डिसेम्बर सन् २०१९ मा अमेरिकासँगको वार्ताको समयसीमा सकिएको घोषणा गर्दै चरणबद्ध मिसाइल परीक्षणपछि उत्तर कोरियाली नेता किम जोङ उनले ‘नयाँ रणनीतिक हतियार’  उत्पादन गर्ने चेतावनी दिएका थिए । सुलेमानीको हत्याले किमलाई फेरि प्रोत्साहित गरेकोप्रति चिन्ता बढेको छ ।

“अमेरिद्वारा इरानी सैन्य कमान्डरको हत्याले प्योङयाङलाई आफ्नो आगामी योजनाका बारेमा थप सोच्‍न बाध्य बनाएको छ,” सिओलस्थि इहा विश्वविद्यालय अन्तर्राष्ट्रिय अध्ययनका सहप्राध्यापक लिफ-इरिक इज्‍लीले मंगलबार अस्ट्रेलियन थिंक ट्‍यांकद्वारा प्रकाशित नोटमा भनेका छन् ।

उनले थप लेखेका छन्, “प्योङयाङले अहिलेको इरानी घटनालाई निशस्त्रीकरणको मुद्दालाई हटाउने र आफ्नो स्थायित्वका लागि आत्मरक्षाको रणनीति लिने भन्‍ने सन्देश दिएको छ ।”

किमले सन् २०१९ को अन्तिम दिन सम्बोधन गर्दै भनेका थिए, “अमेरिकाले दक्षिण कोरियासँग मिलेर संयुक्त सैन्य अभ्यास गर्ने अनि ‘ग्याङ्स्टरका जस्ता माग’हरु राखेर उत्तर कोरियामाथिको प्रतिबन्धलाई निरन्तरता दिने काम गर्‍यो । यस्तो अवस्थामा उत्तर कोरियाले वार्ता गर्ने कुनै आधार बाँकी रहेन । अब उत्तर कोरियालाई स्वघोषित परमाणु  र अन्तरदेशीय ब्यालेस्टिकक मिसाइल परीक्षण रोक्‍न कुनै पनि शक्तिले सक्दैन ।”

उत्तर कोरियाली नेता किमको अभिव्यक्तिको प्रतिक्रिया दिँदै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वाशिङ्टनमा पत्रकारसँग कुरा गर्दै भने, “नेता किमले परमाणु निशस्त्रीकरणको सम्झौतामा हस्ताक्षर गरेको र आफ”लाई उत्तर कोरियाली नेता आफ्नो वचनमा पक्का रहने व्यक्ति हुन् । ”

“सुलेमानीको हत्याले उत्तर कोरयाप्रतिको ट्रम्पको रणनीतिलाई थप स्पष्ट पारेको छ,” सिनोएनके अनुसन्धान सम”हका कोरियन विज्ञ एन्थोनी रिनाले भने ।

“पछिल्लो कदमले अमेरिकी विदेश नीतिलाई खतरामा ल्याएको छ । यसले अन्य मुलुकहरुलाई पनि वाशिङ्टनसँग सहकार्यमा सशंकित बनाउनेछ,” उनको चेतावनी छ,”इरान(अमेरिकी सम्बन्धमा आएको समस्याले अन्य मुलुकहरुलाई पनि अमेरिकी सही नियतप्रति शंका गर्ने बनाएको छ भने निशस्त्रीकरणको उत्तर कोरिया पनि सम्भव हुन नसक्नेप्रति संकेत गरेको छ ।”

“उत्तर कोरियामाथिको अमेरिकी प्रतिबन्ध र निशस्त्रीकरणको मुद्दामा चीन र रुसले आफ”लाई वैकल्पिक शक्तिराष्ट्र स्थापित गरेको एकदम सही छ,” रिनाले भने ।

(*एजेन्सीहरुको सहयोगमा तयार)

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार