नेपालि गीतसंगीतमा मौलिक गीतको खडेरी परेको बेला सबै नेपालिहरुको वास्तविक घटनामा आधारित, सारा परदेशीलाई रुवाउने मौलिक सालैजो गीत “परदेशीको जिबन” बोलको गित सार्बजनिक भएको छ ।
चर्चित गायिका सर्मिला गुरुङ, सागर बाबु पुन, आर के गुरुङ र स्मृति शाहीको सुमधुर आवाजमा रहेको उक्त गीतको श्ब्द सागर बाबु पुनको रहेको छ भने लय तिलक गन्धर्वको रहेको छ ।
पछिल्लो समय नेपालि सांगीतिक बजारमा निकै नै चर्चा बटुलेकी निर्देशक स्मृति तिमिल्सिनाले निर्देशन गरेको उक्त भिडियोलाई दीपक गिरीले छायांकन गरेका हुन् ।
प्रकाश धमलाको सम्पादन रहेको सो भिडियोमा चर्चित नायिका तथा मोडल रन्जिता गुरुङ र अमृत मगरको अभिनय रहेको छ ।
उक्त गित गुरुआमा फिल्मस्को अफिसियल युटुब च्यानलबाट शुक्रबार सार्बजनिक भएको छ ।
भिडियो हेर्नुहोस्







