
चीनका रक्षामन्त्री वेइ फेङ्गेले चीनले आफ्नो एक इन्चपनि भू–भाग नछोड्ने बताएका छन् ।
झियाङ्गसेन फोरमको बेइजिङ्गमा विहीबार उद्घाटन मन्तव्यमा उनले ताइवानले आफ्नो भू–भाग आफ्नै रहेको बताएपनि वा साउथ चाइना सी को विवादास्पद पानीकै बारेमा पनि नछोडने बताएका हुन् ।
चीनको अमेरिकासँगको सैन्य सम्बन्ध महत्वपूर्ण र संवेदनशील भएको बताउँदै उनले ताइवान चीनको चासोको क्षेत्र रहेकोमा साउथ चाइना सीमा बाहिरियाहरुले त्यहाँ बल प्रदर्शनको विपक्षमा बेइजिङ्ग रहेको बताए ।
विश्वका दुई ठूला अर्थतन्त्रले सम्बन्ध अझ गहिरो बनाउनु जरुरी रहेको अमेरिकी रक्षामन्त्री जीम माट्टिसले अघिल्लो साता बताएका थिए । सो सम्मेलनमा भाग लिन नेपालका रक्षामन्त्री ईश्वर पोखरेल पनि गएका छन् ।
अन्य थुप्रै देशका प्रधानसेनापतिहरु पनि अहिले चीन भ्रमणमा छन् ।







