
डन अर्थात् गुन्डा नाइकेको रुपमा परिचित दीपक मनांगे एमालेको मनोनयनमा मनाङबाट प्रदेशसभामा निर्वाचित भएपछि मनांगे फेरि चर्चित बन्न पुगेका छन् । गुन्डाको पृष्ठभूमिबाट आएका डन मनांगेले अब माननीयको पगरी गुथ्न पाएका छन् ।
अब उनलार्इ डन र गुन्डा हाेइन माननीय मनाङ्गे भनिनेछ । यो सब उनको सफलतामा एमालेको शक्ति र उनको मनि र मसलमा पैदा भएको उपलव्धि हो ।
मनांगेको जितले नेपाली राजनीतिमा अपराध गर्ने अपराधीहरुको बोलवाला नराम्रोरी फस्टाउनेछ । किनकि समाजमा अपराध गर्ने र राजनीतिले त्यसलाई संरक्षण गर्ने ठाउँको रुपमा मनांगेको उदय हुन पुगेको छ । मनांगेले अब के गर्लान् ? गरिब र सर्वसाधारणको पक्षमा काम गर्लान् या गुन्डा र अपराधीहरुको पक्षपोषण गर्लान् ? यसबारे केही समयछि त्यसको लेखाजोखा शुरु हुनेछ । तर सत्य यो हुनेछ मनांगेको राजनीतिमा उदयले गुन्डा र अपराधीहरुलाई ठूलो हौसला मिलेको छ ।
वास्तवमा दीपक मनांगे को हुन् ? उनको पृष्ठभूमि के हो ? उनले अपराधिक कार्य गरेर कसरी पैसा कमाए ? यसबारे विभिन्न अनलाइन सर्कलबाट प्राप्त सूचनाले उनी यो देशका करोडपति भएको देखाएको छ ।
बाँकी उनको यस्तो वास्तविक विवरण –
डन दीपक मनांगेको लगानी साना व्यापारदेखि करोडौको स्टार होटेलसम्म भएको देखिएको छ ।
दीपक मनांगेको लगानी र सम्पत्तिका बारेमा मनांगेले आफ्नो सहयोगीहरु खटाएर ठमेलका भित्री गल्लीहरुमा अवैधरुपमा पार्किङ्ग खडा गरि रकम उठाउदै आएको प्रहरीको भनाई छ । अवैध रुपमा पार्किङ्गबाट मात्र मासिक लाखौको कमाइ हुने बुझिएको छ ।
मनांगेको वीरगंजमा ट्रान्सपोर्टको व्यवसाय छ । ठमेलको सेफ स्टार होटेलमा मनांगेको ठुलो लगानी रहेको छ । ५६ करोड लगानी मनांगेको रहेको छ । ककनीमा मनांगेले श्रीमती पासाङ डोमा गुरुङ्गको नाममा ७८ रोपनी जग्गा किनेका छन्, जसको मुल्य अहिले तीन करोड रहेको छ ।
ठमेलका केही चलेका नियोन पव, गोगो बार र क्लव डाइनोष्टी मनांगेकै लगानी रहेको र सहयोगीहरुले सञ्चालन गर्दै आएका छन् । फेवा, गाउँबेसी र पोखरा दोहोरीसाँझमा पनि मनांगेको लगानी रहेको छ । मनांगेको हेटौडा क्रसर उद्योग र नवलपरासी जडीबुटी उद्योगमा पनि लगानी रहेको छ ।
दरबारमार्गको प्रहरी भवन पनि मनांगेले बनाएका हुन, जुन उनको सहयोगी उमेश लामाको फर्म प्रयोग गरी टेन्डर हात पारेका हुन् । ठमेलमा कवाडी सामानको व्यापारमा समेत लगानी रहेको छ ।, सहयोगी उमेश लामाको फर्मबाट विभिन्न टेन्डरका काम गर्दै आएका छन् ।







