
यसपालीकाे गाइजात्रामा धुर्मुश सुन्तलीले केपी अाेली सरकारकाे कर अातंकलार्इ प्रहार गरेर गाइजात्रा गीत भिडियाे सार्वजनिक गरेका छन् ।
अाेली सरकारले सबैतिर कर अातंक मच्चाएपछि यस्ताे गाइजात्रा भिडियाे ल्याएका हुन् । सरकारले ससाना व्यवसायदेखि निकै निम्न अाय भएकाहरूसँग कर लिन थालेपछि यसकाे सबैतिर विराेध भएकाे छ ।
यसपटककाे गाइजात्रे अवसरमा धुर्मुश र सुन्तलीले मुस्कान पासा र फताैरी बुढीकाे राेलमा कर अातंकबारे गीत बनाएका छन् । जहाँ कसरी कर अातंकले मान्छेकाे जीवन असहज भइरहेकाे छ भन्ने कुरा यस भिडियाेमा देख्न सकिनेछ ।
अब हेर्दा हेर्दै अाेली सरकारलले मान्छेकाे अाँशुमा समेत कर लगाउने दिन अाउँदैछ भन्दै धुर्मुश र सुन्तलीले निकै ठूलाे प्रहार गरेका छन् ।
हेराैं बाँकी भिडियाे –







