काठमाडौं । पछिल्लो समय निके भाइरल भइरहेका बाल गायक अशोक दर्जीले प्रधानमन्त्री केपिशर्मा ओलीसँग भेट गरेका छन् । आज शुक्रबार दिउँसो १ बजे प्रधानमन्त्री निवास बालुवाटारमा पुगि अशोकसँगै गायक तथा संगीतकार टंक बुढाथोकी, रुपक सापकोटा र एआर बुढाथोकीले भेट गरेका हुन् ।
प्रधानमन्त्री ओलीले भेटमा अशोकको निकै राम्रो प्रतिभा भन्दै प्रसंसा गरे ।ओलीले आफूलाई संगीत निकै मनपर्ने भएकाले पनि संगीतप्रेमी धेरैलाई मायागर्ने गरेको बताए ।भेटमा प्रधानमन्त्री ओलीलाई झापामा बन्दै गरेको अशोकको घर हन्तान्तरण कार्यक्रममा आइदिन अनुरोध गरिएको छ । यसबिषयमा ओली सकारात्मक भएको गायक टंकले जनाएका छन् । केके भयो भिडियोमा हेर्नुहोस् ।

३ करोड नेपालीलाई आयो खुसीको खबर : नेदरल्याण्ड्स विरूद्द नेपालकाे १ रनको रोमाञ्चक जित

नेदरल्याण्ड्स विरूद्द नेपालले १ रनको रोमाञ्चक जित निकालेको छ । योसँगै सिरीज एक-एकको बराबरी समेत भएकाे छ ।
एकदिवसीय क्रिकेटमा नेपालले पहिलो जित हात पारेको हाे । नेपालले नेदरल्याण्ड्सलाई एक रनले एकदिवसीय मान्यता पाएपछिको दोस्रो खेलमा हराएको हो । २१६ रनको लक्ष्य पछ्याएको घरेलु टोलीले ९ विकेट गुमाएर ११५ रन मात्र बनाएको छ ।


यसअघि टस जितेर ब्याटिङ रोजेको नेपालले ४८ ओभर ५ बलमा सबै विकेट गुमाएर २ सय १६ रन बनाएको थियो । नेपालका लागि कप्तान पारस खड्का र सोमपाल कामीले अर्धशतक बनाएका छन् ।

कप्तान पारस खड्का अर्धशतक बनाए लगत्तै आउट भएका थिए । उनले ६९ बलमा ६ चौका र दुई छक्काको मद्धतमा ५१ रन बनाए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार