चीनको बेइजिङ सहरमा प्रसिद्ध चाओयाङ थिएटर रहेको छ । सन् १९८४ मा बनेको यो थिएटर ३ हजार वर्ग मिटरमा बनेको छ ।

करिब १४ सय दर्शक अटाउने यो थिएटर विशेष गरेर एक्रोब्याटिक शो र पेकिङ ओपरेकाको लागि चर्चित छ । बेइजिङको चाओयाङ जिल्लामा रहेको यो क्षेत्रमा विदेशी राजदूतावास तथा व्यावसायिक केन्द्रहरु पनि रहेका छन् । चीनमा चाओयाङको अर्थ ‘सूर्यतर्फ फर्किएको’ हो ।

बेइजिङ भ्रमणमा जाँदा धेरैले छुटाउन नहुने ठाउँमा यो थिएटरलाई पनि राखिन्छ ।

यहाँ हरेक दिन दुई वटा शोको आयोजना गरिन्छ । जहाँ चिनियाँ कलाकारहरुले अद्भूत सर्कसको कला प्रस्तुत गर्दछन् । पारम्परिक सिंह नाच, आगोको स्टन्ट, मोटरसाइकल र साइकलको स्टन्टदेखि विभिन्न विधाका रोचक एक्रोब्याटिक प्रस्तुतीहरु यहाँ हेर्न पाइन्छ ।

यो सर्कस हेर्दा बेलाबेला तपाईंको मुटु नै सिरिङ्ग हुनेगर्छ, विशेष गरेर कुर्सीको अग्लो चाङमाथि कलाकारको प्रस्तुती र मोटरसाइकलहरुको स्टन्ट हेर्दा ।

आधुनिक बेइजिङ सहरको बीचमा यहाँ पारम्परिक बेइजिङको झल्को पाउन सकिन्छ ।

हेरौँ केही तस्विर र भिडियोः

स्रोत : रातोपाटी

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार