
नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघकाे केन्द्रीय समितिकाे राष्ट्रिय सम्मेलन मइ दिवस पारेर पाेखरामा हुँदैछ ।
हजाराैं मजदुरहरूकाे उपस्थितिमा हुने मइ दिवसलार्इ लक्षित गरेर क्रान्तिकारी ट्रेड युनियन महासंघले एउटा गीत समेत तयार पारेकाे छ ।
सामनाका कलाकार अाराेह नेपालीकाे रचना र संगीतमा निर्मित साे गीतमा रमन थामी, निर्मला घिषिङलगायत कलाकारहरूले मीठाे स्वर दिएका छन् ।
श्रमकाे मुल्य शाेषकले ठगिरहेछ, हकअधिकार खाेसेर लुटिरहेछ
नबस है सहेर अाँशु पिएर, उठ मजदुर जुट मजदुर अाैजार लिएर
निकै सुमुधुर संगीत र शव्दकाे विन्यासले गीतमा निकै शक्तिशाली भाव बाेकेकाे छ । याे गीतले नेपालका २५ लाख मजदुरहरूलार्इ नयाँ मजदुर अान्दाेलका लागि प्रेरित गर्ने खालकाे छ ।
भिडियाे गीत –
https://www.facebook.com/boodhkumar.nepali/videos/1682494818505769/







