जर्मनको राजधानी बर्लिनमा क्रान्तिकारी माओवादी युवाहरुले रोजा लक्जेम्वर्ग र कार्ल लिबकनेक्चटको स्मृतिमा राता झन्डा र ब्यानरसहित विशाल मार्चपास गरेका छन् ।
प्रत्येक वर्ष रोजा र विब्कनेच्टको सम्झनामा मनाइने वार्षिक कार्यक्रममा जर्मनका माक्र्सवादी, लेनिनवादी र माओवादी जुझारु युवा सगठनको उपस्थित रहेको थियो ।
सन् १९१९ मा जर्मनमा सोशल डेमोक्रेट सरकारको आदेशमा फासिवादी फ्राइकोर्सद्धारा जर्मन क्रािन्तकारी कम्युनिस्ट नेतृ रोजा लक्जेम्वर्ग र कार्ल विबक्नेक्टको हत्या गरिएको थियो । उनै महान् नेताहरुको संझनामा सो मार्चापास गरिएको छ ।
बर्लिनमा भएको क्रान्तिकारी मार्चपासमा वर्लिनका जुझारु माओवादी युवासहित फ्रान्स, नर्वे, आयरल्यान्ड र बेलायतलगायत देशका कम्युनिस्ट समुहले पनि रोजा र लेबचेक्नटको सम्झनामा कार्यक्रम गरेका छन् ।
मार्चपासमा क्रान्तिकारी युवाहरुले जोशिलो भाषण दिए । भाषणमा युवाहरुले विश्वमा संशोधनवादी नेता र ट्टस्कीपन्थीको बढिरहेका हावाविरुद्ध क्रान्तिकारीहरुले सिधा बाटो समाउनु पर्ने बताएका थिए ।
ource: http://www.revolutionarypraxis.org







