विदेशिएका ६० लाख नेपाली युवाहरुको बारेमा हेमन्त रानाद्धारा रचित र संगीतवद्ध गीत हो-‘साइली’ ।
एक युवक साइला, जो आफ्नो श्रीमती साइलीलाई छोडेर विदेश जादाँ साइली कति भक्कानो परेर रुन्छिन् । हरेक नेपाली युवाको दर्दनाक कथा हो यो आजको दिनमा । कुनै पनि युवा विदेश जादाँ यस्तै नियति भोग्नुपर्छ ।
जुन गीतले नेपाली युवाको कथा दुरुस्त बोल्छ । यो म्युजिक भिडियो छोटो समयमा आधा करोडभन्दा धेरैले हेरेका छन् ।







