बितेको वर्ष सन् २०१९ संरा अमेरिकाको लागि त्यत्ति सुखद् रहेन । अघिल्ला वर्षको तुलनामा सन् २०१९ मा संरा अमेरिकामा भीडमा गोली हान्ने काण्डको सङ्ख्या बढ्यो ।

भीडमा गोली हान्ने घटनासम्बन्धी अध्ययन गरिरहेको गन भ्वायलेन्स अर्कात् (जीभीए) नामको गैरसरकारी संस्थाले दिएको तथ्याङ्कअनुसार सन् २०१९ को डिसेम्बर २२ सम्म संरा अमेरिकामा ४०४ वटा त्यस्ता घटना भए । जीभीएले सन् २०१३ बाट यस्ता घटनासम्बन्धी तथ्याड्ढ सड्ढलन गर्दै आएको छ । त्यसयता सन् २०१९ मा सबभन्दा बढी त्यस्ता घटना भए ।

घातक वर्ष

जीभीएको तथ्याङ्क अनुसार सन् २०१९ को डिसेम्बर २२ सम्ममा बन्दुक हिंसामा परी १४ हजार ८०१ जना मान्छे मारिनुका साथै २८ हजार ६१३ जना घाइते भए । यसमा बन्दुक प्रयोग गरेर भएका आत्महत्याको सङ्ख्या समेटिएको छैन ।

संरा अमेरिकामा हरेक दिनजसो कुनै न कुनै भूभागमा भीडमा गोली चलाएको घटना हुने गरेको देखिन्छ । वास्तवमा एउटा भीडमा गोली हान्ने घटना भएर अर्को त्यस्तै घटनाबीचको अन्तराल केही दिनमात्र हुने गरेको छ । कुनै बेला यस्ता घटनाको निकै धमाकाको समाचार हुन्थ्यो । अहिले यस्ता समाचारलाई मानिसले सामान्य रुपमा लिन थालेका छन् ।

“मेरो व्यक्तिगत विचारमा हिंसा र सञ्चारमाध्यममा सुनिने कठोर बन्दुुकको आवाजले हामीलाई कठोर बनाएको छ”, टेक्सासमा विगत २५ वर्षदेखि वकिल पेशा अँगाल्दै आएका गेल मेककोनेलले आफ्नो अनुभव सुनाए ।

“जुनसुकै कार्यक्रमबारे लगातारको अतिरञ्जना, टीभी कार्यक्रम, चलचित्र र भिडियो गेमले वास्तव जीवनबाट ल्याएको अलगाव, स्मार्टफोनले जन्माएको बढ्दो एकान्त र आफूलाई बढी ध्यान देओस् भन्ने भावनाले हामीलाई अझ बढी कठोर बनाउन मद्दत गरिरहेको छ”, मेकोनेलले भने ।

संरा अमेरिकाका पश्चिमा राज्यका बासिन्दाहरू कथित ‘बन्दुक संस्कृति’ लाई सहजरूपमा लिने गरेको मेककोनेल भन्छन् । टेक्सासलाई सामान्यतः बन्दुकमैत्री पश्चिमी राज्य भनिन्छ । त्यहाँका धेरै मानिस बन्दुकमाथि नियन्त्रण गर्ने कानुनलाई संशयको नजरले हेर्छन् । उनीहरू त्यस्तो कुनै पनि विषय बन्दुक बोक्ने संविधानले दिएको अधिकारमाथिको अंकुशको रूपमा लिन्छन् ।

उदाहरणको लागि मोन्ट्गोमेरी काउन्टीका अधिकारीहरूले आफ्नो क्षेत्रलाई ‘बन्दुक केन्द्र’ घोषणा गरे । सन् २०१९ को नोभेम्बर १९ मा काउन्टी अधिकारीहरूबीच कुनै पनि कानुनी अड्चनबिना हतियार राख्ने र बोक्ने नागरिकको अधिकारको पक्षमा भएको मतदानमा पक्षमा ५ र विपक्षमा ० मत परेको थियो । ५ लाख ७० हजार जनसङ्ख्या भएको मोन्ट्गोमेरीमा एकमतले सो प्रस्ताव पारित भएपछि त्यो ठाउँ बन्दुक बोक्ने टेक्सासकै सबभन्दा बढी जनसङ्ख्या भएको ठाउँ बन्यो । संरा अमेरिकामा हाल २ सत्न्दा बढी काउन्टी र एघार वटा सहरलाई बन्दुकको केन्द्र घोषणा गरिएको छ ।

घृणामा आधारित अपराध

सन् २०१९ मा भएका सबभन्दा भयानक गोली काण्ड टेक्सासको संरा अमेरिका–मेक्सिको सीमावर्ती सहर एल पासोमा भएको थियो । घटनामा २२ जना मानिस मारिनुका साथै २४ जना घाइते भएका थिए । अगस्ट महिनाको सुरुमा भएको सो काण्ड वालमार्ट बजारमा भएको थियो । सो घटनालाई घृणामा आधारित अपराधको रूपमा कार्वाही चलाइयो । सो काण्डमा गोली हान्ने सुटरले एउटा अज्ञात अतिवादी सन्देश बोर्डमा आप्रवासीविरोधी गाली लेखेका थिए । उनले न्युजिल्यान्डको क्राइसचर्चमा भएको सन् २०१९ को मार्चमा ५१ जना को ज्यान जाने गरी भएको हमलाबाट आफू अभिप्रेरित भएको लेखेका थिए ।

सन् २०१९ को अप्रिलमा सान डाएगोको एउटा इस्लाम प्रार्थना सभामा गोली हान्ने एक जना मान्छेले पनि क्राइसचर्चकै हत्याराकै सन्देशसँग मिल्दोजुल्दो सूचना अनलाइनमा पोस्ट गरेका थिए । उनको सन्देश इस्लामविरोधी भाषा र गोरा सर्वोच्चताले भरिएका शब्द थिए । आफ्नो सन्देशमा उनले क्राइसचर्च काण्डका हत्यारा र सन् २०१८ को अक्टोबरमा पेन्साल्भानियाको पिट्सवर्गमा एउटा इस्लाम प्रार्थना सभामा भएको ११ जनाको ज्यान जाने गरी भएको हमलाले आफूलाई प्रोत्साहित गरेको लेखेका थिए ।

“मेरो व्यक्तिगत विचारमा हिंसा र सञ्चारमाध्यममा सुनिने कठोर बन्दुुकको आवाजले हामीलाई कठोर बनाएको छ”, टेक्सासमा विगत २५ वर्षदेखि वकिल पेशा अँगाल्दै आएका गेल मेककोनेलले आफ्नो अनुभव सुनाए ।
“जुनसुकै कार्यक्रमबारे लगातारको अतिरञ्जना, टीभी कार्यक्रम, चलचित्र र भिडियो गेमले वास्तव जीवनबाट ल्याएको अलगाव, स्मार्टफोनले जन्माएको बढ्दो एकान्त र आफूलाई बढी ध्यान देओस् भन्ने भावनाले हामीलाई अझ बढी कठोर बनाउन मद्दत गरिरहेको छ”, मेकोनेलले भने ।

एल पासोको हत्याकाण्डबारे स्थानीय जनताको प्रतिक्रियाबारे बोल्दै एल पासोकै टेक्सास विश्वविद्यालयको राजनीतिशास्त्र विभागका प्राध्यापक विलियम वी विभरले त्यो सुनसान र सुरक्षित सहरमा यस्तो नरसंहार भएकोमा स्थानीय मानिसहरू निकै दुःखी र भत्ीत भएको बताए ।
“सहरबासीलाई सबभन्दा भत्ीत त एल पासोका मानिसको हत्या गर्न हत्यारा ६ सय माइल यात्रा गरेर एल पासो आएको कुराबाट भएका छन् । एउटा निकै टाढाको सहरका मानिसप्रति एक जना मानिसले यति बाक्लो घृणा पाल्न सक्छ भन्ने कुरा पनि असोचनीय छ । हाम्रो एकान्त र शान्त सहरमा मेक्सिकाली–अमेरिकी बाहुल्य हुनुकै कारण यस्तो सबै हुनु अकल्पनीय छ”, उनले भने ।

संरा अमेरिकी इतिहासमा यस्ता घृणामा आधारित अपराध नयाँ नभएको विद्वानहरूको भनाइ छ । तथापि पछिल्ला वर्षमा संरा अमेरिकामा घृणा र पक्षपातमा आधारित गोलीकाण्डको सङ्ख्या निकै बढिरहेको उनीहरूको चिन्ताको विषय बनेको छ ।

जोन आर.टेलर सान एन्टोनिओस्थित टेक्सास विश्वविद्यालयको राजनीतिशास्त्र विभागका प्राध्यापक र विभागीय प्रमुख हुन् । उनको अनुसार घृणामा आधारित अपराधको सामाजिक र राजनीतिक कारण ‘दक्षिणपन्थी राजनीति र जातीय अतिवाददेखि धार्मिक अतिवाद र पक्षपातसम्म, जातीय दुराग्रहदेखि एलजीबीटीक्युविरोधी भावनासम्म विस्तारित छ । एलजीबीटीक्यु भन्नाले समलिङ्गी, तेस्रो लिङ्गी आदि हो ।

हटसन–डाउनटाउन विश्वविद्यालयमा पूर्वी एसियाली राजनीति विभागका सहायक प्राध्यापक पिटर जे ली पनि उनकै जस्तो विचार राख्छन् । लीका अनुसार सन् २०१६ को आमचुनाव यता घृणामा आधारित हिंसा बढेको छ । त्यो चुनावमा राष्ट्रपति पदमा डोनाल्ड ट्रम्प निर्वाचित भएका थिए ।

तथापि टेलरले यो समस्याको मूलकारण निकै जटिल भएको बताउँछन् । संरा अमेरिकामा अतिवादी विचार र कामप्रति संशयको आँखाले हेर्ने समूह निकै सानो भएको उनले औँल्याए । पूर्णतः निर्मुलन गर्न गा¥हो भए पनि जनताको सजगता र शिक्षाले यस्ता अपराध घटाउन सक्छ ।

प्रगति शून्य

झन्डै दैनिकरूपमा आउने हुलमा गोली हानेका घटनाका विस्तृत समाचारले मानिसलाई निकै भावुक बनाउँछ । चर्काचर्का बहस हुन्छ । कसरी यस्ता नरसंहार हुनबाट रोक्ने भन्ने विषयमा छलफल हुन्छ । बन्दुकमाथि कडा नियन्त्रणदेखि सबैथरी बन्दुकमा रोक लगाउनेसम्मका कुरा उठ्ने गर्छ । तथापि बन्दुक नियन्त्रणको विषयमा व्यवस्थापिकामा खास ठूलो प्रगति हुन सकेको छैन ।

“यहाँ निकै सरल राजनीति खेल भइरहेको छ । सिनेटमा बहुमतका नेता मिच मेककोनेलले राष्ट्रपतिले अनुमोदन गर्ने ग्यारेन्टी नभएसम्म बन्दुक नियन्त्रणसम्बन्धी प्रस्तावमाथि मतदान गराउने छैनन्”, मेरील्यान्ड विश्वविद्यालयका अध्येता क्ले रामसेले भने ।
“जब कुनै त्रासदिपूर्ण घटना हुन्छ, राष्ट्रपति कार्यालयमा बन्दुक नियन्त्रणसम्बन्धी कुरा चल्छ । जब यो विषयमा ध्यान कम हुँदै जान्छ, राष्ट्रपति कार्यालयले पनि बिस्तारै भुल्दैछ”, रामसेले भने ।

महान्यायधिवक्ता विलियम बारले ग्रीमयाममा भएको घातक आमनरसंहारपछि व्यवस्थापिकाले बन्दुक नियन्त्रणसम्बन्धी कानुन पारित गर्ने प्रयास अघि बढाएको तर अमेरिकी संसदमा ट्रम्पविरोधी महाभियोगको प्रसङ्गले ओझेलमा पारेको बताए । ट्रम्प र अन्य रिपब्लिकन पार्टीका नेताहरूले राष्ट्रपतिविरुद्ध महाभियोग नलगाइएको भए बन्दुक कानुन पारित भइसक्ने र त्यसो नहुनुको दोष डेमोक्रेटिक दलको भएको बताएका छन् ।

सन् २०१९ को सेप्टेम्बर १२ मा संरा अमेरिकाका सबभन्दा नाम चलेका केही सीइओहरूले बन्दुक हिंसासम्बन्धी कानुन बनाउन अमेरिकी काङ्ग्रेसलाई आग्रह गरेको थियो । एल पासो र ओहायोको डेटन राज्यमा केही घण्टाको अन्तरालमा भएको दुई वटा गोली काण्डमा ३२ जनाको ज्यान गएपछि उनीहरूले त्यस्तो दबाब दिएका थिए ।

“बन्दुक हिंसाबारे केही पनि नगर्नु अस्वीकार्य छ । अब सबै अमेरिकीहरू बन्दुकबाट सुरक्षाको लागि एक ठाउँमा उभिने बेला भएको छ”, एयरबीएनबी, ट्वीटर र उर्बिनलगायत १४५ वटा कम्पनीहरूका प्रमुखले हस्ताक्षर गरेको ज्ञापनपत्रमा लेखिएको छ ।

उनीहरूले ‘सबै खाले बन्दुकको बिक्रीमा नियन्त्रण गर्न’ विधेयकको माग गरेका छन् । साथै अदालतलाई ‘ज्यान जाने खतराबाट रक्षा गर्ने सुरक्षात्मक आदेश’को माग गरेका छन् ।

यस्ता कदम चाले मात्र संसद्ले बन्दुक हिंसा रोक्न वा कम गर्न सक्नेछ”, पत्रमा लेखिएको छ । “हामी हाम्रा सांसदहरूबाट बन्दुकले निम्त्याउने वियोगान्त रोक्न कानुन बनाउन आग्रह गर्छौं”, त्यसमा भनिएको छ ।

अब के ?

बन्दुक हिंसाको लागत संरा अमेरिकाको कुलगार्हस्थ उत्पादनको १.४ प्रतिशत अर्थात २ खर्ब २९ अर्ब अमेरिकी डलर बराबर हुन संसद्मा डेमोक्रेटिकहरूले हालै सार्वजनिक गरेको प्रतिवेदनमा लेखिएको छ ।

टेलरले बन्दुकको हिंसा रोक्न तत्कालै धेरै काम गर्न सकिने र बन्दुकमा स्वामित्व अधिकार रक्षाको लागि संरा अमेरिकी संविधानको दोस्रो संशोधनकै परिधिभित्र बसेर गर्न सकिने बताउँछन् ।

“सबभन्दा पहिले त मानसिक रूपमा अस्वस्थ र हिंसात्मक कामका आरोपीलाई बन्दुक बेच्न रोकिनुपर्छ । यति गर्दैमा अवैध स्वामित्वको अन्त्य त हुने छैन । तर, त्यो सुरु हुनेछ”, उनले भने ।

उनले व्यक्तिले बन्दुक खरिद गर्दा त्यसको प्रष्ट कारणबारे खोजीनीति गर्नुपर्ने र साना हतियारमा बन्देज लगाउनुपर्ने बताए ।

रिपब्लिकन सिनेट सदस्य लिन्डे ग्राहाम्स र डेमोक्रेटिक सिनेट सदस्य रिचार्ड ब्लुमन्थल मानसिकरूपमा रोगीलाई बन्दुक बेच्न नदिने विधेयक पेश गर्ने तयारी गरिरहेका छन् । ह्वाइट हाउसले अहिलेसम्म त्यस विषयमा केही काम गरेको छैन”, उनले भने ।

दुवै टेलर र ली बन्दुक हिंसा तत्काल रोकिनेमा सहमत छैनन् । लगातार भइरहेका बन्दुक हिंसाको कारण रिपब्लिकन र डेमोक्रेटबीच राजनीतिक विभाजन गहिरो बन्दै गएको छ ।

अमेरिकी संसदमध्ये तल्लो सदन डेमोक्रेटिकको नियन्त्रणमा र माथिल्लो सदन रिपब्लिकनको नियन्त्रणमा भएकोले अझै पनि बन्दुक हिंसासम्बन्धी कानुन तुरुन्तै पारित हुने सम्भावना क्षीण छ । यो वर्ष सन् २०२० को नोभेम्बर महिनामा संरा अमेरिकामा चुनाव हुँदैछ । त्यो चुनावबाट बन्दुक हिंसा नियन्त्रण गर्न सक्ने सकारात्मक असर गर्ने आशा गरौँ ।

“म निकै कम मात्र सम्भावना देख्छु । १२ मा १ को सम्भावना”, रामसेले भने ।

“संरा अमेरिकामा बन्दुकको प्रयोग र स्वामित्वको विषयमा सूचनामूलक र सिद्धान्तमा आधारित बहसको खाँचो छ । चुनावी वर्षमा यस्तो गम्भीर बहस हुने गर्दैन । जो सुकै जिते पनि दुवै पक्ष यति राजनीतिक हुन्छ, दुवै पक्षलाई यो समस्याको समाधान गर्न हम्मे हम्मे नै हुन्छ”, टेलरले भने ।

स्रोतः बेइजिङ टाइम्स,नेपाली अनुवादः सुमन

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार