
आईसीओआरको स्थापना कुन सन्दर्भमा कसरी भएको हो ?
आईसीओआरको स्थापना सन् २०१०अक्टोबर ६ मा भएको हो । यो धेरै नै आवश्यक थियो ।थुप्रै देशहरुका बीचमा गठबन्धन गरेर काम गर्नुपर्ने आवश्यकता थियो । सोभियत संघको विघटन पछि विश्व कम्युनिष्ट आन्दोलनमा धेरै ठुलो तरलता थियो ।विश्वमा सम्राज्यवादको खतरा अत्यन्त बढेर गएको थियो । त्यो बीचमा माक्र्सवादी नेनिनवादीहरुको एउटा सम्मेलन भयो र त्यस्तो संस्थाको आवश्यकता महसुस भयो तर खोलिएन ।
आईकोर संसारभरका क्रान्तिकारीहरुको साझा संगठन हो । आइकोरआपसी सहयोग र सहकार्य गर्ने व्यवहारिक संस्था हो ।हामी सैद्वान्तिक कुराहरुमा छलफल गर्छौं र सहमति भएका विषयमा सहकार्य गरेर काम गर्छौँ । साम्राज्यवादविरुद्ध विश्वप्यापीरुमा संघर्षलाई एकीकृत गर्ने काम हामीले गरेका छौँ । त्यो सँगै हामीले समग्र वातवरणीय रक्षाका लागि पनि देशहरुलाई सजग सचेत बनाउँदै वातावरण बिनासविरुद्ध योजनाबद्धरुपमा काम गर्छौँ ।
अहिले आईकोरमा सदस्यहरुको संख्या बढिरेको छ । ४९ देशका ५८ वटा संगठनहरु यसका सदस्य छन् । अहिले पाँच वटा महादेशमा संगठन छ ।
आईकोर अन्तर्राष्ट्रिय सामाजिक क्रान्ति हो । विश्व कम्युनिष्ट आन्दोलनको लक्ष्य प्राप्त गर्ने साझा संगठन हो । सुरुमा आइकोन कोअर्डिनेशन समिति मात्रै हो । तर भविश्यमा कम्युनिष्ट अन्तर्राष्ट्रिय चाहिन्छ । विश्व कम्युनिष्ट अन्तर्राष्ट्रिय पार्टी हुनेछ ।
अहिलेको लागि हामीले राजनीतिक पार्टी र विचारधारा निर्माण गरिरहेका छौं । अहिले हामीले कडा मिहिनेत गरिरहेका छौं । वुर्जुवा साहित्य, निम्न पूँजीवादी चिन्तनको विरुद्वमा लडिरहनु परेको छ । यो गाह्रो छ तर लड्नु पर्छ ।
अहिले विभिन्न देशहरुमा क्रान्तिकारी आन्दोलन अगाडिबढेको छ । अहिले राष्ट्रिय क्रान्ति वढेको छ । साम्राज्यवादी देशमा एउटै स्टेपमा समाजवादमा पुग्न सकिन्छ ।
जसरी साना साना खोलाहरु मिलेर बिशाल नदी बन्छ, त्यसरी नै विश्वभरका देशहरुमा रहेका क्रान्तिकारी पार्टी तथा संगठनहरुले एउटै कोअर्डिनेशन बनाएका छन् । त्यो हो आईकोर ।
अहिले विश्व कम्युनिष्ट आन्दोलनको मूल अन्तरविरोध के हो भन्ने लाग्छ ?
अहिले साम्राज्यवादीहरुले संसारभर खतरा वढाईरहेका छन् । साम्राज्यवाद आफैमा खतरा र नराम्रो हो । यसले यो आफैमा संकटग्रस्त छ । आर्थिक, राजनीतिक, वातावरणीय हरेक रुपमा यो खतरा बनेर देखिएको छ । संसारभरका जनताको मुख्य अन्तरविरोध अहिले साम्राज्यवादसँग नै हो ।
साम्राज्यवादी देशहरुका आपसी टकरावका कारण तेस्रो विश्व युद्व वा अर्को युद्व हुन सक्ने सम्भावना पनि छ । र, अहिले नयाँ साम्राज्यवादी देशहरु पनि उदाउँदै छन् । उनीहरुको विचमा प्रतिष्पर्धा र अन्तर विरोध बढेको छ । यसरी नै साम्राज्यवाद अगाडि बढ्दै गयो भने प्रकृति, वातावरणमा धेरै कष्ट पूर्याउँछ । वेरोजगारी बढाउँछ ।
यो स्थितिमा हामीले हाम्रा देशहरुमा मात्रै आन्दोलन अगाडि वढाएर पुग्दैन । त्यसैले विश्वप्यापीरुपमा क्रान्तिकारी संगठनहरु विश्वस्तरमै एकीकृत भएर संघर्ष गर्नुपर्छ त्यसैको परिणाम हो आइकोर।
हामीले यो ध्यान दिएका छौँ कि, दुईवटा कुरालाई सँगसँगै अगाडि बढाउनुपर्ने हुन्छ । एक राष्ट्रिय रुपमा संगठन र वर्गसंघर्ष र दोस्रो अन्तर्राष्ट्रिय संघर्ष । त्यसकारण देशमा पार्टीलाई व्यवस्थित पार्ने र वर्गसंघर्ष अगाडि वढाउने कामसँगै अन्तर्राष्ट्रिय समन्वय र संघर्षलाई पनि ध्यान दिएका छौँ ।
संसारको प्रमुख समस्या संशोधनवाद र नयाँ साम्राज्यवादी देशहरु नै हुन्छ । यदी तपाईले नव साम्राज्यवादी देशको विषयमा बुझन सक्नु भएन भने त्यसले भविष्यमा धेरै नै असर पु¥याउँछ । यो धेरै नै महत्वपुर्ण कुरा हो कि तपाईहरुको पार्टी नेकपा (मसाल)ले आफ्नो महाधिवेशनबाट भारतलाई साम्राज्यवादी देशको रुपमा घोषणा गरेको छ । अझ महत्वपूर्ण कुरा यो थियो कि यो बिषयमा तपाईंहरुले खुल्ला छलफल चलाउनु भयो ।
तपाईहरुले पहिला भारतलाई विस्तारवाद भन्नुभएको थियो । यो एउटा नीति मात्रै हो ।भारतले आर्थिक र भौतिक रुपमा आफ्नो साम्राज्यवादलाई नेपालमा लादिरहेको छ । तपाईहरुले गरेको यो निर्णय विश्व कम्युनिष्ट आन्दोलनलाई नै महत्वपुर्ण पाठ हो ।
नवसाम्राज्यवादको विषय संसारभर नै छलफलको विषय हो । आइकोरले अहिले विश्वभर नै नव साम्राज्यवादको रुपमा छलफल चलाईरहेको छ । नेकपा (मसाल) ले दिएको सुझाव आइकोरलाई महत्वपूर्ण हुन्छ ।
तपाईंहरु साम्राज्यवाद विरुद्ध विश्वभरी नै संघर्ष गरिरहनुभएको छ । नेपालमाथि साम्राज्यवादी हस्तक्षेप कस्तो पाउनुभएको छ ?
मैले माथि पनि भनेँ कि, नेपालमा भारतले आफ्नो साम्राज्यवादी उद्देश्य पुरा गर्न बेलाबेलामा कयौँं बखेडा झिक्ने गरेको छ । तर, यहाँ भारत मात्रै होइन, अरु पनि साम्राज्यवादी देशहरुले चलखेल गरिरहेका छन् । उनीहरुनेपालमा साम्राज्यवादी उद्देश्य पूरा गर्न चाहन्छन् । अमेरिकाले नेपालमा आफ्नो साम्राज्यवादी उद्देश्य पुरा गर्न ठुलो मात्रामा रकम लगानी गरेको छ ।
हरेक साम्राज्यवाद देशको राष्ट्रिय सार्वभौमिकताका लागि खतरा हो । यो राम्रो होइन कि भारत पछाडी हट्छ र अमेरिका अगाडि बढ्छ । यहाँ चीन पनि छ । यो पनि साम्राज्यवादी देश हो । चीनले आफ्नो साम्राज्यवाद कायम गर्न नेपालीले चाहे अनुसार काम गरिरहेको छ । रेल, बाटो नेपालका लागि सही छ । नेपालीले पैसा तिर्नु परेको छैन ।
तर यसको अर्थ यो होइन कि नेपाल चाइनामा निर्भर होस् । यदी यो चाइनाको साम्राज्यवादी पोलिसी हुँदैनथ्यो यहाँ वातावरणीय प्रभावको पनि काम गर्नुपथ्र्यो । तर चीनलेभौतिक काममा मात्रै ध्यान दिएको छ । त्यो पनि आफ्नै जनशक्ति ल्याएर ।र यदी चीनको नेपालमासमाजवादी नीतिहुन्थ्यो भने उनीहरुले चिनियाँलाई लिएर भन्दा पनि नेपालीलाई सिकाएर काम गराउने थिए । त्यसका साथै भौतिक निर्माण मात्रै होइन, नेपालमा वातावरणीय प्रवाभ कम गर्ने काम र सिप नेपालीलाई पनि दिने थिए ।
नेपालले यस्तो कुरावाट साम्राज्यवादी नीति कस्तो हुन्छ भन्ने बुझ्नुपर्छ । माओले भनेका छन्– यदी तिम्रो घरमा बाघ छ भने बाघसँग लडेर घरबाट निकाल्न त सक्छौ तर ब्वाँसो भित्र छिर्न सक्छ ।
त्यसकारण नेपालीहरुले चाइनाप्रति पनि सोच्नुपर्छ । जुनसुकै बहानामा आएपनि हरेक साम्राज्यवादले देशको सार्वभौमिकतामाथि आँच पु¥याउँछ ।तसर्थ नेपाल सँधै चनाखो रहनुपर्छ र आत्मनिर्भर बन्नुपर्छ ।
विश्वभरी कम्युनिष्ट आन्दोलन कमजोर भइरहेका बेला नेपालमा भने हँसिया हतौडाको झण्डा बोक्नेहरुले नै बहुमतका साथ सत्ता चलाइरहेका छन् । यो घटनालाई यहाँले कसरी हेर्नुभएको छ ?
अहिले विश्वभरी नै ध्रुविकरण छ ।विश्व दक्षिणपन्थतिर ढल्किरहेको छ । यो ध्रुविकरणबाट विश्वभरका धेरै मुलुक प्रभावित छन् । विश्वभर उनीहरुको बहुमत छ । तर नेपालमा कम्युनिष्टलाई जनताले साथ दिएका छन् । यस्तो विश्वभर कहिँ पनि छैन । जहाँ कम्युनिष्ट भनिएकालाई भोट गरेर सत्तामा पु¥याइएको होस् ।
तर, मलाई लाग्दैनकी नेपाली जनताले अहिलेको सत्तारुढ दललाई राम्रोसँग चिनेर भोट दिएका हुन् । बरु,नेपालमा सत्ता चलाईरहेको दल नेकपा दक्षिणपन्थी पार्टी हो । उनीहरुले आफूलाई कम्युनिष्ट भनेकाले नै जनताले भोट दिएका हुन् ।
कम्युनिष्ट नाम भएकै कारणले यो सरकारमाथि दक्षिणपन्थीहरुले हमला गर्छन् । हामीले हमलाको सामना गर्नुपर्छ र जनतालाई यिनीहरु समाजवादी होइनन् भन्ने बुझाउनुपर्छ । यो विश्वदृष्टिकोण हो ।सहि कम्युनिष्ट पार्टीले जनतालाई प्रशिक्षण दिनु पर्छ ।
हामीले जनताको स्तरमा यो बुझाउन पनि चुनावमा भाग लिनुपर्छ र जनतालाई बुझाउनुपर्छ । हामीले त्यसो गरेनौँ भने जनतामा सही कम्युनिष्ट को हो भन्ने भ्रम पर्छ ।यिनै दक्षिणपन्थीहरुलाई जनताले कम्युनिष्ट ठानिरहे भने यिनीहरुकै व्यवहारका कारण हामी कम्युनिष्ट चाहन्नौँ भन्न सक्छन् ।
तपाईंलाई उदाहरण दिउँ, पूवी जर्मन (जर्मन गणतन्त्र) मा तत्कालिन रुलिङ पार्टीले आफलाई समाजवादी वताउँथ्यो । तर उनीहरु वास्तविक समाजवादी नभएका कारण कम्युनिष्ट आचरण देखाउन सक्ने कुरा भएन र देखाउन सकेनन् ।अनि जनताले यस्तो समाजवाद चाहन्नै भनेर संघर्ष गरे । उनीहरुकै कारण जनतालाई कम्युनिष्ट आचरण बुझाउन हामीलाई ३०।४० वर्ष लाग्यो ।त्यसकारण हामीले जनतालाई के समाजवाद हो र होइन भन्ने कुरा सुचित गराइरहनु पर्छ र हामीले प्रशिक्षण दिईरहनु पर्छ ।
अहिले जलवायु परिवर्तनको समस्या विश्वव्यापी रुपमा बढिरहेको छ, यसको असरलाई कम गर्न यहाँहरुका योजना के छन् ?
आइकोरले यसलाई खाली जलवायु परिवर्तन मात्रै भनेको छैन । यसमा धेरै वातावरणीय समस्या छन् । समुन्द्रमा बिसको मात्रा बढेको छ । ओजोनको तह घटेको छ । वनजंगल बिनास वढेको छ । त्यसकारण हामीले जलवायु परिवर्तन भन्दा पनि वातावरणीय समस्याको बारेमा छलफल गर्नु पर्छ ।
मैले वातावरणमा ठुलो समस्या देखिरहेको छु । वातावरणीय रक्षाका लागि सरकार र दलहरुले खासै राम्रो भुमिका खेल्न सकेका छैनन् । ट्राफिक चाप, हावा, पानी प्रदुषित हुने समस्यालगायत थुप्रै वातावरणीय समस्याहरु बढेर गएका छन् । हाम्रो सुन्दर भविश्यका लागि यी सबै कुरा महत्वपूर्ण हुन् ।आइकोरको तेस्रो महाधिवेशनमा हामीले हामी संलग्न राष्ट्रहरुले वातावरणीय समस्यालाई आन्दोलनका रुपमा लौजान नसकेकोमा आत्मालोचना गरेका थियौँ । केही समय अघि आइकोरले वातावरणको सन्दर्भमा एउटा ठुलो कार्यक्रम गरेको थियो ।
त्यो कार्यक्रममा सबै सदस्य राष्ट्रहरु सहभागी थिए । हामीले वातावरणीय समस्या समाधान गर्ने मात्रै नभएर वातावरणको संरक्षण र संवद्र्वन गर्ने सन्दर्भमा त्यसवाट निस्कन सक्ने अन्य समस्याहरु जस्तो वेरोजगारी लगायतका विषयमा छलफल गरेका थियौँ ।
अहिले विश्वभर चलिरहेको ‘फ्राइडे फर फ्युचर’ (भविष्यका लागि शुक्रबार)भन्ने युवा विद्यार्थीको आन्दोलनलाइृ समर्थन गरेका छौँ । त्यस दिन उनीहरु स्कुल जाँदैनन् र वातावरण संरक्षणका लागि रोडमा प्रदर्शन गर्छन् । आइकोरका सबै सदस्य राष्ट्रहरुले वातावरणको संरक्षणमा मात्र गर्नुपर्छ । समाजवाद स्थापानाका लागि पनि राम्रो वातावरण चाहिन्छ ।
जर्मन कम्युनिष्ट पार्टी ‘एमएलपीडी’ को अवस्था कस्तो छ, हामी जान्न सक्छौँ ?
साम्राज्यवादी देशमा माक्र्सवादी पार्टी चलाउनु धेरै नै कठिन कार्य हो । एमएलपीडीले समाजमा नयाँ भुमिकाका साथ काम गरेको छ ।हामीले त्यहाँ ठुला ठुला काम गर्छौं तर मिडियाहरुले सपोर्ट गर्दैनन् । हामीले झण्डै ५० वर्ष यता निकै काम गरिरहेका छौँ र देशव्यापी रुपमा पार्टीको कुनै न कुनै प्रभाव छ । ठुला सहर र महत्वपूर्ण उद्योगमा पनि संगठन बनाएका छौँ ।
त्यहाँका वुर्जुवाहरुले कम्युनिष्ट विरोधी गतिविधि गर्छन । प्रतिक्रियावादीहरुले गरेको हर्कतका कारण पनि जनताले हामीलाई बुझ्न थालेका छन् । एमएलपीडीले संसारका ८०० वटा पार्टी र संस्थासंग सम्पर्क राखेको छ ।
यो समयमा एमएलपीडीले महत्वपूर्ण सैद्वान्तिक कुरामा पनि आफूलाई अगाडि बढाइरहेको छ । र युवा लक्षित कार्यक्रम पनि अगाडि बढाईरहेको छ । सन् १९६८ मा जर्मनीमा आफूलाई कम्युनिष्ट दाबी गर्ने १६० वटा संगठन तथा पार्टी थिए । अहिले एउटै मात्र छ ।
केही समय अघि नेकपा मसालको निमन्त्रणामा नेपाल आएकी आईसीओआरकी संयोजक मोनिका गार्टनरसँग हाँक साप्ताहिकले लिएको अन्तर्वार्ताको सम्पादित छोटो अंश ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
श्रीलंकाली एमसीसी विज्ञ भन्छन्, ‘हाम्रो राष्ट्रिय स्वाधिनतालाई केन्द्रमा राखेर एमसीसी पारित गर्न अस्वीकार गर्यौ’
संसारको आजसम्मको इतिहासमा कुनैपनि महान् आन्दोलनहरु बिना रक्तपात भएको छैन : कार्ल माक्र्स(अन्तर्वार्ता)




