अमेरिकाको राष्ट्रपतीय निर्वाचन जितेर विश्वलाई नै आश्चर्यमा पारेका डोनाल्ड ट्रम्पको ह्वाइट हाउस बसाइ भने छोटो हुन सक्ने एक प्राध्यापकले बताएका छन् ।

donald

ट्रम्प राष्ट्रपति पदमा निर्वाचित हुने भविष्यवाणी गरेका अलान लिचम्यानले ह्वाइट हाउस बसाइबारे यस्तो आकलन सुनाएका हुन् । लिचम्यानले ३० वर्षयता राष्ट्रपति निर्वाचनमा गरेको अनुमान सही सावित हुँदै आएको जनाइएको छ ।

अमेरिकन युनिभर्सिटीका प्राध्यापक रहेका उनले ट्रम्पको इतिहास ‘छिटो र गुमाउने अवस्था’को भएको बताएको सीएनबीसीले जनाएको छ ।

ट्रम्पको अनुमान गर्न नसकिने व्यवहार र सार्वजनिक सेवामा अनुभवको कमीले उनीप्रति महाअभियोग आउन सक्ने उनले बताएका छन् । उनले वैज्ञानिक विधिभन्दा पनि भविष्य कथनका आधारमा ट्रम्पको विजयको अनुमान गरेका थिए ।

ट्रम्पले उपराष्ट्रपति माइक पेन्ससँग मिलेर मन्त्रिपरिषद्का महत्वपूर्ण पदमा नियुक्ति गर्दै छन् । ‘ब्रिटबार्ट न्युज’का पूर्वअध्यक्ष स्टिभ बानोनलाई प्रमुख रणनीतिकार तथा वरिष्ठ सल्लाहकारका रूपमा नियुक्त गरेपछि ट्रम्पको आलोचना भएको छ

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार