नायिका प्रियंका कार्कीले तत्कालका लागि मिडियासँग कुराकानी नगर्ने रणनीति बनाएकी छन्। आयुष्मान जोशीसँग टिकाटालो गरे लगत्तै सार्वजनिक भएको ‘कथा काठमाडौं’ को गीतले प्रियंकाको मात्र होइन, आयुष्मानको जीवन पनि विवादमा तानिएपछि उनले रणनीति परिवर्तन गरेकी खबर आजको शुक्रबार साप्ताहिकले छापको छ। प्रमोद अग्रहरीसँग अभिनय गरेको गीतमा सामाजिक सञ्जाल प्रयोगकर्ताले आयुष्मानलाई पनि बीचमा तानेर हदैसम्मको आलोचना गरे। त्यो समय प्रियंका भने अमेरिकामा थिइन्। धेरैको अपेक्षा थियो, प्रियंका अमेरिकाबाट फर्केर यसको जवाफ दिनेछिन्।
तर प्रियंकाले रणनीति परिवर्तन गर्दै मिडियासँग साक्षात्कार नै नगर्ने रणनीति बनाएकी हुन्। यही कारण उनले रिलिजको संघारमा रहेको फिल्म ‘नाई नभन्नू ल ५’ को टिमलाई पनि आफू फिल्मको प्रमोसनमा नहिँड्ने बताएकी छन्।
https://www.youtube.com/watch?v=icEQ70ZUn6s&t=90s







