हिन्दु नारीको महान चाड हरितालीका तिज नजिकिदै गर्दा गायक तिलक पुन मगर र गायिका जमुना बुढा मगरको ‘गरीब माईती’ बोलको मौलिक तिज गित सार्बजनिक भएको छ ।
गोमा अधिकारीको मार्मिक शब्दमा हरि डिसीले मिठो संगित भरेका छन् ।
गरीबी र माईतीको सम्बन्धलाई मौलिक अनि मार्मिक शैलिमा प्रस्तुत गरिएको
यस भिडियोमा गायक हरि डिसी र भद्रगोलकी चर्चित कलाकार अनुमती नेपालीको अभिनय रहेको छ ।
यस भिडियोलाई विरेन्द्र खड्काले निर्देशन गरेका छन् ।
हरी डिसीको अफिसियल युटुब च्यानलबाट उक्त तिज गितलाई सार्बजनिक गरिएको छ ।
भिडियो हेर्नुहोस्







