नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य ‘किरण’सँग रातो खबरले लिएकाे वाताकाे अंश ।
संविधानसभाबाट घोषणा गरिएको संविधानको विरोध गर्दागर्दै पनि संसदीय व्यवस्थाको कार्यान्वयन गर्न भन्दै स्थानीय तह, प्रतिनिधि र प्रदेशसभाको चुनाव गराइयो । यी परिघटनाहरूलाई कसरी कसरी हेर्नुभएको छ ?
जुन संविधान बन्यो, त्यो संविधान पश्चगामी संविधान नै हो भन्ने कुरा हामीले भन्दै आएका छौँ । पुरानो संसदीय व्यवस्थाको ठाउँमा त्यही संसदीय व्यवस्था आयो । १९ दिने जनआन्दोलन १० वर्षको महान् जनयुद्ध अब यो प्रक्रियामा जनताले जुन आशा अपेक्षा गरेको हो, नयाँ जनवादी राज्यसत्ता स्थापना गर्नु खोजेको हो र त्यो हुन सकेन । एउटा गम्भीर विश्वासघात भयो । अहिले पुरानै व्यवस्था कायम भएको छ । अब त्यसैमा भनौँ, त्यसै व्यवस्थाअन्तर्गतका स्थानीय चुनाव, प्रदेशसभा र प्रतिनिधिसभाका चुनावहरू पनि भइसके । यो प्रक्रिया त्यही परानो पश्चगामी राज्यसत्तालाई अझै बलियो बनाउन दिशातिर स्थापित गर्ने दिशातिर गइराखेको छ । अब हामी यसलाई कसरी हेर्न भन्दाखेरि यसलाई यो व्यवस्थाका विरुद्ध, यो सत्ताका विरुद्ध अब फेरि पनि क्रान्तिको तयारी गर्नुपर्छ नयाँ जनावादी क्रान्ति सम्पन्न गर्दै समाजवाद र साम्यवादको दिशामा जानुपर्छ भनेर सोचेका छौँ । मूल कुरा त्यही हो ।
जनयुद्ध तपाईंंहरूले जस्तो खालको अवधाराणा बनाउनुभएको थियो, जनयुद्धको विकाससँगै यहीँ पुगिन्छ भन्ने त पक्कै होइन होला ? त्यस समयमा पनि प्रचण्ड नै प्रमुख नेता थिए । जनयुद्धका सुप्रिम कमान्डरसम्म बन्न पुगेका अहिले प्रचण्ड जहाँ पुगे, त्यसको पछाडि मख्य कारण के होला ?
मूलभूत रूपमा भन्दा उनमा विद्यमान निम्न पुँजीवादी मानसिकता हो । निम्न पुँजीवादी मानसिकताले कुनै खास बेलामा चाहिँ क्रान्तिप्रति आए पनि अर्को अवस्थामा प्रतिक्रान्तितिर डोर्याउँछ । त्यसकारण उनमा निम्न पुँजीवादी विचारधारा वा निम्न पुँजीवादी मानसिकता त्यो हो । दोस्रो, अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा यस्तो हुँदै आइरहेको पनि छ । यो वर्गीय रूपमा भने मैले अब ठ्याक्कै वैचारिक रूपमा भन्दाखेरि संशोधनवाद हो । सबै प्रकारको दक्षिणपन्थी अवसरवादी विचरण हो । तेस्रो कुरा, कम्युनिस्ट नेताहरूलाई भन्नुस्, त्यसप्रकारको निम्न पुँजीवादी मानसिकताबाट त्यसप्रकारको संशोधनवादी चिन्तनबाट फाइदा उठाएर एउटा साम्राज्यवादी विसर्जणवादी शक्तिहरूले पनि के गर्छ भन्दाखेरि एउटा कित्ता परिवर्तनका निम्ति आधर प्रदान गर्ने गर्छन् । तर पनि मुख्य त के हो भने उनीहरूमा एउटा आन्तरिक कमजोरी आन्तरिक विचलन नै हो ।
अब अहिले चुनावी परिणाम जे आयो र त्यो परिणामले एक किसिमले सो घोषित वाम पार्टीहरू मूलतः केपी ओली, प्रचण्ड टोली सरकारमा जाँदैछन् । क्रान्तिकारीहरूले यो परिघटनालाई अर्थात् केही समयपछि सरकार पनि बनि हाल्ला हैन अथवा सरकार बन्यो भने त्यसलाई कसरी हेर्ने र अहिलेको यो वाम गठबन्धन भनेर वाम एकताको कुरा पनि आइरा’छ, यो दुई कुरालाई कसरी हेर्दा ठीक हुन्छ ?
चुनावी परिणामको कुरा गर्दाखेरि कस्तो लाग्छ भन्नुहुन्छ भने नेपाली जनता कांग्रेसबाट पनि सन्तुस्ट होइन, अरू राप्रपाहरूबाट पनि सन्तुस्ट होइन । एउटा परिवर्तन जनताले परिवर्तन चाहाने र अहिले जुन वाम–गठबन्धन बन्यो, वाम–गठबन्धन बनिसकेपछि जनतामा के पर्यो भने बरु वाम नै हो भन्ने पर्यो अथवा जनता भ्रमित भए । जनताले अर्को विकल्प जनताले त्यस्तो देखेनन् । त्यसकारण मत वाम–गठबन्धनको पक्षमा गयो । गए पनि जनताले एउटा कम्युनिस्ट भनेर मत हालेका हुन् । त्यसकारण जनतालाई हामी नकरात्मक रूपमा हेर्न हुँदैन । र, उनीहरूले अहिले खास परिवेशमा भ्रम दिन सफल भए । अर्को कुरा के हो त्यसको विकल्पको रूपमा जुन वैकल्पिक क्रान्तिकारी शक्ति अगाडि बढ्नुपर्ने थियो । त्यो वैकल्पिक शक्ति टुटफुट विभाजन आदिको कारणले गर्दाखेरि अगाडि बढ्न सकेन फेरि १० वर्ष महान् जनयुद्धको प्रक्रियामा गइसकेपछि हाम्रोमा कस्तो भयो भन्नुहुन्छ भने अब विचित्र छ के जनयुद्धको जुन नेता छ अथवा क्रान्तिको नेता छ र प्रतिक्रान्तिकारीको नेता पनि उही बन्न पुग्यो, यो जनतालाई बुझिसाध्य भएन । यसले गर्दाखेरि जनतामा भ्रम पर्न गयो ।
यस्तो जटिल परिस्थितिमा त्यतापट्टि जनताले किन मत हाले । यो वाम बनेर होइन वा वाम–गठबन्धन होइन । यो एउटा घोर दक्षिणपन्थी–असवसरवादी गठबन्धन हो । यो प्रतिगमनमा गइसकेको छ । बजारको दृष्टिकोणले हेरे पनि विचारको दृष्टिकोणले हेर्नुभयो भने पनि अब कांग्रेस र यिनीहरूमा फरक के छ ? संसदीय व्यवस्था साथ दियो भने त्यही हो । साथ पनि त्यही हो गन्तव्य पनि त्यही हो । समाजवाद भनेर भन्छन्, अब समाजवाद त त्यही संविधानमा लेखेको छ भन्छन् । समाजवादका त के विभिन्न परिभाषा छन् । कम्युनिस्ट घोेषणापत्र पढ्ने हो भने त समाजवाद त प्रतिक्रियावादी समाजवाद पनि हुन्छ भनेर माक्र्सले भनेकै कुरा होे । वैज्ञानिक समाजवाद होइन भनेर भन्नु त्यो त समाजवाद कांग्रेसले पनि भनिररहेकै छ । मात्रमा परक कुरा हो अलि–अलि मात्रामा परक हुन्छन् तर गुणमा के हो भने प्रतिक्रियावादी राज्यसत्ता, प्रतिक्रियावादी व्यवस्था र प्रतिक्रिायावादी विचारधारा यी सबैको संरक्षण गर्ने थलोका रूपमा नेपाली कांग्रेस र अहिलेको वामभित्रका केही छैनन् । विचित्र कुरा के भन्नुहुन्छ भने एउटा कम्युनिस्ट भन्ने द्वन्द्वात्मक भौतिकवाद मान्छाैं भन्ने बहुलवाद पनि स्वीकार गर्नेे एमाले त थियो नै । त्यसको प्रचण्डजी र हामीसँगै विरोध गरेकै हो । उनीहरूलाई थाहा नभएको कुरा त होइन । सब परिघटना थाहा भईभई बुझीबुझी एउटा वर्गीय रूपमा पनि राष्ट्रिय रूपमा पनि हरेक दृष्टिकोणले पनि यो आत्मसमर्पणको कुराहरू होे । योे कुनै गठबन्धन नै होइन ।
अब एमाले–माओवादी केन्द्रको सरकारमा बन्ला । उनीहरूको सरकारोहणले जनतामा वाम सरकार भ्रम पर्छ । सञ्चार–माध्यमले पनि त्यही रूपमा प्रचार गरिरहेका छन् । तर, परिस्थिति जटिल र नाजुक बन्दै गइरहेको छ । यस्तो अवस्थामा यहाँहरूले कसरी सोच्नुभएको छ ?
यिनीहरूको जुन वाम–गठबन्धन बनेको छ, त्यसले जनतालाई भ्रमित पारेको छ । यो क्रान्तिकारीहरूलाई चुनौती त हो किनभने कम्युनिस्टको नाममा बदमासी गरिराख्या’छन्, जनतालाई झुक्याइराख्या’छन् तर पनि जुन विकास, समृद्धि र स्थीरता आशा जनतामा बाँडेका छन्, त्योे वाहियात हो । जुन सक्दैनन् जुन खालको सम्भव छैन । उनीहरूले विकास गर्नका निम्ति त नोकरशाही पुँजीपति, दलाल पुँजीवादको विरुद्ध नै लड्नुपर्यो, एउटा नवउदारवादको विरुद्ध नै लड्नुपर्यो । यहाँ वैदेशिक प्रतिक्रियावादीहरूसँग गरिएका थुपै असमान सन्धि–सम्झौता खारेज गर्नुपर्यो, जनजीविकाको प्रश्नप्रति जनताको जनतन्त्रप्रति एउटा सकरात्मक बाढी जानुपर्यो, त्योे सम्भव छैन । त्यसकारण उनीहरूले जनताको समस्या हल गर्न सक्दैनन् । उनीहरूको बीचमा फेरि अन्तर्विरोधहरू चर्किंदै जान्छ । सत्ताधारीवर्गका बीचमा नेपालमा लामो समयदेखि एउटा अन्तर्विरोध भइराखेको छ । उनीहरू पनि एक–आपसमा लडिराखेका छन् । त यिनीहरू लड्दै आएका छन् । अहिले पनि लड्छन्, भोलि पनि लड्छन् । क्रान्तिकारीहरूका लागि मैदान खालि हुन्छ । यो स्थितिमा क्रान्तिकारीहरूले वैचारिक रूपमा, सांगठनिक रूपमा र राजनीतिक रूपमा सुदृढ हुँदै फेरि एउटा क्रान्तिको निम्ति एउटा आधार तयार पार्ने गर्नुपर्छ ।
छोटोमा भन्नुपर्दा नयाँ जनवादी सम्पन्न गर्दै वैज्ञानिक समाजवादीतिर जाने एउटा प्रक्रियालाई व्यवस्थित ढंगले अगाडि बढाउनुपर्छ । वैचारिक–राजनीतिक रूपमा यही भइहाल्यो । सांगठनिक रूपमा भन्नुपर्दाखेरि सच्चा क्रान्तिकारीहरूलाई गोलबन्द गर्नुपर्छ भनेर भन्नुस् । अब यो वाम गठबन्धनले धेरै भ्रम दिइराखेको छ । यी दक्षिणपन्थी अवसरवादी हुन् । यी एउटा अर्को कित्तातिर गइसके । क्रान्तिकारी शक्तिहरू एकताबद्ध भएर जानुपर्छ भन्ने नै हो । त्यसकारणले हाम्रो प्रयास हाम्रो पार्टीको तर्फबाट लामो समयदेखि एउटा प्रयास गर्दै आइरहेका छौँ । भर्खरै हाम्रो राष्ट्रिय सम्मेलन पनि सम्पन्न भयो । केन्द्रीय समितिको बैठक पनि भयो र हामीले नजिकका फोर्सहरू खास गरी नयाँ जनवाद हुँदै समाजवादमा जान चाहने माक्र्सवाद–लेनिनवाद–माओवाद मान्ने राख्ने शक्तिहरूलाई एकताबद्ध गर्ने दिशातिर जानुपर्छ । संगठनलाई बलियो बनाएर फेरि क्रान्तिको तयारीको दिशातिर दृढतापूर्व लाग्नुपर्छ । सानो–तिनो विषय जनताको तत्कालीन जनजीविका प्रश्नहरू, राष्ट्रियताको प्रश्नहरूलाई लिएर पनि जे–जस्तो सकिन्छ, संघर्षको विकास गर्दै ठूलो संघर्षको विकासको आधार तयार पार्दै जानुपर्छ ।
वामको एमाले र माओवादी केन्द्र दुई पार्टी एकता गर्दैछन् भन्ने छ अथवा के हुन्छ थाहा छैन, त्यो भन्न सकिन्न होला । यतातिर तपाईंहरूले अघि भन्नुभएजस्तै सञ्चार–माध्यममा पनि आइरा’छ र पहल पनि भइराखेको छ भन्ने छ । माक्र्सवाद–लेनिनवाद–माओवाद मान्ने नयाँ जनवादी क्रान्ति सम्पन्न हुँदै वैज्ञानिक समाजवादमा जाने भन्नुभयो । अहिलेको परिवेशमा त्यसका आधारहरू के–के हुन र को–कोसँग सम्भावना छ ? नेपालमा भएको वामपन्थी शक्तिहरू र कम्युनिस्ट पार्टीको कुन–कुनसँग एकताको सम्भावना छ ?
एकता आधार मोटामोटी रूपमा एउटा त राजनीतिक रूपमा नयाँ जनवाद भइहाल्यो । बल प्रयोग या कसरी जाने भन्ने कुरा भइहाल्यो । विचार माक्र्सवाद–लनिनवाद–माओवाद र माओविचार मान्नेहरूसँग पनि कुराकानी चल्नुपर्छ भन्ने नै छ । हाम्रो कुाराकानी चलाउने आधार यही हो, मोटामोर्टी रूपमा तर फेरि हामीले यसलाई एकदम सङ्कीर्ण बनाएर जाने पक्षमा छैनौँ । अब अलिकति नजिकका शक्तिसँग बसेर कुराकानी गरेर कसरी जाने भन्ने सोचमा पनि छौँ । हाम्रो दृष्टिकोणमा के लाग्छ भने अहिले हेर्दाखेरि हामीसँगै लड्दै आएको कमरेड विप्लवले नेतृत्व गर्नुभएको नेकपा नै हाम्रो सबभन्दा नजिकको शक्ति त्यही हो । कट्टेलजीलाई पनि हामीले नजिकबाटै हेरिरहेका छौँ । मोहनविक्रम सिंहसँग पनि मिहिनेत गर्नुपर्छ, उहाँसँग प्रयास गर्नुपर्छ । यसमा त बसेर अलिकति सरसल्लाह गरौँ, के–के कसरी भन्ने हिसाबमा गइसकेपछि धेरै कुरा मिल्दै जान्छन् ।
कति प्रक्रिया कहाँसम्म पुग्यो ?
प्रक्रियामा भन्नुपर्दा प्रक्रियाको रूपमा अब हामी बीचमा अलिअलि संवाद गर्दै आइरहेका छौँ । अब हामी वार्तासमिति बनाएर वार्तामा जाने हो । हामी वार्ता समिति बनाउछौँ । अब हामी बहुपक्ष बस्दैनौँ, अहिले बहुपक्ष बस्ने कुरा हुन्न, दुई पक्ष बस्छौँ । दुईपक्ष कुराकानी गर्दै प्रगति कस्तो हुन्छ, ती चीजहरू हेर्दै अगाडि बढ्ने हुन्छ । त्यसकारणले हामी वार्तासंवादको प्रक्रियालाई हामी अगाडि बढाउछौँ । कुराकानी त भएकै छन् । अब अर्को चरणको अलिकति सैद्धान्तिक, राजनीतिक विषय र रणनीति र कार्यनीतिजस्ता विषयमा पनि आवश्यक छलफल चलाउँदै हामी कसरी एकता गर्न सकिन्छ त भन्ने दिशातिर हामी सकरात्मक ढंगले जान चाहन्छौँ । समस्या आइपर्यो भने कसरी समस्याको समाधान गर्ने भन्ने सोच्नुपर्ला । सकरात्मक तरिकाले हामी जान्छौँ ।
ठीक छ, अहिले के हो भन्दाखेरि जनताको पनि अपेक्षा छ क्रान्तिकारी एक होऊन् भन्ने छ दुई ओटा समस्या जटिल भएर आएको छ नेपालको अहिले देखेको छ, चुनावपछि को जे बनेको छ राष्ट्रियता असाध्यै बढी खतरामा पर्ने र अर्को वामको नाममा भ्रम सिर्जना हुने यी दुईओटा कुराहरू छन् । यस्ता विषयमा कुनै छलफल भएको छैन, अहिले तत्कालै यो यो गरौँ भनेर हुन्छ नि । पार्टी एकता प्रक्रिया त भइहाल्यो लामै लाग्ला । तत्कालका एजेन्डाहरू लिएर मूल रूपमा एउटा वाम नै सरकारमा छ, त्यसको भण्डाफोर भइहाल्यो हैन । अर्को राष्ट्रियता, जनजीविकाका प्रश्न आइरहेका छन् । भर्खरै मात्र वीरगंजको ५० विगाहा जमिन भारतले कब्जा गरेको छ । महंगीको प्रसंगहरू छन् । यसमा अलिकति सहकार्य गरेको जस्तो देखिएन, यसमा त्यस्तो केही छलफल भइरहेका छ कि छैन ?
हामी विप्लवजीकै कुरा गर्ने हो भने उहाँहरूसँगै बसेर हामी एउटा योभन्दा अगाडि प्रेस विज्ञप्ति निकालेका छौँ । त्यसमा जनयुद्ध दिवस, सहिद–सप्ताह, जनआन्दोलन दिवसलगायत दिवसहरू हामीले संयुक्त मानौँ भन्ने हाम्रो यो समझदारी भइसकेको छ । राष्ट्रिय स्वाधीनताको पक्षमा संयुक्त कार्यक्रमहरू बनाऔँ भन्ने हाम्रो समझदारी भइसकेको छ । राष्ट्रियताका बारेमा संघर्ष गर्नुपर्छ भन्ने कुराहरू हामीले मोहनविक्रम सिंहसँग पनि गरेका छौँ । पहिले पनि हामी संयुक्त भएका थियौँ । त्यो राष्ट्रियताको मुद्दामा उहाँसँग मिल्ने राष्ट्रियताको मुद्दा हो । तपाईंहरू विप्लवजीहरूलगायत कार्यक्रमहरू बनाउनुपर्छ भनेर भनेका छौँ र यो कार्यगत एकताको प्रश्नको कुरा यहाँले राख्नुभयो, त्यो ठीक गर्नुभयो । हामी बसेर यो छिट्टै बनाइहाल्छौँ ।
अब अरू केही बताउनुहुन्छ कि ?
सञ्चार–माध्यमबाट भन्नुपर्दा दक्षिणपन्थी अवसरवाद वाम–गठबन्धनका रूपमा देखापरेको दक्षिणपन्थी अवसरवादका विरुद्ध पुरानो प्रतिक्रियावादी राज्यसत्ताको संरक्षणको गर्ने प्रतिक्रियावादी दिशातर्फ गइराखेको दक्षिणपन्थी गठबन्धनको विरुद्ध एउटा विचारात्मक संघर्ष चलाउने कुरा भइहाल्यो । यो सरकारमा जाँदैछ । हामीले संघर्ष गरुन्जेल दमन त भइहाल्छ । त्यसको हामीले संयुक्त प्रतिरोध गर्नुपर्छ । दोस्रो कुरा, क्रान्तिकारी कम्युनिस्टहरू गोलबन्द हुनैपर्छ । यसको विकल्प छैन । सबैले गम्भीरतापूर्वक सोच्नुपर्छ । अलिकति सानो भइयो, कमजोर भयो भन्ने खालको मानिसहरूमा अलिकति निरासा पनि आउने गर्छ । र, हामी त्यो निरासाकोे पक्षमा छैनौँ । सानो र कमजोर भाका इतिहासमा धेरै थिए । हेर्नुस्, हामीले त्यस्ता क्षणहरू भोग्दै आएका पनि छौँ । क्रान्तिकारीहरूलाई गोलबन्द गर्दै र एकताबद्ध हुँदै अब फेरि अर्को क्रान्तिको तयारी गर्ने हो ।
नयाँ जनवादी क्रान्ति सम्पन्न गर्दै समाजवादको दिशामा दृढतापूर्वक जाने हो । मूल कुरा यही हो । यसका निम्ति यहाँहरूको सञ्चार–माध्यमले क्रान्तिकारीहरूलाई गोलबन्द गर्ने दिशातिर सच्चा कम्युनिस्टहरूलाई एकताबद्धतिर महत्वपूर्ण भूमिका खेलोस्, हामी यहाँहरूबाट यही आशा र अपेक्षा गर्छौँ ।
स्रोत : रातो खबर साप्ताहिक
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
श्रीलंकाली एमसीसी विज्ञ भन्छन्, ‘हाम्रो राष्ट्रिय स्वाधिनतालाई केन्द्रमा राखेर एमसीसी पारित गर्न अस्वीकार गर्यौ’
संसारको आजसम्मको इतिहासमा कुनैपनि महान् आन्दोलनहरु बिना रक्तपात भएको छैन : कार्ल माक्र्स(अन्तर्वार्ता)




