मंसिर ८ लाई कसरी स्मरण गर्नुहुन्छ ?

इतिहासमा केही दिनहरु संयोगपूर्ण हुन्छन् । मंसिर ८ को संयोग कस्तो पनि रहयो भने विगतमा हामीलले जनमुक्ति सेनाको दिवसको दिनमा लिने गथ्र्यौ । तर हिजोआज हामीले यसलाई पार्टी पुनगर्ठनको रुपमा मनाउने गरेका छौ । त्यसकारण यो दिन हाम्रा लागि संयोगपूर्ण भएको छ । विगतमा जनमुक्ति दिवसको दिन र पछि आएर पार्टी पुनर्गठन पनि मंसिर ८ मा नै भएको हुनाले यो दिनलाई महत्वपूर्ण दिनको रुपमा लिइन्छ ।

जनमुक्तिको विधिवत घोषणा त २०५८ मंसिर ८ मा भएको थियो तर त्यसाभन्दा पहिले १० वर्षे जनयुद्धमा जनमुक्ति सेनाको भूमिका कस्तो हुने गर्दथ्यो ?

जनमुक्तिको भुमिका नेपालको राजनीतिक इतिहासमा र यसमध्ये पनि जनयुद्धको अभियानमा यसको भूमिका निकै नै अग्रस्थानमा रहेको छ । यो भुमिकालाई आज कतिपय व्यक्ति र कतिपय समूहहरुले कतिपय पार्टीहरुले अलि दुराशययुक्त रुपमा व्याख्या गरेता पनि नेपालमा जनमुक्ति सेनाको भूमिका स्वर्ण अक्षरले लेखिएको छ भन्ने मलाई लाग्छ । आज नेपाली जनताले जे प्राप्त गरेका छन् र गणतन्त्रको स्थापना भएको छ, यसमा यसको अहम भूमिका रहेको छ ।

दश वर्षे जनयुद्धमा नेपाल कम्युनिष्ट पार्टी र जनमुक्ति सेनाको भुमिका सहायक हो भन्ने गरिन्छ खासगरी ०६२÷०६३ को जनआन्दोलन नै प्रमुख हो भन्ने गरिन्छ, यसमा तपाईको भनाई के छ ?

यो कुनै तर्कसंगत कुरा नै होइन । यदि जनमुक्ति सेना नहुँदो त तत्कालिन कांग्रेस र एमाले भन्नेहरुको स्थिति के हुन्थ्यो, त्यो भन्न सकिन्न । दश वर्षे जनयुद्ध नहुँदो त हामी ०६२÷०६३ को जन आन्दोलनको कल्पनै गर्न सक्दैनौ । त्यसकारण यो तर्कसंग हामी सहमत छैनौ ।

पहिलोपटक ०५८ मंसिर ८ मा तत्कालीन शाही नेपाली सेनामाथि जनमुक्ति सेनाले आक्रमण गरेर जित हासिल गरेको दिन थियो । आज आउँदा त्यो दिनलाई फर्केर हेर्दा कसरी सम्झिनुहुन्छ ?

मंसिर ८ गतेकै दिन पारेर पार्टीको आदेश र नेतृत्वमा जनमुक्ति सेनाले तत्कालिन शाही नेपाली सेनाको ब्यारेकहरुमा आक्रमण गरेको थियो र त्यस मध्य दाङको घोराहीमा रहेको ब्यारेक र स्याङ्जा अनि मंसिर १० गते पूर्वको सोलुको सल्लेरीमा रहेको सैनिक ब्यारेकमा आक्रमण भएको थियो । अब मैले यसलाई कसरी राखौ जस्तो लाग्छ भने जनमुक्ति सेनाको घोषणा भएको कारणले हामीले मंसिर ८ लाई जनमुक्ति सेनाको दिवसको रुपमा स्थापित गर्दै र मनाउदै आयौ । पछिल्ला दिनहरुमा कतिपय मानिसहरुले के पनि भने, भने यो शाही नेपाली सेनामाथि विजय प्राप्त गरिएको दिन भएको कारणले तपाईहरुले त्यसो गर्नु भएको हो कि भन्ने कुरा गर्छन् । पक्कै पनि त्यो दिन आक्रमण गरिएको कारणले त्यो प्रसंग जोडिनु अस्वभाविक होइन तर मुलभुत कुरा के हो भने जनमुक्ति सेनाको घाषणा नै त्यो दिनमा भएको थियो । पार्टीले आफ्नो वक्तब्य मार्फत् ०५८ साल मंसिर ८ गतेको दिनमा जनमुत्ति सेनाको औपचारिक घोषणा गरिएको थियो । त्यसै सन्दर्भमा हामीले जनमुत्ति सेनाको घोषणाको रुपमा मनाउदै छौ । अर्को पनि संयोग के पनि भयो भने त्यसपछि अथवा त्यह िदिनलाई पारेर त्यतिबेलाको पार्टी नेतृत्वले साहि नेपाली सेनाहरुका ब्यारेकमाथि आक्रमण गर्ने योजना पनि रहेछ र त्यसमा पनि जनमुत्ति सेनाले अग्रस्थानमा रहेर आफ्नो सैन्य आक्रमणलाई प्रस्तुत ग¥यो । खासगरी दाङको घोराहीस्थित जुन सैनिक ब्यारेक थियो त्यसमा कुशलतापूर्वकसाथ विजय प्राप्त ग¥यो । त्यो विजयलाई हामीले कसरी सम्झनु पर्छ भने जनमुत्ति सेनाले त्यो विजय प्रप्त नगरेको भए जनयुद्धको अभियान त्यति तिव्रतामा आउने थिएन ।

तपाईहरुले सुरुमा नेपाली सेनामाथि आक्रमण नगरिकन नेपाल पुलिसलाई किन आक्रमण गर्नु भयो ?

राजनीतिक संघर्षमा र त्यसमा पनि अझ शसत्र संघर्षमा अन्तर विरोधहरुको उपयोग विभिन्न प्रकारका अन्तर विरोधहरु रहन्छन । त्यो अन्तरविरोधको उपयोग हरेक राजनीतिक शक्तिहरुले गर्ने गर्दछन् । र त्यतिवेलाको राजनीतिक शक्ति सन्तुलनमा हेर्दाखेरि एकातिर आफूलाई लोकतन्त्रवादी भन्ने पार्टीहरु अथवा शक्तिहरु थिए नेकपा कंग्रेस र नेकपा एमाले लगायतका थुपै पार्टीहरु थिए । अर्कोतिर आफूलाई राजशक्तिको रुपमा संस्थाको रुपमा परिभाषित गर्ने एउटा शक्ति थियो दरवारलगायत आफूलाई राजसंस्थासंग आवद्ध र त्यस प्रति विश्वास राख्ने शक्तिहरु पनि थिए । र, अर्को शक्ति थियो हाम्रो क्रान्तिकारी पार्टी नेपाल कम्युनिष्ठ पार्टी माओवादी । त्यसोहुँदा यो तीनवटा शक्ति त थियो नै यो तीनवटा शत्तिकोवीचमा अन्तरसंघर्ष एउटा शक्ति संघर्ष पक्कै पनि भइराखेको थियो । त्यसक्रममा एकले अर्कोलाई उपयोग र एकले अर्कोलाई पराजित गर्नको लागि जुन प्रकारका खेलहरु राजनीतिमा खेलिन्छ त्यस्तो प्रकारको खेल पक्कै पनि हुन्छ नै त्यसलाई अश्वभाविक मान्न सकिदैन । तर जहाँसम्म लाग्छ प्रहरीमाथि नै आक्रमण गर्नु र नेपाली सेनामाथि आक्रमण नगर्नु भनेको त्यो चाँही प्रजातन्त्रमाथिको आक्रमण र राजसंस्थाप्रतिको लगाव थियो कि भन्ने तर्क गलत हो । बरु के थियो भने नेपाली सेनाको परिचालन नगर्नु त्यो त राज्यसंस्थाको कुरा थियो । उनीहरुले सुरुदेखि नै नेपाली सेनाको परिचालन गर्नु पर्छ भन्ने योजना नभएका पनि होइनन् ।

नेपालमा १० बर्षे जनयुद्धका जनमुक्ति सेनाको विकास कसरी भयो ?

०५२÷५३ सालमा जनमुत्ति सेनाको प्रारम्भिक संगठन भनेको लडाकु दल थियो, त्यसपछि ०५४ सालमा छापामार टुकुडी, ०५५ मा प्लाटुन फर्मेसन, ०५७ मा कम्पनी फर्मेसन र ०५८ मा आईपुग्दा यसलाई जनमुक्ति सेनाको रुपमा परिभाषित गरी विकसित गरियो । त्यतिबेला बटालियन फर्मेसनको संरचना पनि घोषणा गरिएको थियो । त्यसपछि ब्रिगेडहंँुदै डिभजनहरुको विकास भयो । एउटा भुमिका अहिलेको जुन राजनीतिक भुमिका छ अर्थात् गनतन्त्रको स्थापनासम्मको अर्कोतिर नेपालमा मात्र हाइन पछिल्लो चरणमा विश्व कम्युनिष्ट आन्दोलन विश्व सर्वहाराको आन्दोलनको इतिहासलाई हेर्दा पनि जनमुक्ति सेनाको गठन भनेको एउटा नितान्तै ऐतिहासिक थियो । नेपालमै त्यसको परिचालन हुनु र त्यसको गठन हुनु भनेको अत्यन्तै गौरवपुर्ण अवस्था थियो ।

दश वर्षे जनयुद्धका क्रममा तत्कालीन माओवादीले गरेको उपलव्धि के थियो ?

दश वर्षे जनयुद्धमा हामीले ८० प्रतिशत भुभाग नियन्त्रणमा लिएका थियौं । अर्को मिलिट्री एंगलबाट हेर्दा त्यतिबेलाको सत्ता सदरमुकाममा र निश्चित शहरहरुमा मात्र खुम्चिएको थियो । जनसंख्याको ठूलो भुभाग जनमुत्ति सेनाको र नेकपा कम्युनिष्ट पार्टी अथवा नया सत्ताको नेतृत्वमा थियो ।

चुनवाङ वैठक देखि जनमुत्ति सेनाको शिविरसम्म आईपुग्दाको समीक्षालाई छोटोमा विश्लेषण गरिदिनुहोस् न ?

शान्तिप्रक्रिया त्यतिवेलाको नेतृत्वले जनयुद्धको विकासको रुपमा परिभाषाषित ग¥यो । आजका पणिामहरु हेर्दा त्यतिबेला लिएका कार्यनीतिहरु र सैद्धान्तिक मान्यताहरु जो छन्, त्यसबाट हेर्दा त्यो युद्धको विकास रहेनछ । यसको स्पष्टिकरण दिईराख्नु पर्दैन, आम नेपाली जनताले प्रत्यक्ष देखिरहेका छन्् । त्यसकारण शान्तिप्रक्रिया षडयन्त्रको चक्रब्युँय रहेछ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार