जनवादी गितबाट उदाएकी चर्चित सेलो गायिका निर्मला घिसिङको ‘दरबन्दी’ बोलको गित सार्वजनिक भएको छ ।
शुसन लामाको शब्द र संगितमा तयार पारिएको उक्त गितको भिडयोमा गायिका घिसिङकै अभिनय रहेको छ । नोर्बु सेर्पाले संगीत संयोजन गरेको यस भिडियोलाई अजय स्ङतानले निर्देशन गरेका छन् ।
मिठो शब्द र उत्तिकै सुन्दर अभिनयका कारण जताततैबाट यस गितले प्रसंशा बटुलीराखेको छ ।
होटल हार्दिकमा औपचारिक रुपमा शुक्रबार यस गितलाई सार्बजनिक गरिएको थियो ।
उक्त कार्यक्रममा चर्चित अनि लोकप्रिय गायक राजु लामाको पनि उपस्थीती रहेको थियो । निर्मलाको संघर्षको बारेमा राजु लामाले प्रसंशा गरेका थिए ।
हाइलाइट्स नेपाल प्रा.ली. बाट गायिका घिसिङको दरबन्दी बजारमा आएको छ ।
भिडियो हेर्नुहोस्







