के हो सोभियत सत्ता ? यस नयाँ सत्ताको सारतत्व कुन कुरामा निहित छ, जसबारे अझै पनि बहुसंख्यक मुलुकहरुमा बुझ्न चाहदैनन् अथवा बुझ्न सक्दैनन् ?
हरेक देशमा मजदुरहरुलाई बढीभन्दाबढी मात्रामा आफुतर्फ आकर्षित गर्ने यस सत्ताको सारतत्व यस कुरामा निहित छ कि पहिले राज्यको सञ्चालन कुनै न कुनै हदसम्म धनीहरु अथवा पूँजीवादीहले गर्दथे भने अब पहिलोपल्ट राज्यको संचालन त्यो पनि जनव्यापी स्तरमा तिनै वर्गहरुले गर्दैछन्, जसलाई पूँजीवादले दबाएर राखेको थियो ।

सबैभन्दा प्रजातान्त्रिक एवम् सबैभन्दा स्वाधीन गणतन्त्रमा समेत जबसम्म पुँजीको आधिपत्य कायम रहन्छ, जबसम्म जग्गा–जमिन, निजी स्वामित्व कायम रहन्छ, सदैव नै राज्यको सञ्चालन अत्यन्त अल्पसंख्यकको हातमा हुन्छ । जसमध्ये दश खण्डको नौ खण्ड पूँजीजीवीहरु अथवा धनीहरु नै हुन्छन् ।
संसारमा पहिलापल्ट हामी कहाँ रुसमा राज्यसत्ता यस किसिमले संगठित गरिएको छ, जहाँ मात्र मजदुरहरु, मात्र श्रमजीवी किसानहरु यस्ता आम संस्थाहरु अर्थात् सोभियतहरुलाई सारा राज्यसत्ता हस्तान्तरित गरिन्छ । यसै कारणले गर्दा सबै देशहरुमा बुर्जुवावर्गका प्रतिनिधिहरुले रुसमाथि जस्तोसुकै लांक्षना लगाए तापनि संसारमा जताततै ‘सोभियत’ भन्ने शब्द बुझिने मात्र नभई लोकप्रिय पनि भएको छ ।
मजदुरहरुको निमित्त, तमाम श्रमजीवीहरुको निमित्त यो शब्द ज्यादै नै प्यारो बनेको छ । यसर्थ नै विभिन्न मुलुकहरुमा साम्यवादका पक्ष समर्थकहरुको जस्तै खेदो खनिए तापनि सोभियतसत्ता अनिवार्य र अवश्यम्भावी हुन गएको छ र निकट भविष्यमा नै सम्पुर्ण संसारभरि सोभियत सत्ताको विजय हुनेछ ।
सोभियत सत्ताको संगठनमा हामीकहाँ अझै थुप्रै त्रुटिहरु मौजुद छन् भन्ने कुरा हामीले राम्ररी बुझेका छौ । सोभियत सत्ता चमत्कार देखाउने छडी होइन । यसले अविलम्ब अतितका त्रुटीहरुबाट, निक्षरताबाट, असभ्यताबाट, बर्बर युद्घका अबषेशहरुबाट, लुटेरा पँुजीवादको उत्तरदेनबाट मुक्ति दिलाउन सक्दैन ।
परन्तु यसले समाजवादतर्फ संक्रमणको सम्भावना दिन्छ । यसले जो पद्दलित थिए, तिनलाई यठने सम्भावना दिन्छ र उनीहरुलाई राज्यको सञ्चालन, अर्थव्यवस्थाको सञ्चालन, उत्पादनको सञ्चालन सम्बन्धी सम्पूर्ण काम बढीभन्दाबढी मात्रामा स्वयम आफ्नो हातमा लिने सम्भावना दिन्छ ।
सोभियतसत्ता समाजवादतर्फ लाग्ने बाटो हो, जुन श्रमिक समुदायहरुले पहिल्याएका छन् । तसर्थ, यो सही छ, अनि अजेय पनि ।
सन् १९१९ को मार्च महिनामा दिइएको भाषण







