कम्युनिस्ट नेता फिडेल क्यास्त्रोले करिव ५० वर्षसम्म क्युवामा एकछत्र राज गरे । उक्त समय क्युवामा कुनै दोस्रो कम्युनिस्ट नेता थिएन । जसले उनको दावेदारीलाई चुनौती दिन सकोस् ।

त्यतिबेला त्यो समय थियो कि दुनियाँभरि कम्युनिस्ट शासन ढल्दै थियो । तर फिडेल क्यास्त्रो आफ्नो सबैभन्दा ठूलो दुश्मन संयुक्त राज्य अमेरिकाको खुलेर आलोचना गरिरहे । र, लाल झण्डालाई कहिल्यै झुक्न दिएनन् ।

fd1111111

क्यास्त्रोको समर्थक उनलाई समाजवादको योजनाकारको रुपमा बताउने गर्छन् र अनि यस्तो सैन्य राजनितिज्ञ मान्छन् । जसले आफ्नो जनताको लागि क्युवाको आजादी गराए ।

तर उनीमाथि यो आरोप पनि लागिरह्यो कि उनले क्रुर तरिकाबाट आफ्नो विपक्षीहरुलाई दबाएका थिए । साथै खराब आर्थिक नीतिका कारण क्युवाको अर्थ व्यवस्थालाई अपांग बनाइदिए ।

फिडेल अलजांद्रो क्यास्त्रो रुजको जन्म १३ अगस्त १९२६ मा एक धनी किसानको घरमा भएको थियो । उनको आमाको नाम लिना रुज थियो । जो उनको बुवाको सेविका थिइन । तर क्यास्त्रोको जन्मपश्चात उनको बुवाले लिनासँग बिहे गरेका थिए ।

सैटियागोको क्याथोलिक स्कुलमा क्यास्त्रोले आफ्नो स्कुले पढाई पुरा गरे । त्यसपछिको पढाइका लागि उनी हवाना गए ।

१९४० को दशकको मध्यमा हवाना विश्वविद्यालयबाट ‘ल’को पढाई गर्दैगर्दा क्यास्त्रो राजनीतिक कार्यकर्ता बने । उनले छिट्टै नै सार्वजनिक वक्ताको रुपमा आफ्नो पहिचान बनाए । र, अरु जनता उनलाई रुचाउन थालेका थिए ।

सक्रिय राजनीतीमा आएपछि क्यास्त्रोले क्युवा सरकार आफ्नो निशानामा लिए । त्यस समय राष्ट्रपति रेमनको सरकार माथि भ्रष्टचारको गम्भीर आरोप थियो । अनि क्यास्त्रो आफ्नो भाषणमा सरकार घेर्न लागेका थिए ।

decoration-poster-font-b-fidel-b-font-font-b-castro-b-font-revolution-cuba-bw-art

यो समय क्युवामा हिंसात्मक विरोध प्रर्दशनको समय थियो । जसकारण पुलिसले क्यास्त्रोको निशाना बनाउन सुरु ग¥यो ।

१९४८ मा कास्त्रोले क्युवाको एक धनी नेताको छोरी मिर्ता डियाज बालार्टसंग बिहे गरे । त्यस समय क्युबामा यो चर्चा पनि चल्यो । यो बिहेपछि क्यास्त्रो क्युवामा उच्च वर्गमा मिसिने छन् । तर यस्तो भएन, बरु बिहेपछि क्यास्त्रो झन् तीब्र गतिमा माक्र्सवादी दिशामा अगाडि बढे ।

क्यास्त्रोको जानकारी थियो कि क्युबाको आर्थिक समस्याको एउटै कारण छ, त्यो हो छाडा पुँजीवाद । क्यास्त्रोले भन्ने गर्थे– पुँजीवादको उपचार मात्र जनक्रान्तिद्घारा गर्न सकिन्छ ।

स्नातकको पढाई सकेपछि क्यास्त्रोले बतौर वकिलको काम गर्ने प्रयास गरे तर यसमा उनी सफल हुन सकेनन् । र, उनको टाउकामाथि ऋणको भारी बढ्न लाग्यो । उक्त दौरानमा पनि उनले आफ्नो राजनीतिक सक्रियता बढाइराखे । उनी सबै हिसात्मक प्रर्दशनमा उपस्थित भइराख्थे ।

fddd55

फूलखेसियोको अमेरिकासग घनिष्ट सम्बन्ध थियो । उनले समाजवादी संगठन सुरु गरेका थिए । यो अवस्था क्यास्त्रोको मौलिक राजनीतिक मान्यताको विपरित थियो ।

यसलाई चुनौती दिनका लागि क्यास्त्रोले एक संस्था बनाए जसको नाम थियो– द मुभमेन्ट । यस संस्थाले भुमिगत रहेर काम सुरु ग¥यो । ताकि बातिस्ताको सत्ता ढाल्न सकोस् ।

यसै सिलसिलामा जुलाई १९५३ मा क्यास्त्रोले सैटियागोबाट सटी मार्काडाको सैन्य ब्यारेकमाथि सशस्त्र हमला गरे । यस विद्रोहको लक्ष्य हतियारको कब्जा गर्ने थियो । तर, यो योजना असफल भयो र धेरै क्रान्तिकारी यसमा मारिए ।

क्यास्त्रोलाई १५ वर्षको सजाय सुनाइयो । तर १९ महिनाको सजायपछि क्यास्त्रोलाई रिहा गरियो । जेलमा आफ्नो सजायको बेला क्यास्त्रोले आफ्नो पत्नीलाई डिभोर्स दिएका थिए । र, उनी दिन–रात माक्र्सवादी साहित्यमा डुबिराख्थे ।

यो त्यो समय थियो, जब फुलखेसियो आफ्नो विद्रोहीहरुको तह लगाउदै थियो । यसमा गिरफ्तारीबाट बच्नको लागि क्यास्त्रो क्युबा छोडेर मेक्सिको गए । त्यही उनको भेट नामी क्रान्तिकाी चे ग्वेरासँग भयो ।

नोभेम्बर १९५६ मा कास्त्रो ८१ सशस्त्र साथीहरु सहित क्युबा फर्किए र १९५९ मा क्युबाको तानाशाह फुलखेसियोलाई सत्ताबाट हटाएर फिडेल क्यास्त्रोले क्युबामा कम्युनिस्ट सत्ता कायम गरे ।

क्यास्त्रोको सञ्चालनमा बनेको क्युबाको नयाँ सरकारले गरिबहरुसँग बाँचा गरे कि जनतालाई उनीहरुको जमिन फिर्ता गरिनेछ र गरिबहरुको अधिकारको रक्षा गर्नेछन् ।

तर सरकारले छिटै देशमा एक पार्टी सिस्टम लागु ग¥यो । सयौँ संख्यामा राजनीतिक व्यक्तिहरुको गिरफ्तार ग¥यो । कतिलाई जेल पठायो, अनि कतिलाई श्रम शिविरमा नजरबन्द गरिदियो । उनै हजारौँको संख्यामा मध्यम वर्गीय क्युबाली नागरिकहरुको निर्वासनको लागि बाध्य बनाइयो ।

ffdd11

उनले धेरै पटक आफ्नो भाषणमा भनेका छन्, देशमा साम्यवाद वा माक्र्सवाद छैन । तैपनि एउटा यस्तो लोकतन्त्र हो जसमा सबैको प्रतिनिधित्वको स्वतन्त्र छ ।

सन् १९६० मा फिडेल क्यास्त्रोले अमेरिकी स्वामित्ववाला सबै व्यवसायको राष्ट्रियकरण गरिदिए । जवाबमा वाशिंगटनले क्युबामाथि धेरै व्यापारिक प्रतिबन्ध लगाइदियो ।

त्यो समय क्युबा एक शितयुद्धको मैदान बनेको थियो । क्यास्त्रोले दावा गर्थे कि सोभियत संघ र उनका नेता निकिता खुश्चेवले उनीसँग सम्झौताको प्रस्ताव राखेका थिए । यसपछि नै यी दुईकोबीच सन्धि भयो र उनलाई सोभियत संघको समर्थन मिल्यो ।

अर्कोतिर अमेरिका क्यास्त्रोको सरकार ढाल्नको लागि क्युबाको राजनीतिक कैदीहरुसंग मिलेर एक निजी सेना बनाइरहेको थियो ।

क्यास्त्रो अमेरिकाको लागि सबैभन्दा ठुलो दुश्मन बनिसकेका थिए । सिआईको नेतृत्वमा एक टीम पनि बनाईयो जसको लक्ष्य क्यास्त्रोको हत्या गर्ने थियो । यसका लागि क्यास्त्रोले सिगारमा विस्फोट लगाएर उनीहरुलाई मार्ने तरिका छाने ।

धेरै यस्ता विचित्र तरिकाहरुको जानकारी सार्वजनीक भयो । जसको माध्यामबाट क्यास्त्रोको हत्याको योजना बनाइराखेको थियो ।

यस बीचमा क्यास्त्रो र क्युबालाई आर्थिक मद्दत पु¥याउनका लागि सोवियत संघले क्युबामा पैसा पठाउन सुरु ग¥यो ।

कमजोर आर्थिक स्थितीको बाबजुद क्यास्त्रोले अफ्रिकामा आफ्नो सैनिकहरु पठाए र अंगोलासमेत मोजाम्बिकको माक्र्सवादी छापामारहरुको समर्थन गरे ।

ffdd44

तर १९८० को मध्यसम्म विश्वको राजनीतिमा भारी परिवर्तन भयो । त्यो समय क्यास्त्रोको क्रान्तिको लागि घातक साबित भयो । उक्त समयमा मास्कोको लागि पनि क्यास्त्रोको प्रभावकारी ढंगले मद्दत दिनु कठिन भएको थियो । र यससंगै क्युबाको एक ठुलो आशा पनि निराशामा बदलियो ।

यसका बाबजुद सन् १९९० को मध्यसम्म क्युबाले धेरै प्रभावशाली घरेलु उपलब्धिहरुको हासिल ग¥यो । देशमा राम्रो चिकित्सा व्यवस्थाले जनतालाई निशुल्क सहुलियत बनाइदियो । यसले क्युबाको शिशु मृत्युदर विश्वमा विकसित देशभन्दा पनि उच्च निशुल्क सुविधा प्रदान गर्यो ।

पछिल्लो वर्षहरुमा क्यास्त्रोले अपनाउने बाटो विनम्र भएको पुँजीवादीहरुको भनाई रहेको छ ।

एजेन्सीको सहयोगमा

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार