्पले निर्वाचनमा धाँधली भएको दाबी गर्दै अल्बर्टाको स्वतन्त्रता आन्दोलनलाई समर्थन गर्न सक्ने सम्भावना पनि मैले देखेको थिएँ । तर वास्तविक परिणाम फरक आयो ।
स्वतन्त्रताको पक्षमा करिब २० प्रतिशत मात्रै मत आयो। अधिकांश मतदाताले क्यानडामै रहनुपर्ने पक्षमा मतदान गरे । त्यसपछि मैले अमेरिकी मध्यावधि निर्वाचनबारे पनि फरक अनुमान गर्न थालेँ ।
त्यतिबेला अधिकांश विश्लेषकहरूले डेमोक्र्याटिक पार्टीले प्रतिनिधिसभा जित्ने र सम्भवतः सिनेटसमेत आफ्नो नियन्त्रणमा लिने अनुमान गरिरहेका थिए । तर मैले फरक सम्भावना देखेको थिएँ ।
निर्वाचनमा ठूलो मात्रामा अँध्यारो धन (Dark Money) परिचालन भइरहेको थियो। सामाजिक सञ्जालका एल्गोरिदमहरूले मतदाताको धारणामा कस्तो प्रभाव पारिरहेका छन् भन्ने कुरा पनि स्पष्ट थिएन ।
त्यसैले रिपब्लिकनहरूले प्रतिनिधिसभा जोगाउन सक्ने सम्भावना मैले देखेको थिएँ । यही कारण पछिल्ला केही महिनामा विभिन्न कार्यक्रममा मैले फरक–फरक दृष्टिकोण प्रस्तुत गर्दै आएको थिएँ ।
केही महिनाअघि ट्रम्प प्रशासन मध्यावधि निर्वाचनप्रति उदासीन देखिएको थियो। ह्वाइट हाउसमा एउटा विशेष आत्मविश्वास देखिन्थ्यो । त्यसलाई मैले निर्वाचनमा प्रभाव पार्ने कुनै गोप्य योजना हुन सक्ने सम्भावनासँग जोडेर व्याख्या गरेको थिएँ । निर्वाचनमा धाँधली गर्ने वा निर्वाचन नै ढिलाइ गर्ने योजना हुन सक्ने मेरो अनुमान थियो ।
त्यसपछि ब्राजिलको निर्वाचनको अनुभवका आधारमा सामाजिक सञ्जालका एल्गोरिदम नियन्त्रण गरेर निर्वाचन परिणाम प्रभावित पार्न सकिने सम्भावनाबारे पनि मैले चर्चा गरेँ। तर दोस्रो चरणमा लुलाले अप्रत्याशित रूपमा जित हासिल गरे ।
यसले मलाई आफ्नो विश्लेषण पुनर्विचार गर्न बाध्य बनायो। मैले विश्वव्यापीकरणवादी शक्तिसँग सत्ता कायम राख्न अझै धेरै राजनीतिक तथा संस्थागत औजारहरू छन् भन्ने स्वीकार गर्नुप¥यो । त्यसपछि मैले आफ्नो दृष्टिकोण परिवर्तन गरेँ र डेमोक्र्याटहरूले अमेरिकी कांग्रेसका दुवै सदनमा जित हासिल गर्न सक्ने अनुमान गर्न थालेँ ।
अन्ततः त्यही भयो भन्ने मेरो दाबी छ । डेमोक्र्याटहरूले प्रतिनिधिसभा र सिनेट दुवै जिते । साथै अधिकांश राज्यका गभर्नर पदमा पनि बहुमत हासिल गरे । उनीहरूले टेक्साससमेत आफ्नो पक्षमा पारे । अब टेक्सास पूर्ण रूपमा रिपब्लिकन राज्य नरहेर प्रतिस्पर्धात्मक अर्थात् Purple State बनेको छ भन्ने मेरो विश्लेषण छ ।
यसको सन् २०२८ को राष्ट्रपतीय निर्वाचनमा समेत ठूलो प्रभाव पर्नेछ ।

गल्ती स्वीकार गर्नु र विश्लेषण परिवर्तन गर्नु नै भविष्यवाणीमूलक इतिहासको आधार
मैले गलत अनुमान गरेको कुरा स्वीकार गर्छु । तर यहाँ महत्वपूर्ण कुरा के हो भने विश्लेषण गर्दा गलत हुने जोखिम लिन सक्नुपर्छ । मलाई मध्यावधि निर्वाचनमा के हुन्छ भन्ने निश्चित जानकारी थिएन । पर्याप्त सूचना र तथ्यांकको अभावमा सही निष्कर्ष निकाल्न कठिन थियो ।
हाल सार्वजनिक भइरहेका समाचारअनुसार हाकिम जेफ्रिज प्रतिनिधिसभाको सभामुख र चक शुमर सिनेटको बहुमत नेता बन्ने सम्भावना छ । यी दुवै डेमोक्र्याटिक नेताहरू अत्यन्त अलोकप्रिय रहेको मेरो बुझाइ छ ।
जेफ्रिजको लोकप्रियता करिब १८ प्रतिशत र चक शुमरको करिब १३ प्रतिशत रहेको म दाबी गर्छु । डेमोक्र्याटिक पार्टीका आधारभूत मतदाताहरू नै यी नेताहरूप्रति सन्तुष्ट छैनन् ।
मेरो विश्लेषणमा दुवै नेता एआईप्याक (AIPAC) र विभिन्न प्रभावशाली स्वार्थ समूहहरूको दबाबमा छन् ।
पछि नयाँ सूचना आउँदै गए । त्यसपछि मैले आफ्नो विश्लेषण परिवर्तन गरेँ । भविष्यवाणीमूलक इतिहासको वास्तविक प्रक्रिया यही हो । कुनै एउटा भविष्यवाणी गरिसकेपछि त्यसैमा अडिग भएर बस्नु हुँदैन । पहिले विश्वलाई बुझ्ने विश्लेषणात्मक दृष्टिकोण निर्माण गर्नुपर्छ । त्यसपछि त्यसका आधारमा भविष्यवाणी गर्नुपर्छ ।
यदि नयाँ सूचना आएर पुरानो विश्लेषण परिवर्तन गर्नुपर्ने अवस्था सिर्जना गर्छ भने भविष्यवाणी पनि परिवर्तन गर्नुपर्छ । पछिल्ला दुई सातादेखि मैले डेमोक्र्याटहरूले अमेरिकी कांग्रेसका दुवै सदनमा जित हासिल गर्ने अनुमान गर्दै आएको थिएँ ।
अब डेमोक्र्याटहरूले कांग्रेस नियन्त्रणमा लिएपछि के हुन्छ भन्ने विषयमा चर्चा गर्न चाहन्छु ।
डेमोक्र्याटिक कांग्रेसको नेतृत्व र ट्रम्पसँगको सम्भावित सहकार्य
हाल सार्वजनिक भइरहेका समाचारअनुसार हाकिम जेफ्रिज प्रतिनिधिसभाको सभामुख र चक शुमर सिनेटको बहुमत नेता बन्ने सम्भावना छ । यी दुवै डेमोक्र्याटिक नेताहरू अत्यन्त अलोकप्रिय रहेको मेरो बुझाइ छ ।
जेफ्रिजको लोकप्रियता करिब १८ प्रतिशत र चक शुमरको करिब १३ प्रतिशत रहेको म दाबी गर्छु । डेमोक्र्याटिक पार्टीका आधारभूत मतदाताहरू नै यी नेताहरूप्रति सन्तुष्ट छैनन् ।
मेरो विश्लेषणमा दुवै नेता एआईप्याक (AIPAC) र विभिन्न प्रभावशाली स्वार्थ समूहहरूको दबाबमा छन् ।
यस निर्वाचनमा अमेरिकी मतदाताले इरानसँगको युद्धलाई निरन्तरता दिन नचाहेको र इजरायलसँग अमेरिकाको अत्यन्त निकट सम्बन्धप्रति असन्तुष्टि देखाएको मेरो बुझाइ छ । त्यसैले अब डेमोक्र्याटिक पार्टीको राजनीतिक कार्यसूची धेरै हदसम्म तय भइसकेको छ ।
डेमोक्र्याटहरूले आगामी दुई वर्ष आर्थिक विकास र अमेरिकी नागरिकको जीवनस्तर सुधारमा ध्यान दिने बताइरहेका छन्। मेरो विचारमा आगामी दुई वर्ष ट्रम्पलाई पदबाट हटाउने वा महाभियोग लगाउने अभियानमा केन्द्रित हुने छैनन्। बरु डेमोक्र्याटहरूले ट्रम्पसँग सहकार्य गरेर केही काम गर्ने प्रयास गर्नेछन्।
यसको अर्थ आगामी दुई वर्ष ट्रम्प प्रशासन र डेमोक्र्याटिक कांग्रेसबीच निकै निकट सहकार्य देखिन सक्छ ।
मानिसहरूले एउटा कुरा बुझ्न सकेका छैनन् । डोनाल्ड ट्रम्प सत्तामा हुँदा, लोकप्रिय हुँदा र सबै कुरा उनको नियन्त्रणमा हुँदा त्यति प्रभावकारी देखिँदैनन् ।
उनले सरकार नियन्त्रणमा पाउँदा के गर्ने भन्ने विषयमा धेरैपटक अन्योल देखिएको छ । तर जब उनी राजनीतिक रूपमा एक्लिन्छन्, जब संसारका धेरै शक्तिहरू उनको विपक्षमा उभिन्छन् र जब डेमोक्र्याटहरूले कांग्रेस नियन्त्रणमा लिएर उनलाई महाभियोग लगाउने प्रयास गर्छन्, त्यतिबेला ट्रम्प आफ्नो राजनीतिक क्षमताको उत्कृष्ट प्रदर्शन गर्न सक्छन् ।
त्यसैले ट्रम्प डेमोक्र्याटिक कांग्रेससँग सहकार्य र प्रतिस्पर्धा दुवै गर्न तयार हुने मेरो अनुमान छ ।

एआई प्रविधिको आर्थिक संकट र सम्भावित सरकारी उद्धार
आगामी दुई वर्षको राजनीतिक तथा आर्थिक कार्यसूचीमा केही घटनाहरू पहिले नै निश्चित दिशातर्फ अघि बढिरहेका छन् । तीमध्ये पहिलो हो—एआई क्षेत्रमा देखिएको आर्थिक बुलबुला फुट्ने सम्भावना ।
अहिले एनभिडिया (Nvidia) को सेयर मूल्यमा ठूलो गिरावट आएको छ। वक्ताका अनुसार यसमा करिब ८ प्रतिशतभन्दा बढी गिरावट आएको छ । एनभिडिया एआई अर्थतन्त्रको एउटा प्रमुख आधारस्तम्भ हो ।
एआई उद्योगका ठूला कम्पनीहरूले भविष्यमा नाफा कसरी कमाउने भन्ने स्पष्ट आधार प्रस्तुत गर्न नसकेको भन्दै लगानीकर्ताहरू चिन्तित छन् । तर मेरो विचारमा यसको वास्तविक कारण अझ गहिरो छ ।
मलाई लाग्छ अमेरिकी पेट्रो डलर प्रणाली कमजोर हुँदै गइरहेको छ । विगत लामो समयदेखि चीन, जापान र खाडी सहयोग परिषद् (GCC) का देशहरूले अमेरिकी डलरमा प्राप्त आम्दानी पुनः अमेरिकी अर्थतन्त्रमा लगानी गर्दै आएका थिए ।
यस प्रक्रियाले अमेरिकालाई आफ्नो वास्तविक आर्थिक क्षमताभन्दा बढी खर्च गर्ने अवसर दिएको थियो ।
यही वित्तीय संरचनाले डटकम बुलबुला, सबप्राइम मोर्गेज संकट र अहिलेको एआई बुलबुलाजस्ता आर्थिक अवस्थालाई बढावा दिएको मेरो विश्लेषण छ । तर मध्यपूर्वको युद्धका कारण जापान र साउदी अरबमाथि वित्तीय दबाब बढेको छ ।
साउदी अरबले सरकारी खर्च धान्न आफ्नो सुन तथा अन्य सम्पत्ति बेच्नुपर्ने अवस्था आएको र त्यसले सुनको मूल्य घटाउन भूमिका खेलेको मेरो दाबी छ । साथै उसले अमेरिकामा गरेको लगानीसमेत बिक्री गर्नुपर्ने अवस्था आएको छ । यसले अमेरिकी अर्थतन्त्रमा लगानीका लागि उपलब्ध पुँजी घटाउँदै लगेको छ ।
मेरो निष्कर्षमा एआई बुलबुलालाई बचाउन अब निकै कठिन हुनेछ । त्यसैले अमेरिकी सरकारले यी कम्पनीहरूलाई उद्धार गर्नुपर्ने अवस्था आउन सक्छ ।
त्यस्तो उद्धारका क्रममा ओपनएआई (OpenAI) लगायतका ठूला प्रविधि कम्पनीहरूमा सरकारले स्वामित्व हिस्सासमेत लिन सक्छ । यसका लागि दुई ट्रिलियन डलरसम्म खर्च हुन सक्ने मेरो अनुमान छ ।
अहिले एनभिडिया (Nvidia) को सेयर मूल्यमा ठूलो गिरावट आएको छ। वक्ताका अनुसार यसमा करिब ८ प्रतिशतभन्दा बढी गिरावट आएको छ । एनभिडिया एआई अर्थतन्त्रको एउटा प्रमुख आधारस्तम्भ हो ।
एआई उद्योगका ठूला कम्पनीहरूले भविष्यमा नाफा कसरी कमाउने भन्ने स्पष्ट आधार प्रस्तुत गर्न नसकेको भन्दै लगानीकर्ताहरू चिन्तित छन् । तर मेरो विचारमा यसको वास्तविक कारण अझ गहिरो छ ।
मलाई लाग्छ अमेरिकी पेट्रो डलर प्रणाली कमजोर हुँदै गइरहेको छ । विगत लामो समयदेखि चीन, जापान र खाडी सहयोग परिषद् (GCC) का देशहरूले अमेरिकी डलरमा प्राप्त आम्दानी पुनः अमेरिकी अर्थतन्त्रमा लगानी गर्दै आएका थिए ।
यो रकम कम्पनीहरूलाई बचाउन मात्र होइन थप डेटा सेन्टर निर्माण र एआई पूर्वाधार विस्तारमा समेत खर्च हुन सक्छ ।

अमेरिका–इजरायल सैन्य सहकार्य र एनडीएए
आगामी दुई वर्षको दोस्रो महत्वपूर्ण विषय अमेरिका र इजरायलबीचको सैन्य तथा प्रविधिगत सहकार्य हो । अमेरिकाले इजरायललाई प्रतिवर्ष करिब चार अर्ब डलर सहायता प्रदान गर्दै आएको छ ।
ट्रम्पले यस वर्ष डिसेम्बरमा इजरायललाई दिइने यो सहायता रकम रोक्ने घोषणा गरेको वक्तव्यमा उल्लेख छ ।
मेरो विचारमा ट्रम्पले यस्तो कदम चाल्नुको उद्देश्य डेमोक्र्याटिक कांग्रेसलाई राष्ट्रिय रक्षा प्राधिकरण ऐन (National Defense Authorization Act – NDAA) पारित गर्न बाध्य बनाउनु हो । यस ऐनले अमेरिका र इजरायलका उच्च प्रविधि अनुसन्धान केन्द्रहरूबीचको सहकार्यलाई संस्थागत गर्नेछ ।
यसको परिणामस्वरूप इजरायलले अमेरिकाको करिब १.५ ट्रिलियन डलरको रक्षा बजेटसँग सम्बन्धित प्रविधि तथा अनुसन्धान संरचनामा थप पहुँच प्राप्त गर्न सक्नेछ ।
अमेरिका र इजरायलबीच यसअघि पनि सैन्य प्रविधि तथा अनुसन्धानमा सहकार्य हुँदै आएको छ ।
उदाहरणका रूपमा स्टक्सनेट (Stuxnet) कम्प्युटर भाइरसलाई लिन सकिन्छ । यो अमेरिका र इजरायलसँग सम्बन्धित अनुसन्धान तथा अभियानमार्फत इरानको आणविक कार्यक्रमलाई अवरोध पु¥याउन प्रयोग गरिएको थियो । अब प्रस्तावित एनडीएएले यस्तो सहकार्यलाई थप औपचारिक र संस्थागत बनाउने मेरो अनुमान छ । डेमोक्र्याटिक कांग्रेसले यो ऐन पारित गर्ने सम्भावना रहेको म देख्छु ।
इरान युद्ध : आगामी दुई महिना युद्धविरामजस्तै अवस्था आउन सक्छ
तेस्रो महत्वपूर्ण विषय इरानसँगको युद्ध हो । अहिलेसम्म अमेरिकी कांग्रेसले यस युद्धलाई औपचारिक रूपमा अनुमोदन गरेको छैन । अमेरिकी संविधानअनुसार युद्ध घोषणा गर्ने अधिकार कांग्रेससँग हुन्छ ।
त्यसैले म एउटा महत्वपूर्ण भविष्यवाणी गर्न चाहन्छु । आगामी दुई महिना अर्थात् डेमोक्र्याटहरूले कांग्रेसको नेतृत्व औपचारिक रूपमा सम्हाल्नुअघिसम्म इरान युद्धमा ठूलो सैन्य विस्तार हुने छैन ।
डेमोक्र्याटहरूले कांग्रेसको नेतृत्व सम्हालेपछि सबै सम्भावना खुला हुनेछन् । त्यसपछि कुनै झूटो आक्रमण वा False Flag घटना हुन सक्छ, अथवा ट्रम्पले आफैँ इरानमाथि नयाँ सैन्य आक्रमण सुरु गर्न सक्छन् ।
मार्चसम्म अमेरिकी स्थलसेना इरानभित्र प्रवेश गर्न
केही झडप हुन सक्छन् । बमबारी हुन सक्छ । सानातिना आक्रमण हुन सक्छन् । तर ठूलो स्तरको युद्ध विस्तार हुने छैन भन्ने मेरो अनुमान छ ।
यहाँ ठूलो युद्ध विस्तार भन्नाले निम्न घटनाहरूलाई बुझ्नुपर्छ :
– ट्रम्पले पिक्याक्स माउन्टेनमा आणविक हमला गर्ने आदेश दिनु ।
– अमेरिकी मरिन सैनिकलाई खार्ग टापु वा अन्य रणनीतिक टापु कब्जा गर्न पठाउनु ।
– इरानका विद्युत् उत्पादन केन्द्रहरूमा व्यापक बमबारी गर्नु ।
– इरानका समुद्री पानी प्रशोधन केन्द्र तथा अन्य महत्त्वपूर्ण नागरिक पूर्वाधार नष्ट गर्ने अभियान सञ्चालन गर्नु ।
मेरो विचारमा आगामी दुई महिना यस्ता घटना हुने छैनन् ।
विश्वका अन्य भागमा भने संकट जारी रहनेछ । युरोपमा प्रदर्शन र आन्दोलन हुनेछन् । विश्वव्यापी आर्थिक संकट गहिरिँदै जानेछ । तर अमेरिका–इरान युद्ध केही समयका लागि स्थगितजस्तो अवस्थामा रहनेछ । तर जनवरीपछि अवस्था पूर्ण रूपमा बदलिन सक्छ ।
डेमोक्र्याटहरूले कांग्रेसको नेतृत्व सम्हालेपछि सबै सम्भावना खुला हुनेछन् । त्यसपछि कुनै झूटो आक्रमण वा False Flag घटना हुन सक्छ, अथवा ट्रम्पले आफैँ इरानमाथि नयाँ सैन्य आक्रमण सुरु गर्न सक्छन् ।
मार्चसम्म अमेरिकी स्थलसेना इरानभित्र प्रवेश गर्न सक्ने मेरो अनुमान छ । कांग्रेसले त्यसलाई औपचारिक रूपमा अनुमोदन गर्न सक्छ । अथवा त्यसलाई रोक्ने कुनै प्रभावकारी कदम नचालेर मौन समर्थन गर्न सक्छ ।
यदि कांग्रेसले त्यस्तो सैन्य अभियान रोक्न सकेन भने त्यो आक्रमणमा कांग्रेससमेत राजनीतिक रूपमा जिम्मेवार हुनेछ ।
पेट्रोडलरको विकल्प : स्टेबल क्वाइन र अमेरिकी ऋणको वित्तपोषण
अर्को महत्वपूर्ण विषय अमेरिकी स्टेबल क्वाइनसम्बन्धी कानुनी व्यवस्था हो । अहिले अमेरिका पेट्रोडलर प्रणालीको विकल्पका रूपमा स्टेबल क्वाइन प्रणाली विकास गर्न खोजिरहेको मेरो बुझाइ छ ।
लामो समयसम्म साउदी अरबले तेल बिक्री गरेर अमेरिकी डलर प्राप्त गथ्र्यो र त्यसलाई पुनः अमेरिकी अर्थतन्त्रमा लगानी गथ्र्यो । यसले अमेरिकालाई ठूलो मात्रामा ऋण लिएर खर्च गर्न सहज बनाएको थियो । तर अहिले पेट्रोडलर प्रणाली कमजोर हुँदै गएको अवस्थामा अमेरिकाले आफ्नो ऋण धान्न नयाँ स्रोत खोज्नुपर्ने भएको छ ।
अमेरिकाको सार्वजनिक ऋण करिब ४० ट्रिलियन डलर पुगेको सन्दर्भमा नयाँ वित्तीय स्रोतको आवश्यकता बढेको छ । यसको एउटा उपाय स्टेबल क्वाइन हुन सक्छ भन्ने मेरो विश्लेषण छ ।
स्टेबल क्वाइन भनेको अमेरिकी डलरसँग मूल्य स्थिर राख्ने उद्देश्यले निर्माण गरिने डिजिटल मुद्रा हो । यसको पछाडि अमेरिकी ट्रेजरी बन्डजस्ता वित्तीय सम्पत्ति आधारका रूपमा राख्न सकिन्छ । यस प्रणालीमार्फत विश्वभरका सर्वसाधारण उपभोक्ताले समेत अमेरिकी ऋणपत्रमा अप्रत्यक्ष रूपमा लगानी गर्न सक्नेछन् ।
जेपी मोर्गन, एप्पल, गुगलजस्ता ठूला कम्पनीहरूले यस्तो डिजिटल वित्तीय प्रणाली सञ्चालन गर्न सक्ने सम्भावना छ । जापान, चीनलगायतका देशका बचतकर्ताले समेत अमेरिकी ऋणपत्रमा लगानी गर्न सक्नेछन् । तर यसका लागि अमेरिकी कांग्रेसले स्टेबल क्वाइनसम्बन्धी नियामक संरचना निर्माण गर्नुपर्छ ।
यससँग सम्बन्धित कानुनी प्रस्तावलाई क्ल्यारिटी एक्ट (Clarity Act) भनिएको छ । मेरो अनुमानमा अमेरिकी अर्थतन्त्रलाई वित्तीय संकटबाट जोगाउन र ४० ट्रिलियन डलरको ऋण व्यवस्थापन गर्न कांग्रेसले यो ऐन पारित गर्नेछ ।
ट्रम्पको भिटो अधिकार र डेमोक्र्याटहरूको राजनीतिक रणनीति
केही राजनीतिक विश्लेषक तथा गेम थ्योरिस्टहरूको विचारमा डेमोक्र्याटहरूले ट्रम्पलाई रणनीतिक रूपमा चुनौती दिन सक्छन् ।
उनीहरूले ट्रम्पको भिटो अधिकारलाई नै उनको विरुद्ध प्रयोग गर्न सक्छन् । उदाहरणका लागि ः पहिलो, इरान युद्धका लागि अमेरिकी सरकारले खर्च गर्ने रकम रोक्ने प्रस्ताव कांग्रेसबाट पारित गर्न सक्छन् । किनभने अमेरिकी संविधानअनुसार कांग्रेससँग सरकारी खर्च नियन्त्रण गर्ने अधिकार छ । दोस्रो, जेफ्री एपस्टिनसम्बन्धी सम्पूर्ण फाइल सार्वजनिक गर्न माग गर्ने प्रस्ताव पारित गर्न सक्छन् ।
स्टेबल क्वाइन भनेको अमेरिकी डलरसँग मूल्य स्थिर राख्ने उद्देश्यले निर्माण गरिने डिजिटल मुद्रा हो । यसको पछाडि अमेरिकी ट्रेजरी बन्डजस्ता वित्तीय सम्पत्ति आधारका रूपमा राख्न सकिन्छ । यस प्रणालीमार्फत विश्वभरका सर्वसाधारण उपभोक्ताले समेत अमेरिकी ऋणपत्रमा अप्रत्यक्ष रूपमा लगानी गर्न सक्नेछन् ।
जेपी मोर्गन, एप्पल, गुगलजस्ता ठूला कम्पनीहरूले यस्तो डिजिटल वित्तीय प्रणाली सञ्चालन गर्न सक्ने सम्भावना छ । जापान, चीनलगायतका देशका बचतकर्ताले समेत अमेरिकी ऋणपत्रमा लगानी गर्न सक्नेछन् । तर यसका लागि अमेरिकी कांग्रेसले स्टेबल क्वाइनसम्बन्धी नियामक संरचना निर्माण गर्नुपर्छ ।
यसले ट्रम्पलाई कठिन अवस्थामा पु¥याउनेछ । यदि ट्रम्पले यस्तो प्रस्तावमाथि भिटो लगाए भने उनी राजनीतिक रूपमा अलोकप्रिय बन्न सक्छन् । तर यस रणनीतिमा एउटा ठूलो समस्या छ ।
त्यो हो—ट्रम्पको अप्रत्याशित राजनीतिक व्यवहार । सामान्यतया कुनै पनि राष्ट्रपतिले आफ्नो राजनीतिक हितविपरीत हुने यस्तो विधेयकमा भिटो लगाउने सम्भावना बढी हुन्छ । तर ट्रम्पले त्यसो नगरेर विधेयकमा हस्ताक्षर गरिदिए भने के हुन्छ ?
उदाहरणका लागि कांग्रेसले न्याय मन्त्रालयलाई एपस्टिनसम्बन्धी सबै फाइल कुनै पनि अंश नलुकाई सार्वजनिक गर्न बाध्य बनाउने विधेयक पारित ग¥यो भने ट्रम्पले त्यसमा हस्ताक्षर गर्न पनि सक्छन् । त्यस्तो अवस्थामा बिल क्लिन्टनलगायत डेमोक्र्याटिक पार्टीका नेताहरू नै समस्यामा पर्न सक्छन् ।
त्यसैले ट्रम्पले विधेयकमा हस्ताक्षर गर्ने पाँचदेखि दस प्रतिशत सम्भावना मात्रै भए पनि डेमोक्र्याटहरूले यस्तो जोखिम लिन चाहँदैनन् भन्ने मेरो विश्लेषण छ ।
एपस्टिन फाइल र अमेरिकी राजनीतिक अभिजात वर्गको संकट
एपस्टिन फाइलमा डेमोक्र्याटिक पार्टीसँग सम्बन्धित धेरै प्रभावशाली व्यक्तिहरूको नाम रहेको विज्ञहरुको दाबी छ । उनीहरुले बिल क्लिन्टन र ल्यारी समर्सको नाम विशेष रूपमा उल्लेख गरेका छन् । ल्यारी समर्स लामो समयसम्म वासिङ्टनको प्रभावशाली आर्थिक तथा राजनीतिक वृत्तमा सक्रिय थिए । विज्ञहरुकाअनुसार उनको प्रभाव बिल क्लिन्टनको भन्दा पनि बढी थियो ।
त्यसैले एपस्टिन फाइल पूर्ण रूपमा सार्वजनिक हुँदा डेमोक्र्याटिक पार्टीलाई गम्भीर राजनीतिक क्षति पुग्न सक्छ । यसै कारण आगामी दुई वर्ष ट्रम्पसँग डेमोक्र्याटिक पार्टीभन्दा बढी राजनीतिक दबाब सिर्जना गर्ने क्षमता हुन सक्छ भन्ने उनको विश्लेषण छ ।
डेमोक्र्याटहरूले ट्रम्पविरुद्ध महाभियोग प्रक्रिया सुरु गर्न सक्छन् । तर त्यसबाट कुनै ठोस परिणाम निस्कने सम्भावना कम रहेको उनको भनाइ छ । उनस्हरुको तर्कअनुसार महाभियोग प्रक्रिया लामो राजनीतिक नाटकमा परिणत हुनेछ र अन्ततः ट्रम्प पदमै रहनेछन् । तर ट्रम्पले एपस्टिनसम्बन्धी फाइल सार्वजनिक गरिदिए भने डेमोक्र्याटिक पार्टीका लागि त्यो ठूलो संकट बन्न सक्छ ।
ट्रम्प र एपस्टिन : वक्ताको विवादास्पद दाबी
यहाँ विज्ञहरुले एउटा विवादास्पद दाबी गरेका छन् । उनीहरुकाअनुसार डोनाल्ड ट्रम्प एपस्टिन फाइलमा छैनन् । उनीहरु भन्छन्, यो कुरा बुझ्न ट्रम्पको व्यक्तिगत जीवनशैली र अनुशासनलाई हेर्नुपर्छ ।
ट्रम्प मदिरा सेवन गर्दैनन् । उनी अत्यन्त अनुशासित व्यक्ति हुन् भन्ने उनीहरुको दाबी छ । विश्लेषणअनुसार ट्रम्प पार्टी तथा मनोरञ्जनका कार्यक्रममा उपस्थित भए पनि अरू मानिसहरूजस्तो मदिरा सेवन वा लागूपदार्थ प्रयोग गर्दैनथे । ट्रम्पका पूर्व सल्लाहकार तथा वकिल रोय कोन (Roy Cohn) को पनि चर्चा गरेका छन् ।
उनीहरुकाअनुसार रोय कोन अमेरिकी राजनीतिक वृत्तमा प्रभावशाली र विवादास्पद व्यक्ति थिए । उनले ट्रम्पलाई राजनीतिक ब्ल्याकमेल तथा गोप्य दबाबको संसार बुझ्न सहयोग गरेका थिए ।
विज्ञहरुको तर्क छ—ट्रम्पले कसरी आफूलाई राजनीतिक ब्ल्याकमेलबाट जोगाउने भन्ने कुरा राम्रोसँग बुझेका छन् । उनीहरुको दाबी अर्को दाबी छ, यदि ट्रम्प एपस्टिन फाइलमा संलग्न हुन्थे भने बाइडेन प्रशासनले चार वर्षअघि नै ती फाइल सार्वजनिक गरिसक्थ्यो ।
त्यस्तो सहकार्यका प्रमुख उद्देश्य यस्ता हुनेछन् :
१. इरान युद्धलाई निरन्तरता दिने।
२. एआई कम्पनीहरूलाई सरकारी आर्थिक उद्धार उपलब्ध गराउने।
३. स्टेबल क्वाइनसम्बन्धी कानुनी संरचना निर्माण गर्ने।
४. एनडीएए पारित गरेर अमेरिका–इजरायल सैन्य सहकार्य विस्तार गर्ने।
यसरी जनतासामु राजनीतिक संघर्षको प्रदर्शन गरिए पनि पर्दापछाडि अमेरिकी साम्राज्यवादी नीतिलाई अगाडि बढाउन दुवै पक्ष एक ठाउँमा आउने वक्ताको विश्लेषण छ।
ट्रम्पविरुद्ध कांग्रेसको अनुसन्धान र राजनीतिक नाटक
विज्ञहरुकाअनुसार डेमोक्र्याटहरूले ट्रम्प प्रशासनका विभिन्न अधिकारीलाई कांग्रेसमा उपस्थित गराएर बयान लिन सक्छन् ।
जेरेड कुशनर र पिट हेगसेथजस्ता व्यक्तिहरूलाई अनुसन्धानको दायरामा ल्याउन सकिन्छ । तर यस्तो अनुसन्धानबाट ट्रम्पलाई प्रत्यक्ष रूपमा दोषी ठहर गर्ने प्रमाण फेला पर्ने सम्भावना कम रहेको उनको अनुमान छ । जेरेड कुशनरलाई ट्रम्प प्रशासनको विवादास्पद पात्रका रूपमा प्रस्तुत गरिनेछ । तर उनले दिएको बयानले ट्रम्पलाई प्रत्यक्ष रूपमा फसाउने छैन भन्ने वक्ताको दाबी छ ।
अन्ततः ट्रम्पले आफ्ना ज्वाइँ कुशनरलाई राष्ट्रपतीय क्षमादान दिन सक्ने सम्भावनासमेत उनले उल्लेख गरेका छन् । वक्ताले यस अवस्थालाई इरान–कन्ट्रा काण्ड (Iran–Contra Affair) सँग तुलना गरेका छन् । उनका अनुसार आगामी दुई वर्ष अमेरिकी राजनीतिमा बाहिरबाट ठूलो संघर्ष देखिए पनि भित्री रूपमा सरकार र कांग्रेसबीच सहकार्य जारी रहनेछ ।
त्यस्तो सहकार्यका प्रमुख उद्देश्य यस्ता हुनेछन् :
१. इरान युद्धलाई निरन्तरता दिने।
२. एआई कम्पनीहरूलाई सरकारी आर्थिक उद्धार उपलब्ध गराउने।
३. स्टेबल क्वाइनसम्बन्धी कानुनी संरचना निर्माण गर्ने।
४. एनडीएए पारित गरेर अमेरिका–इजरायल सैन्य सहकार्य विस्तार गर्ने।
यसरी जनतासामु राजनीतिक संघर्षको प्रदर्शन गरिए पनि पर्दापछाडि अमेरिकी साम्राज्यवादी नीतिलाई अगाडि बढाउन दुवै पक्ष एक ठाउँमा आउने वक्ताको विश्लेषण छ।
एपीईसी शिखर सम्मेलन : ट्रम्प, पुटिन र सी चिनफिङबीच नयाँ विश्व व्यवस्थाको सम्भावना
आगामी केही सातामा ध्यान दिनुपर्ने अर्को महत्वपूर्ण विषय एपीईसी (APEC) शिखर सम्मेलन हो । विज्ञहरुकाअनुसार लामो समयपछि विश्वका तीन प्रमुख नेताहरू एकै ठाउँमा भेट्ने सम्भावना छ ।
– अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प ।
– रुसका राष्ट्रपति भ्लादिमिर पुटिन ।
– चीनका राष्ट्रपति सी चिनफिङ ।
यी तीनै नेता चीनको सेन्जेनमा उपस्थित हुने कार्यक्रम रहेको र उनीहरूबीच उच्चस्तरीय शिखर बैठक हुन सक्ने चर्चा भइरहेको उनको भनाइ छ । विज्ञहरुले यस सम्भावित बैठकलाई सन् १९४५ को याल्टा सम्मेलनसँग तुलना गरेका छन् । याल्टा सम्मेलनमा दोस्रो विश्वयुद्धपछि अमेरिका, सोभियत संघ र बेलायतका नेताहरूले युद्धपछिको विश्व व्यवस्थाबारे छलफल गरेका थिए ।
त्यसैगरी अहिलेका तीन शक्तिशाली नेताहरूले पनि विश्वलाई नयाँ ढङ्गले व्यवस्थित गर्ने विषयमा छलफल गर्न सक्ने उनीहरुको अनुमान छ। विज्ञहरुका अनुसार यो सम्मेलन सफल हुन सक्छ र केही ठोस परिणामसमेत आउन सक्छन् । उनले सम्भावित तीन विषय उल्लेख गरेका छन् ।
पहिलो ः इरान युद्धबाट अमेरिकालाई सम्मानजनक निकासरुस र चीनले अमेरिकालाई इरानसँगको युद्धबाट सम्मानजनक रूपमा बाहिर निस्कने बाटो खोज्न सहयोग गर्न सक्छन्।
दोस्रो ः रुस–युक्रेन युद्धको अन्त्य
अमेरिका र चीनले रुसलाई युक्रेनसँग शान्ति सम्झौता गर्न सहयोग गर्न सक्छन्।
यस प्रक्रियामा चीन मध्यस्थकर्ताको भूमिकामा आउन सक्छ।
तेस्रो ः विश्व शान्तिका लागि नयाँ शक्ति सन्तुलन
अमेरिका, रुस र चीनबीच सहकार्य भए विश्वका प्रमुख द्वन्द्वहरू समाधान गर्न नयाँ अवसर सिर्जना हुन सक्छ । तर वक्ताको विचारमा यस्ता प्रयास सफल हुने सम्भावना सीमित छ । विश्वमा सक्रिय विभिन्न शक्तिहरू र भूराजनीतिक स्वार्थले शान्ति प्रक्रियालाई अवरुद्ध गर्न सक्छन् ।
तीनै नेता शान्तिका पक्षमा भए पनि विश्वका घटनाक्रमले फेरि युद्धतर्फ धकेल्न सक्छन् भन्ने उनीहरुको निष्कर्ष छ ।
आगामी दुई महिनाका लागि प्राध्यापक जाङका प्रमुख भविष्यवाणी
आगामी दुई महिनालाई संक्रमणकालीन अवधि मान्नुपर्ने उनको भनाइ छ । यस अवधिमा ट्रम्पले इरान युद्धलाई ठूलो स्तरमा विस्तार नगर्ने तर विश्वव्यापी संकट भने निरन्तर गहिरिने उनको अनुमान छ ।
उनले गरेका प्रमुख भविष्यवाणी निम्न छन् :
इरान युद्ध आगामी दुई महिना ठूलो सैन्य विस्तार हुँदैन
जनवरीपछि इरानमाथि अमेरिकी सैन्य आक्रमण तीव्र हुन सक्छ
मार्चसम्म अमेरिकी स्थलसेना इरान प्रवेश गर्न सक्छ
एआई अर्थतन्त्र एआई बुलबुला फुट्न सक्छ
अमेरिकी सरकार एआई कम्पनीहरूको उद्धार गर्न ठूलो रकम खर्च गर्न सक्छ
अमेरिका–इजरायल सैन्य तथा प्रविधिगत सहकार्य विस्तार हुनेछ
स्टेबल क्वाइन क्ल्यारिटी एक्ट पारित हुन सक्छ
अमेरिकी राजनीति ट्रम्प र डेमोक्र्याटिक कांग्रेसबीच बाहिर संघर्ष, भित्र सहकार्य हुन सक्छ
मध्यपूर्व साउदी अरब र हुथीबीचको संघर्ष जारी रहनेछ
युरोप राजनीतिक अशान्ति, प्रदर्शन र सामाजिक द्वन्द्व बढ्न सक्छ
विश्व अर्थतन्त्र आपूर्ति प्रणालीमा अवरोध र वित्तीय संकट गहिरिन सक्छ
एपीईसी सम्मेलन ट्रम्प, पुटिन र सीबीच महत्त्वपूर्ण बैठक हुन सक्छ
आगामी राजनीतिक तथा आर्थिक संकटले विश्वलाई कहाँ पु¥याउँछ ?
विज्ञहरुकाअनुसार अहिले विश्व धेरैवटा संकटको एकसाथ सामना गरिरहेको छ । इरान युद्ध केही समयका लागि सुस्त हुन सक्ने भए पनि विश्वका अन्य क्षेत्रमा संकट बढ्दै जानेछ ।
युरोपमा विरोध प्रदर्शन, राजनीतिक अस्थिरता र सम्भावित गृहयुद्धजस्तो अवस्था सिर्जना हुन सक्छ । विश्वव्यापी आपूर्ति शृङ्खलामा अवरोध आउन सक्छ । साउदी अरब र हुथीबीचको संघर्ष जारी रहनेछ । एआई क्षेत्रमा देखिएको आर्थिक संकटले विश्वको वित्तीय प्रणालीलाई थप प्रभावित गर्न सक्छ ।
त्यसैले आगामी दुई महिना विश्व राजनीतिका लागि अत्यन्त महत्वपूर्ण हुने उनको निष्कर्ष छ । विशेषगरी नोभेम्बरको मध्यतिर हुने एपीईसी सम्मेलनले विश्वको ध्यान आकर्षित गर्नेछ ।
विज्ञहरुले आफ्ना सदस्यहरूसँग उक्त सम्मेलनपछि जुममार्फत विशेष छलफल गर्ने जानकारीसमेत दिएका छन् ।
उनले गरेका प्रमुख भविष्यवाणी निम्न छन् :
इरान युद्ध आगामी दुई महिना ठूलो सैन्य विस्तार हुँदैन
जनवरीपछि इरानमाथि अमेरिकी सैन्य आक्रमण तीव्र हुन सक्छ
मार्चसम्म अमेरिकी स्थलसेना इरान प्रवेश गर्न सक्छ
एआई अर्थतन्त्र एआई बुलबुला फुट्न सक्छ
अमेरिकी सरकार एआई कम्पनीहरूको उद्धार गर्न ठूलो रकम खर्च गर्न सक्छ
अमेरिका–इजरायल सैन्य तथा प्रविधिगत सहकार्य विस्तार हुनेछ
स्टेबल क्वाइन क्ल्यारिटी एक्ट पारित हुन सक्छ
अमेरिकी राजनीति ट्रम्प र डेमोक्र्याटिक कांग्रेसबीच बाहिर संघर्ष, भित्र सहकार्य हुन सक्छ
मध्यपूर्व साउदी अरब र हुथीबीचको संघर्ष जारी रहनेछ
युरोप राजनीतिक अशान्ति, प्रदर्शन र सामाजिक द्वन्द्व बढ्न सक्छ
विश्व अर्थतन्त्र आपूर्ति प्रणालीमा अवरोध र वित्तीय संकट गहिरिन सक्छ
एपीईसी सम्मेलन ट्रम्प, पुटिन र सीबीच महत्त्वपूर्ण बैठक हुन सक्छ
आगामी शृङ्खला : कबाला, सबाताई जेवी र ज्याकोब फ्र्याङ्क
कार्यक्रमको अन्त्यतिर प्राध्यापक जाङले आफूले लामो समयदेखि तयारी गरिरहेको एउटा विशेष शृङ्खलाबारे जानकारी दिएका छन् । धेरै दर्शकले उनलाई सोधिरहेका छन्—उनले घोषणा गरेको Cult Series कहिले सार्वजनिक हुन्छ ?
उनकाअनुसार यो शृङ्खलाका लागि उनले पछिल्ला केही महिनादेखि अध्ययन गरिरहेका छन्। भर्खरै उनले गेर्शोम शोलेम (Gershom Scholem) द्वारा लिखित Sabbatai Sevi नामक पुस्तक अध्ययन पूरा गरेका छन् ।
गेर्शोम शोलेम यहूदी इतिहास तथा कबाला (Kabbalah) का विश्वप्रसिद्ध अध्येता हुन् । वक्ताले उक्त पुस्तकलाई अत्यन्त महत्त्वपूर्ण अध्ययन सामग्रीका रूपमा सिफारिस गरेका छन् ।
उनकाअनुसार आगामी शृङ्खलामा तीनवटा प्रमुख विषयलाई जोडेर व्याख्या गरिनेछ :
१. सबाताई जेवी (Sabbatai Sevi)।
२. ज्याकोब फ्र्याङ्क (Jacob Frank)।
३. कबाला (Kabbalah)।
यी तीनवटा विषय बुझिसकेपछि विश्व राजनीतिमा भइरहेका धेरै घटनाहरूलाई एउटै वैचारिक तथा ऐतिहासिक कथानकमा जोडेर बुझ्न सकिने उनको दाबी छ ।
उनले यो शृङ्खला आफ्नो अहिलेसम्मकै उत्कृष्ट शृङ्खला हुने बताएका छन् । तर बेइजिङको विद्यालय छाडेपछि कहाँ बसेर यसको छायांकन गर्ने भन्ने व्यवस्थापकीय समस्या रहेको उनको भनाई छ । आगामी एक महिनाभित्र यसको व्यवस्थापन पूरा गरेर सन् २०२७ को जनवरी वा फेब्रुअरीदेखि छायांकन सुरु गर्ने उनको योजना छ ।
चिनियाँ प्राध्यापक जियाङ जुएकिन हिजोआज निकैं सुनिएको नाम हो । चीनमा जन्मे र क्यानाडामा पढेर उच्च शिक्षा हासिल गरे । यल युनिभिसिएटीबाट विद्यावारिधी गरेपछि उनी अहिले स्वतन्त्र अध्ययन र जिओपोलिटिक्स र गेम थ्यौरीबारे विश्लेषण गरिरहेका छन् । उनले युट्युबमा ‘प्रिडेक्टिभ हिस्ट्री’ र ‘प्रोफेसर जियाङ’ नामक च्यानल खोलेर विश्व राजनीति र व्यवस्थाबारे टिप्पणी गरिरहेका छन् । उनको यो विचार त्यही उनकैं ‘प्रिडेक्टिभ हिस्ट्री’ च्यानलबाट सुदर्शन सीले नेपालीमा अनुवाद गरेका हुन् ।







