
दीपेन्द्र थापा कुनैबेला जनयुद्धमा जनमुक्ति सेना बनेर लडे । तर कालान्तरमा समयले उनलाई अर्को मोडमा पुर्यायो ।
आज उनी ‘लाहुरे रोल्पाली’ बनेर आइपुगेका छन् । रियल लाइफमा भन्दा रिल लाइफमा उनी लाहुरे रोल्पाली बनेर आइपुगेका हुन् ।
हालै थापाले ‘लाहुरे रोल्पाली’ नामक भिडियो लिएर दर्शकमाझ आएका छन् । उनले आफै निर्देशन गरेर तयार पारेको भिडियो लोक लहरीमा ढालेर प्रस्तुत गरिएको छ ।
लाहुरेको जीवन कस्तो हुन्छ भन्ने सन्देशलाई उनले यो भिडियोमा प्रस्तुत गरेका छन् । यो भिडियोको गीतमा लोकेन्द्र महरा र तुलसा घर्तीको स्वर रहेको छ भने नन्द घर्तीले संगीत दिएका छन् ।
रोल्पा खुंग्री हरिगाउँमा जन्मेका थापाले हिजोआज गीत -संगीतको यात्राबाट आफुलाई अगाडि बढाइरहेका छन् । हाल रोल्पा लिवाङमा रहेर उनले सुनछहारी कला केन्द्रको नेतृत्व समेत गरिरहेका छन् ।
भिडियो –







