वासिङ्टन : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना पिता जर्मनीमा जन्मिएको दावी गरेका छन् । ट्रम्पले आफ्ना पिता जर्मनीमा जन्मिएको भन्दै तेस्रो पटक झुटो बोलेका हुन् ।

उनले आफ्ना पिता जर्मनीमा जन्मिएकोले उक्त देशप्रति आफ्नो अघाध सम्मान रहेको बताएका थिए । उनले यसअघि भनेका थिए, ‘मेरा बा आमा युरोपमा जन्मिएका थिए भन्ने कुरा नबिर्सनू ! मेरो मतलब, मेरी आमा स्कटल्याण्डमा जन्मिएकी थिइन्, बा जर्मनीमा । तपाईँहरुलाई थाहै छ म ती देशलाई माया गर्छु ।’

उनले यही मंगलबार पनि पत्रकारहरुमाझ आफ्ना पिता जर्मनीमा जन्मिएको भन्दै ढाँटेका हुन् । जब कि, उनका बितेका पिता फ्रेडरिक क्रिस्ट ट्रम्प अमेरिकाको ब्रोंक्समा जन्मिएका थिए ।

७२ वर्षे डोनाल्ड ट्रम्पले भने नाटोमा जर्मनीको दायित्वको प्रसंग आउना साथ युरोपसँग आफ्नो सम्बन्ध रहेको भन्दै पिताको प्रसंग ल्याउँदै आएका छन् । यसपटक ट्रम्पले ह्वाइट हाउसबाट यस्तो झुट बोलिरहेको भिडियो केही बेरमै भाइरल बनेको छ ।

उनको यस्तो झुटो अभिव्यक्तिलाई हाँसोको विषय बनाइएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार