उमेरमा ५० वर्ष नाघेर पनि सन्तोषी विक माओवादी आन्दोलनमा निकै क्रियाशिल छिन् ।

दलित समुदायबाट निकै ठूलो संघर्ष गरेर माओवादी आन्दोलनमा लागेकी उनी दलित समुदायकी सबैभन्दा पूरानो महिला नेता पनि हुन् ।

santoshi-11

रोल्पाको हलहले लेकमा नेतृ विक

हाल नेत्र विक्रम चन्द विप्लव नेतृत्वको माओवादीको केन्द्रीय सदस्य भएर महत्वपूर्ण जिम्मेबारीमा रहेकी उनले अहिलेसम्म पार्टीका हरेक जिम्मेबारीलाई सम्पादन गर्दै आएकी छिन् ।

माओवादी आन्दोलनमा आउनुअघि उनले एमाले पार्टीबाट आफ्नो राजनीति सुरु गरिन् ।

एमालेको नेतृत्वमा बनेको दलित संगठनको केन्द्रीय अध्यक्ष बनेर नेतृत्व गरेकी उनले माओवादी जनयुद्धमा ०५४ सालदेखि नेपाल दलित मुक्ति मोर्चाको संयोजकको समेत जिम्मेबारी बहन गरे ।

तिलक परियार अध्यक्ष बन्नुअघि माओवादी दलित मोर्चाको अध्यक्ष बनेकी उनले परियारलाई अध्यक्ष जिम्मेबारी सुम्पेर सहायक भूमिकामा रहेर काम गरिन् ।

शान्तिप्रक्रियामा आउँदा संविधानसभापछि सभासद समेत बनेर कुनै लाभ समेत हासिल नगरेकी उनले नेपालको वर्गीय आन्दोलन पूरा नगरेसम्म दलित समुदायदेखि कुनै पनि समुदायको मुक्ति नहुने निचोड निकालेकी छिन् ।

नेपालको वामन्थी आन्दोलनले दलित समुदायको हक र अधिकारको ग्यारेन्टी गर्छ भनेर एमालेबाट राजनीति सुरु गरेकी थिइन उनले । तर पछि एमालेले उत्पीडित वर्ग र समुदायको मुद्धाको नेतृत्व गर्न नसक्ने देखेपछि उनी ०५२–५३ तिर एमालेको दलित संगठनको नेतृत्व छाडेर माओवादी जनयुद्धमा भूमिगत भएर लागिन् ।

जनयुद्धकालमा त्यत्रो दश वर्ष जनयुद्धको नेतृत्व गरेर आएको प्रचण्डले पनि उत्पीडित वर्ग र समुदायका मुद्धा छोडेपछि सन्तोषी विकले माओवादीमा सुरुदेखि क्रान्तिकारी लाइनको पक्षपोषण गरेर दुई लाइन संघर्षमा सहभागी बनिन् ।

प्रचण्ड बाबुरामको विचलन र गद्धारीका विरुद्ध उनले क्रान्तिकारी लाइन र नेतृत्व गरेको तत्कालीन किरण र विप्लवको नेतृत्वलाई साथ दिइन् ।

sabtoshi-3333

रोल्पा खुंग्री गोगनपानेमा पूराना माओवादी कार्यकर्ता राजिवसँग

अन्तिममा मोहन वैद्य किरणले पनि क्रान्तिकारी संघर्षलाई हाक्न नसक्ने भएपछि उनले क्रान्तिकारी नेता नेत्र विक्रम चन्द विप्लवलाई साथ दिए ।
हाल विप्लव माओवादीमा केन्द्रीय सदस्यको भूमिकामा उनले महत्वपूर्ण जिम्मेबारी हासिल गरिरहेकी छिन् ।

यसपटक उनै दलित आन्दोलनकी अथक नेता सन्तोषी बिक रोल्पाको जनयुद्धकालीन गाउँहरु घुम्दा उही जनयुद्धकालीन स्पिरिट देखिन्थ्यो ।

रोल्पाको दक्षिण बेल्टका रुपमा चिनिने खुंग्री, घोडागाउँ, जौलेपोखरी, मसिना र होलेरी घुम्दा उनीमा जनयुद्धकालीन कार्यशैलीका थुप्रै झझल्कोहरु देख्न सकिन्थ्यो ।

‘हामीले जनयुद्धमा जनताका सपना पूरा गर्ने प्रतिबद्धता गरेका थियौं । अहिले पनि हामी त्यसैमा प्रतिबद्ध छौं । उनले यसपटक रोल्पाका जनयुद्धकालीन गाउँहरुमा घुम्दा भन्ने गर्थिन्– ‘प्रचण्ड र बाबुरामहरुले धोका दिएपनि हामीले भने ती प्रतिबद्धता भुलेका छैनौ ।’

सन्तोषी बिकको जनयुद्धकालीन पूरानो स्पिरिट देखेर माओवादी कार्यकर्ता र जनतामा छुट्टै खालको उत्साह र उमंग देखिन्थ्यो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार