सबैलाई थाहा छ, रामकृष्ण ढकाल चर्चित गायक बन्नुमा उनको गला र कलासँगै गोपाल कर्माचार्यको भूमिका महत्वपूर्ण छ ।
बरालिँदै गीत गाउँदै हिँडेका ढकाललाई काठमाडौं ल्याएर कर्माचार्यले संगीत क्षेत्रमा स्थापित गरी दरिलो पृष्ठभूमि बनाइदिए ।सामाजिक सञ्जालको फैलावटसँगै केहीले उनै कर्माचार्यको पदचाप पछ्याउने प्रयास गरिरहेका छन् ।
जसले निःस्वार्थ काम गरे ती सफल भइरहेका छन् । जसले समाजसेवाको आडमा व्यक्तिगत स्वार्थ भजाउने प्रयास गरे, ती विवादमा तानिए ।अर्को उदाहरण हेरौं । केही वर्षअघि मलेखुमा गीत गाउँदै गरेको अवस्थामा भेटिएका थिए बालक प्रेम परियार ।
एक बटुवाले गरेको सामान्य कुराकानी र केही गीतका टुक्रा गाएको भिडियो बनाएर सामाजिक सञ्जालमा पोस्टिए । त्यो भिडियो रातारात भाइलर बन्यो । कलाकार शिशिर राणाले तिनै भाइरल ब्वाईलाई काठमाडौं ल्याए । उनले केही फिल्ममा गाउन लगाए ।
उनले ‘नाइँ नभन्नु ल २’ मा गाएको ‘मर्ने कसैलाई रहर हुँदैन’ र ‘यी आँखामा तिमी छौ’ गीतले सबैको मन जित्यो ।
https://www.youtube.com/watch?v=cudyDdCXJ2s&t=284s







