हिन्दु नारीहरुको महान चाड हरितालिका तीजको अबसरमा नया तीज गीत “साइको घर” बजारमा आएको छ । सिवा पुन मगर ‘सिवानी’ र पार्वती पुन मगरको प्रस्तुतिमा यो गीत बजारमा आएको हो ।
गाउँका मौलिक शब्दलाई टिपेर बनाइएको यो गीतमा बिरेन्द्र खड्का ‘बेस्टु’ र सिवा पुन मगर ‘सिवानी’ ले स्वर दिएका छन् ।
प्रिज्म रेकडिङ्ग स्टुडियोमा रेकर्ड गरिएको उक्त गितको शब्द र संगीत गायक बिरेन्द्र खड्का कै रहेको छ ।
बिक्रम चौहानको निर्देशन ,प्रकाश खडकाको छयांकन र मिलन बिकको सम्पादन रहेको यस गीतको संगीत संयोजन कृष्ण बिक “भान्जा” ले गरेका हुन् भने श्याम स्वेत रसाइलीले मिक्सिङ्ग गरेका हुन् ।
चर्चित गायक तथा मोडल रामजी खाँड, पार्वती पुन मगर अनि प्रशान्त परियारको दमदार अभिनय रहेको उक्त गित बेस्टु क्रियसनको अफिसियल युटुब च्यानलबाट बजारमा आएको छ ।
भिडियो हेर्नुहोस्







