नेपाली गित संगीतको क्षेत्रमा उदाउँदै गरेका गायक सन्तोष कालीकोटेको आवाजमा रहेको ‘तिम्रो त्यो नशालु आँखामा’ बोलको रामान्टिक गित सार्बजनिक भएको छ ।
उक्त गितमा शब्द तथा संगीत गायक कालीकोटे कै रहेको छ । निशान कास्यपको निर्देशनमा चर्चित नायिका अनि कुशल कार्यक्रम संचालिका रिमा बिश्वकर्मा र मोडल जय रसाइलीको अभिनय रहेको छ ।
डोरेमी रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको यस गितलाई रिकेश गुरुङले संगीत संयोजन गरेका छन् । बुद्ध थापाले छायांकन गरेको उक्त भिडियोको सम्पादन विकास ढकालले गरेका हुन् ।
माया प्रेमका शब्दहरु मिठो तरिकाले पोखिएको यस गितमा रिमा बिश्वकर्मा र जय रसाइलीको रोमान्सले अझै बुट्टा भरेको छ । गायक सन्तोष कालीकोटेले दर्शक स्रोतामाझ यो चौथो सांगीतिक कोशेली पस्केका हुन ।
मायाँ प्रेमको रमाइलो भाव प्रस्तुत गरेको उक्त गित ओएसआर डिजिटलबाट बजारमा आएको छ ।
भिडियो हेर्नुहोस्







