४० लाख विदेशिएका नेपाली युवाहरुको वर्तमान जीवन कथालाई गीतमा उतारेका छन् चर्चित उदीयमान जनवादी कलाकार रमन थामीले ।
‘बुढेसकालमा’ नामक गीतमा नेपालको उर्वर भूमिलाई चटक्कै छाडेर किन लाखौ नेपाली युवाहरु विदेशिएका छन् भन्ने सन्देश दिएको गीतले ।
विजयराज प्यासीको रचना र संगीतमा सुमुधुर स्वरका जनवादी कलाकार रमन थामीले स्वर दिएका छन् ।
प्राकृतिक रुपले सुसम्पन्न र समृद्ध नेपाललाई वास्तविक रुपमा सम्पन्न र समृद्ध बनाउन विदेशिएका नेपाली युवाहरु स्वदेश फर्कनु पर्ने गीतमा मुख्य सन्देश दिइएको छ ।
भिडियाे –







