
नयाँदिल्ली । १९९५ को विधानसभा चुनाव । यो त्यो चुनाव थियो जुन बेला बिहारमा न आरजेडी थियो, न त जेडीयू नै । १९९४ मा नीतिश कुमार अवश्य पनि समता पार्टी गठन गरेर लालु यादवबाट अलग्गिएका भने थिए ।
१९९५ को चुनावमा नीतिश कुमारले सीपीआई (एमएल) सँग मिलेर चुनाव लडेका थिए । सीपीआई (एमएल) सँग उनले आफ्नो राजनीतिक जीवनको पहिलो गठबन्धन गरेका थिए ।
उनको नेतृत्वमा रहेको समता पार्टीले तीन सय १० निर्वाचन क्षेत्रमा उमेदवार खडा गरेको थियो । जसमध्ये केवल सात निर्वाचन क्षेत्रमा मात्रै समता पार्टीले चुनाव जितेको थियो । गठबन्धनमा रहेको सीपीआई (एमएल) त्यो समयमा पनि ६ निर्वाचन क्षेत्रमा विजयी भएको थियो । त्यो समयको कुरा हो जति बेला अविभाजित बिहार विधानसभामा तीन सय २४ सिट थिए ।
सन् २०२० आउँदै गर्दा समय चक्र यसरी परिवर्तन भयो कि त्याी सीपीआई (एमएल) ले विधानसभा चुनावमा राष्ट्रिय जनता दल (आरजेडी) का साथ मिलेर चुनाव लड्यो । १९ निर्वाचन क्षेत्रमा उमेदवार खडा गर्यो र १२ निर्वाचन क्षेत्रमा जित हासिल गर्यो । यसका साथै सीपीआई र सीपीएमले पनि दुई-दुई सिट जितेका छन् ।
बिहार विधानसभा निर्वाचनको परिणामले एकपटक फेरि सीपीआई (एमएल) पुनर्स्थापित प्रमाणित गरेको छ । लेफ्ट (कम्युनिस्ट) पार्टीहरुले प्रदर्शन पनि समग्रमा राम्रो गरिरहेका छन् । तीनै पार्टीहरुले २९ निर्वाचन क्षेत्रमा दिएको उमेदवारीमध्ये १६ निर्वाचन क्षेत्र जितेका छन् । बंगाल र केरलपछि बिहार तेस्रो राज्य हो जहाँ उनीहरुका विधायकहरुको संख्या बढी छ ।
वर्ग संघर्षको राजनीति
सन् २०२० को विधानसभा निर्वाचनले सीपीआई (एमएल) का लागि सञ्जीवनीका रुपमा काम गर्यो । पछिल्ला निर्वाचनसम्म आउँदा यो पार्टी बिहारको चुनावी मैदानमा एक्लै उत्रिने गर्दथ्यो ।
तर, यसपटक भने विचारधाराका साथ सम्झौता गर्दै लेफ्ट पार्टीले राष्ट्रिय जनता दल जस्ता क्षेत्रीय पार्टीका साथ गठबन्धन गर्यो र चाडै नै धेरै हदसम्म गुमाएको प्रभाव फिर्ता गर्न सफल भए ।
२०१५ को विधानसभा निर्वाचनमा यो पार्टीले केवल तीन सिटमा चित्त बुझाउनुपरेको थियो । पछिल्ला निर्वाचनको नतिजाबाट सबक सिकेको पार्टीले भारतीय जनता पार्टी (भाजपा) लाई सत्ताबाट अलग राख्ने उद्देश्यले यसपल्ट महागठबन्धनको हात समाते ।
जहाँ एकतर्फ आरजेडी जातिगत राजनीतिका लागि माहिर मानिन्छ भने अर्कोतर्फ सीपीआई (एमएल) सधैं वर्ग संघर्षको राजनीति गर्दै आएको छ ।
यो बेमेल लेफ्टिस्टहरुले के स्वीकार गरे ? यो सवाल चुनावमा उनीहरुसँग कैयौंपटक सोधियो पनि, तर जवाफ अत्यन्तै नापतौलका रुपमा मात्रै आयो । विचारधाराको स्तरमा दुवै पार्टीमा अत्यन्त धेरै समानता छैन, तर लोकतन्त्रको रक्षाका लागि आफूहरुले गठबन्धन गरेको उनीहरुको जवाफ रह्यो ।
लेफ्ट पार्टीहरुको यस्तो प्रदर्शन कसरी सम्भव भयो ?
यो जिज्ञासाको जवाफमा ‘प्रभात खबर’ को भोजपुरका स्थानीय सम्पादक अजय कुमार भन्छन्, “लेफ्ट पार्टीहरुको बिहारमा सधैँ सामाजिक आधार छ । ९० को दशकदेखि अहिलेसम्म मध्यमार्गी पार्टीहरु जस्तै राजद र जदयूले अति नै क्षति पुर्याएका छन् । कुनै समय थियो जब लेफ्टका कैयौं नेता-कार्यकर्ताहरु विभाजन भएर लालु यादवका साथ लागेका थिए, मन्त्रीसम्म बनेका थिए । मण्डल पोलिटिक्सका दौरान उनीहरुलाई सबैधन्दा धेरै नोक्सान भयो । उनीहरुको जनाधार भत्किँदै गयो । यसै कारण बढी सिटमा उमेदवार खडा गरेर उनीहरु त्यसलाई जितमा परिणत गर्न सक्थेनन् । भारतमा जाति र वर्गको भेद एक विन्दुमा गएर मेटिन्छ । सानो भनिने जातिका अधिकांश गरिब वर्गमा मानिसनै हुन्छन् । यसै कारण लेफ्टलाई सपोर्ट कम हुँदै गयो ।”
यो चुनावमा सीपीआई (एमएल) अथवा लेफ्टका बाँकी दुई पार्टीहरुको राम्रो प्रदर्शन रह्यो । गठबन्धनका साथ चुनाव लड्ने फैसलाले नै लेफ्टलाई फाइदा भएको छ । मध्य बिहार र दक्षिण बिहारमा लेफ्टको जनाधार अहिले पनि थियो । गठबन्धनका साथ भएका कारण जनताले एकजुट भएर मत दिए । -बीबीसी







