भदौ २२ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘रामकहानी’को ट्रेलरले भने सबैलाई सरप्राइज नै बनाएको छ । कारण, यो चलचित्रमा लभ स्टोरी मात्र समावेश छैन ।

यसपटक दर्शक सरप्राइजमा पर्नुको मुख्यकारण हो, नायिका पूजा शर्माको भूमिका । सुदर्शनले पूजालाई यसपटक ‘भूत’को अवतारमा प्रस्तुत गरेका छन् । राम र मायाको कथा, ४ हाँस्य कलाकारको कमेडी र भूतको कथाले ट्रेलरलाई आकर्षक बनाएको छ ।

चलचित्रमा पूजा शर्मा, आकाश श्रेष्ठको साथमा हाँस्य कलाकारहरु राजाराम पौडेल, केदार घिमिरे, जितु नेपाल, रविन्द्र झा, विल्सन विक्रम राईको मुख्य भूमिका छ ।

निर्देशक सुदर्शन थापाले यसलाई लभ स्टोरी चलचित्र नै भनेका छन् । तर, चलचित्र भित्र थुप्रै उपकथा जोडिएको छ, जसले दर्शक आकषिर्त गर्न मद्दत गर्नेछ ।

अर्जुन पोखरेलको संगीत, सौरभ लामाको छायांकन रहेको यो चलचित्रको ‘तिम्रो लागि म छु’ बोलको गीत हिट भैसकेको छ । पूजा शर्मा र सुदर्शन थापाले मिलेर यो चलचित्र बनाएका हुन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार