r1

०५२ मा दश वर्षे जनयुद्ध सुरु भएपछि यहाँसम्म आउँदा रोल्पाले २० वर्ष पूरा गरेछ । तर रोल्पा जहाँको त्यही छ ।

त्यसको चित्र रोल्पाको ग्रामीण बस्ती र त्यहाँका नागरिकको जीवनस्तर हेरे प्रष्ट देख्न सकिन्छ ।

यसपाली रोल्पाको दक्षिण भेगको घुमघामपछि यस्तै चित्र प्रत्यक्ष देख्न पाइयो । रोल्पाका ग्रामीण बस्ती उही छ । सर्वसाधारण नागरिकको जीवन उस्तै कठिन छ ।

२० वर्ष अगाडि रोल्पा जहाँ थियो, अहिले पनि उही ठाउँमा छ । जनताकाे जीवनस्तरमा कुनै परिवर्तन अाएकाे छैन ।

r2

२० वर्षअघिकाे सदरमुकाम र अहिलेकाे सदरमुकाम उस्तै छ ।

गाउँहरुमा केही कच्ची मोटरबाटो पुगेको छ । यो त बिस्तारै हिड्ने विकासको गतिको बाटोअनुरुप नै हो । त्यसबाहेक अरु कयौं गाउँमा गाउँलेहरुको आफ्नै आर्थिक व्यवस्थापन र पहलमा मोटरबाटो पुर्योउने काम भएको छ ।

रोल्पाको सदरमुकाम लिवाङ उस्तै छ । सदरमुकाम पुग्ने एउटा रुट मात्र पिच गरिएको छ । त्यो पनि बाहिरी देशको सहयोगमा ।

जनयुद्धमा रोल्पाली जनताले गरेको ठूलो बलिदनाबाट राजतन्त्रको अन्त्य र गणतन्त्रको स्थापना गर्न बाहेक अरु कुनै उपलव्धि हासिल गरेको देखिदैन ।

जनयुद्धमा रोल्पाले गरेको बलिदान, त्याग र योगदान यति माथिल्लो उचाइँबाट भयो तर उसले त्यो बलिदान र योगदानबाट केही पनि पाएन ।

हुन त रोल्पाबाट जनयुद्धमा सहभागी भएका माओवादी नेताका रुपमा चिनिएका कृष्णबहादुर महरा, वर्षमान पुन, नन्दकिशोर पुन, ओनसरी घर्ती र अरु कयौं नेताहरु मन्त्री र सांसद भए तर रोल्पाले केही पाएन ।

देशको सबैभन्दा दोस्रो उच्च पद उपराष्ट्रपतिमा रोल्पा राङ्सीका नन्द किशोर पुन पासाङ छन् । कृष्णबहादुर महरा माओवादी केन्द्रका महासचिव भइसकेका र हाल उपप्रधान एवं अर्थमन्त्री समेत छन् । उनी पटक पटक मन्त्री भइसके । वर्षमान पुन पनि धेरै पटक मन्त्री भए । ओनसरी घर्ती हाल संसदको सभामुख छिन् ।

r4

उही कच्ची बाटाे, उस्तै हाेलेरी राेल्पा

जनयुद्धले माओवादीका केही नेताको जीवनस्तरमा ठूलो परिवर्तन ल्याए पनि जनयुद्धमा लड्ने धेरै कार्यकर्ता र जनताको जीवनमा कुनै परिवर्तन ल्याएन ।

त्यसको सचित्र वर्णन हेराैं बाँकी तस्बिर ।

r3

७० वर्ष पार गरेकी यी बुढी अामा राेल्पाकाे जाैलीपाेखरीकाे जंगलमा गार्इवस्तुकाे साथमा ।

r5

हाेलेरीदेखि तिला जाने माेटरबाटाे । जहाँ कच्ची बाटाे, धुलैधुलाे र साँघुराे बाटाेले सर्वसाधारणकाे यात्रा निकै चुनाैतीपूर्ण रहिरहन्छ ।

 

r6

राेल्पा सदरमुकाम लिवाङमा बस्ने यी बच्चाहरूकाे जीवनस्तर हेरे सिंगाे राेल्पाकाे तस्बिर थाहाँ पाइन्छ ।

r7

राेल्पा खुंग्री हरिगाउँ । जहाँकाे त्यही छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार