क्युबाका कम्युनिस्ट क्रान्तिकारी नेता तथा पूर्व राष्ट्रपति फिडेल क्यास्ट्रो को ९० वर्षको उमेरमा शनिवार निधन भएको छ ।

क्यास्ट्रोको जीवनकालमा उनलाई ६३४ पटकसम्म मार्ने कोशिस भएको थियो, तर उनी झन्डै एक शताब्दी बाँचेर कालगतिले विदा भए ।

“मैले क्युबाली क्रान्ति ८२ जना मानिससँग थालेको थिएँ । यदि मैले फेरि यस्तो गर्न पाएँ भने यसका लागि केबल १०-१५ जना मानिस र उनीहरुको भरोसा भए पुग्छ”, उनले कुनै बेला भनेका थिए, ”यदि तपाईँसँग योजना र विश्वास छ भने जित मिल्छ, क्रान्तिमा तपाईँ कति सानो हुनुहुन्छ भन्ने कुराको अर्थ हुन्न ।”

fidell33

यी क्युबाका चर्चित कम्युनिस्ट नेता क्यास्ट्रोले लगात ६ घन्टासम्म दिने भाषण पनि मानिसहरु मन्त्रमुग्ध भएर सुन्थे ।

सन् १९५९ मा जब उनले क्युबाको सत्तामा कब्जा जमाए, त्यो बेला उनी केबल ३२ वर्षका मात्रै थिए । उनी ल्याटिन अमेरिकामा सबैभन्दा युवा नेता थिए । दशकौँसम्म उनी ल्याटिन अमेरिका र अफ्रिकासम्म क्रान्तिका प्रतिक र प्र‍ेरणाका स्रोत बनिरहे ।

६३४ पटकसम्म हत्या गर्ने प्रयास 

क्यास्ट्रोले आफ्नो जीवनकालमा ६३४ पटकसम्म हत्याको कोशिस भएको तथ्य पनि बाहिर ल्याएका थिए । यो षड्यन्त्र योजनाकार अमेरिकी सेन्ट्रल इन्टेलिजेन्स एजेन्सी (सीआईए) थियो । साथै क्यास्ट्रोको हत्याको षड्यन्त्रमा अमेरिकाको सहयोग प्राप्त निर्वासित संगठनको पनि हात थियो ।

क्यास्ट्रोले आफूलाई मार्नका लागि विष मिसिएको औषधि, विषाक्त सिगार, विस्फोटक पदार्थ र रसायनयुक्त डाइभिङ सुटको पनि प्रयोग गरिएको खुलासा गरेका थिए ।

क्युबाको राजधानी हवाना सिगारका लागि विश्वभरमै प्रख्यात छ । क्यास्ट्रो पनि सिगारका अम्मली थिए ।

सबैभन्दा लामो भाषण

fffddd

क्युबाका जनता क्यास्ट्रोको ६-६ घन्टा लामो भाषणका पनि प्रेमी थिए । फिडेलको नाम सबैभन्दा लामो समय भाषण दिने व्यक्तिकारुपमा गिनिज बुक अफ वर्ल्ड रेकर्डमा पनि दर्ता भएको छ।

२९ सेप्टेम्बर १९६० मा  संयुक्त राष्ट्रसंघमा उनले ४ घन्टा २९ मिनेट लामो भाषण दिएका थिए । कुनै पनि विश्व सं‌गठनमा अहिलेसम्म यति लामो भाषण कसैले पनि दिएका छैनन् ।

यसका अलावा सबैभन्दा लामो ७ घन्टा १० मिनेटसम्मको भाषण उनले क्युबामा दिएका थिए । सन् १९८६ मा यो भाषण रेकर्ड गरिएको थियो । यो भाषण उनले  हवानामा कम्युनिस्ट पार्टी कांग्रेसको कार्यक्रममा दिएका थिए ।

सन् २०१२ मा टाइम म्यागजिनमा विश्वका १०० प्रभावशाली व्यक्तिमा पनि उनले स्थान बनाउन सफल भएका थिए ।

क्यास्ट्रोलाई हराउन अमेरिका सधैँ असफल

क्यास्ट्रोको जीवन कालमा आइजनहोवरदेखि लिएर बाराक ओबामासम्म ११ जना राष्ट्रपति अमेरिकामा फेरिए । तर अमेरिका कहिलै पनि उनीमाथि हावी हुन सकेन ।

अनौठो के छ भने ८८ वर्षमै पहिलो पटक ओबामाले अमेरिकी राष्ट्रपतिकारुपमा क्युबाको भ्रमण गरे । तर, पनि क्युबामा ओबामाले क्यास्ट्रोलाई भेट्न पाएनन् ।

सन् १९६० को दशकमा दुवै देशबीचको सम्बन्ध टुटेको थियो । सन् १९५९ मा कम्युनिस्ट क्रान्ति भएपछि अमेरिकाले क्युबामा प्रतिबन्ध लगाएका थिए ।

यो प्रतिबन्धले अमेरिकालाई वर्षेनी १.२ बिलियन डलर नोक्सानी भएको थियो । सन् २०१४ मा ओबामाले दुबै देशबीच आर्थिक र कुटनीतिक सम्बन्ध सुधार्ने कुरा भएको छ ।

अमेरिका-क्युबाको सम्बन्धमा सुधार

करिब एक वर्षसम्म क्यानाडा र भ्याटिकनमा दुबै देशबीच गोप्य वार्ता भएको थियो । यो वार्तामा पोप फ्रान्सिस स्वयम् सामेल थिए ।

वार्ताको उद्धेश्य क्युबाबाट आतंकलाई बढावा दिने देशका रुपमा अमेरिकाले लगाएको चिन्ह हटाउनु थियो । क्युबामा अमेरिकी नागरिक आउन लगाइएको रोक र आर्थिक नाकाबन्दी हटाउनु पनि अर्को उद्धेश्य थियो ।

अगस्ट २०१५ मा अमेरिकाले क्युबामा आफ्नो राजदूतावास फेरि खोल्यो । सेप्टेम्बर २०१५ मा क्युबाले पनि अमेरिकामा आफ्नो राजदूतावास फेरि खोल्यो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार