अन्तरिक्षमा लामो समय बिताएपछि मानिसलाई साधारण काम गर्न पनि समस्या हुनसक्छ । यसलाई सोसल मिडियामा सेयर भएको एउटा भिडियोले प्रमाणित गर्छ ।

अन्तक्षिमा १९७ दिन बिताएका नासाका अन्तरिक्ष यात्री एजे ड्रू फिउस्टेलले भिडियो सेयर गरेका छन् जसमा उनी धर्तीमा हिँड्न संघर्ष गरिरहेको देख्न सकिन्छ ।

फिउस्टेलले ट्वीट गरेका छन्, ‘ वेलकम होम क्यथगश ःक्(ण्ढ   ।  एक सय ९७ दिन स्पेस स्टेशनमा बिताएर घर फर्केपछि म हिँड्दा यस्तो देखिएँ । भर्खरै धर्ती फिर्ता भएका सदस्यले चाँडै नै सहज महसुस गरुन् भन्ने आशा छ ।’नासाका अनुसार एक्पेडिसन ५६ कमान्डर ड्रू फिउस्टेल र फ्लाइट इन्जिनियर रिकी अर्नोल्डले यस वर्ष इन्टरनेशनल स्पेश स्टेशनमा ६ स्पेसवाक पूरा गर्यो ।

फिउस्टेलले अन्तरिक्ष स्टेशनमा फिल्ड टेस्टमा भाग लिएका थिए । अन्तरिक्ष यात्री ६ महिनादेखि वर्षभरीसम्मका लागि भौतिक परिवर्तन र प्रभावको अध्ययन गर्नका लागि अन्तरिक्षमा बस्छन् । धर्तीमा फिर्ता भएपछि उनीहरुको शरिरमा विभिन्न प्रकारको परिवर्तन देख्ने गर्छ । अन्तरिक्षबाट धर्ती फिर्ता भएपछि क्रु मेम्बर्सलाई तुरुन्त मेडिकल सहायत उपलब्ध गराइन्छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार