
पाँच हजार वर्ष पूरानो मानव सभ्यता रहेको चीनले विश्वमा फेरि नयाँ सभ्यता सिर्जना गर्दैछ । त्यो हो विश्वमा कम्युनिस्ट विचारको जगमा चीनले आफ्नो राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिकलगायत थुप्रै सभ्यताहरु विकास गर्दै लगेको छ ।
जनसंख्याको आधारमा विश्वको पहिलो, क्षेत्रफलको आधारमा विश्वको चौथो, अर्थतन्त्रको आधारमा विश्वको दोस्रो नम्बरमा रहेको चीन झण्डैं ५० वर्षअघि यतिधेरैं विकसित थिएन । अर्थशास्त्रीहरुकाअनुसार सन् १९८० सम्म चीन अत्याधिक गरिब देशहरुमध्येमा पर्दथ्यो । त्यतिबेला चीनमा न यतिधेरैं ठूलो अर्थतन्त्र थियो नत कुनै विकास थियो । तर आज ४० वर्षको अन्तरालमा चीनले यति छलाङ मार्यो कि ऊ विश्वकैं दोस्रो बलियो अर्थतन्त्रको भएको देशको रुपमा उदाउन सफल भयो ।
विश्वबैंकको एक रिपोर्टअनुसार चीनले सन् १९८१ देखि २०१२ सम्ममा देशका करिब ८५ करोड जनतालाई गरिबीको रेखाबाट माथि उठायो । सन् १९८१ मा चीनको गरिबी दर ८८.३ प्रतिशत थियो भने सन् २०१२ सम्म आइपुग्दा केबल १०.२ प्रतिशतमा झर्न पुग्यो । त्यस्तैं सन् २०१८ सम्म आइपुग्दा त्यो रेट घटेर केबल १.७ प्रतिशतमा झर्यो भने सन् २०२० मा आइपुग्दा गरिबी दर शूल्य प्रतिशतमा झरेको चीनले बताएको छ ।

चीनले आफ्नो देशका नागरिकहरुको गरिबीको दर मात्र हटाएन अन्य विकास निर्माणमा समेत निकैं अगाडि बढायो । चीन अहिले विभिन्न वस्तु उत्पादनमा विश्कैं पहिलो नम्बरमा आउँछ । विश्वको २५ प्रतिशत विद्युत चीन एक्लैले उत्पादन गर्दछ । विश्वकैं सबैंभन्दा धेरैं हाइड्रो इलेक्ट्रिसिटी उत्पादन गर्ने समेत चीन हो । अचम्मको कुरा त के भने दोस्रो हाइड्रो इलेक्ट्रिसिटी उत्पादन गर्ने ब्राजिलभन्दा चीनले ५० प्रतिशत बढी हाइड्रो इलेक्ट्रिसिटी उत्पादन गर्दछ । यस्तैं विश्वमा सबैभन्दा धेरैं कोइला उत्पादन गर्ने देश चीन पर्दछ । जसले विश्वको ५० प्रतिशत कोइला एक्लैले उत्पादन गर्दछ ।
विश्वको ४८ प्रतिशत स्मार्ट फोनको बजारमा चीनको मात्र एकछत्र राज छ, जहाँ चीनले ७० प्रतिशत मोवाइल फोन एक्लैले उत्पादन गर्छ । विश्वमा ५० प्रतिशत स्टिल उत्पादन चीनमा हुने गर्दछ । यसका साथैं विश्वमा ३३ प्रतिशत कार चीनमा निर्माण हुन्छ । विश्वबजारमा आपुर्ति आवश्यकका लागि चीनले ५० प्रतिशत स्याउ आफै एक्लैले उत्पादन गर्छ । विश्वको दोस्रो नम्बरमा स्याउ उत्पादनमा रहेको अमेरिकाले ६ प्रतिशत मात्र उत्पादन गर्छ ।
विश्वमा ६० प्रतिशत सिमेन्ट उत्पादन चीन आफै एक्लैले गर्दछ । चीनले सन् २०११ र २०१३ को बीचमा जति सिमेन्ट प्रयोग गर्यो र जति पूर्वाधार विकास गर्यो, त्यतिधेरैं विकास अमेरिकाले सन् १९०१ देखि सन् २००१ सम्म अर्थात् एक शताव्दीमा पनि त्यति उत्पादन गर्न सकेको थिएन ।
विश्वमा सबैभन्दा सुन उत्पादन गर्ने देश चीन नै रहेको छ । करिब १३ प्रतिशत सुन चीनले उत्पादन गर्छ । विश्व बजारमा खपत हुने करिब १७ प्रतिशत खेलौना चीनले उत्पादन गर्छ भने अमेरिकाले २ प्रतिशत मात्र उत्पादन गर्छ । यस्तैं विश्वमा ४० प्रतिशत शिप विल्डिङ अर्थात् समुद्री जहाज चीनले एक्लैले उत्पादन गर्छ ।

चीनले जेजस्ता वस्तुहरु उत्पादन गर्छ, ती अत्याधिक ठूलो स्केलमा गर्छ । चीनले जुन वस्तु उत्पादन गर्छ त्यस वस्तुले विश्व बजार नैं ढाकिदिन्छ । चीनमा हरेक वस्तु यतिधेरैं मात्रामा उत्पादन गरिन्छ कि सिंगो विश्वले नैं ऊसँग प्रतिस्प्रर्धा गर्न सक्दैन । जस्तो कि कुनैं पनि वस्तुको मूल्य एक सय रुपैंया छ भने चीनले धेरैं वस्तु उत्पादन गरेर त्यसको मूल्य आधाभन्दा कम मूल्यमा झारिदिन्छ र कम नाफामा पनि अत्याधिक कमाइँ गर्ने गर्छ ।
यही कारण जब चिनियाँ कम्पनीहरु अन्य देशमा जान्छन् तब त्यस देशको मार्केटलाई नैं पूर्ण रुपमा डोमिनेट गरिदिन्छन् । किनकि अन्य देशका उत्पादनहरुले चीनको लो प्राइससँग छुन सक्दैनन् । यसरी आज चीनले हरेक देशको बजारमा प्रभुत्व जमाइरहेको छ ।
सन् १९९५ सम्म ग्लोबल मार्केटमा चीनको केबल ३ प्रतिशत मात्र उपस्थिति थियो । तर अहिले चीन १२.४ प्रतिशत मार्केट शेयरका साथ विश्वकैं एक नम्बर एक्पोर्टर अर्थात् निर्यात गर्नेवाला देश बनेको छ । आखिर ४० वर्षको बीचमा चीनले यत्रो उपलव्धि कसरी हासिल गर्यो ? यसको मुख्य कारण यो हो कि चीनमा भएको भौतिक पूर्वाधारको विकासमा विदेशी लगानीकर्ताको मुख्य आकर्षणको केन्द्र बन्न पुगेको छ ।
चीनले आफ्नो भौतिक पूर्वाधारको विकास यसरी गर्यो कि त्यहाँ विश्वकौं सबैभन्दा तीव्र गतिमा चल्ने यातायातको साधन छन् । विश्वकैं सबैभन्दा तीव्र गतिमा चल्ने रेलवे सिस्टम चीनमै छन् । यहाँ विश्वकैं उत्कृष्ट फ्लाईओभर, पुल, सडक तथा २४ सैं घण्टा समेत सस्तो मूल्यमा विद्युत उपलव्ध गराइएको छ । यतिमात्रैं होइन चीनले विश्वभरका लगानीकर्ताहरुलाई आकर्षित गर्न उद्योगका लागि आवश्यक पर्ने भौतिक पूर्वाधार निर्माण गरिदिन्छ । यहाँ कर्मचारीहरुको कारण हुने बन्द हड्ताल विरलै हुन्छ ।

चीनमा दक्ष व्यवसायीहरु ८७ करोडभन्दा बढी रहेका छन् । चीनले सन् १९८० देखि नैं प्राविधिक शिक्षा पद्धतिको विकास गरी दक्ष जनशक्ति उत्पादनमा जोड दिएको थियो । यही प्रविधि र दक्ष जनशक्तिका कारण देशमा ८ घण्टामा गरिने काम चीनका कामदारहरुले ४ घण्टामा गरिसक्छन् ।
आज विश्वका हरेक कम्पनीहरु आफ्नो उत्पादन चीनमा गर्न नैं उत्सुक हुन्छन् । किनकि चीन वर्तमान अवस्थामा अमेरिकापश्चात दोस्रो अर्थतन्त्र भएको मुलुक हो । चीनको जिडीपी पर क्यापिटा इनकम सन् १९९१ मा ११ सय डलर मात्र थियो भने अहिले झण्डैं १२ हजार डलर पुगिसकेको छ ।
चिनियाँ सरकारले वस्तु तथा सेवा उत्पादनमा सहजता ल्याउनका लागि हब नैं बनाएको छ । जस्तैं चीनमा तपाईलाई कुनैंपनि मोबाइल या इलेक्ट्रिकल म्यानुफ्याक्चर बनाउनु छ भने पूरैं एक शहर नैं इलेक्ट्रिकल कम्पोनेन्ट सबैं उपलव्ध हुनेगरी बनाइएको छ अर्थात् एक हब नैं बनाइएको छ । जहाँ इलेक्ट्रिकल मेटेरियलसँग सम्वन्धित हरेक सामानको कच्चा सामान पाइन्छ । जस्तैं कम्प्युटरको कुरा गर्ने हो भने मदरवोर्ड, हार्डडिक्स र र्याम्प, प्रोसेसर इत्यादि सबैं एकैं ठाउँमा पाइन्छन् ।
जस्तैं अटोमोबाइलका लागि छुट्टैं हब बनाइएको हुन्छ, त्यसैगरी सिप बिल्डिङका लागि छु्ट्टैं हब बनाइएको छ । यसरी छुट्टाछु्ट्टैं हब एकठाउँमा बन्दा यसमा ट्रान्सपोर्टेसनको खर्च र समयको बचत हुन्छ भने अर्कोतिर वस्तुको उत्पादन पनि बृद्धि हुन पुग्छ ।
चीनको सांघाई शहरलाई इकोनोमी तथा ट्रेडको सिटी मानिन्छ । बेइजिङ र सेनजेङलाई त्यहाँ इलेक्ट्रिकल म्यानुफ्क्याचरिङको हब मानिन्छ । चीनको जियाङ जिन सिटीलाई अटोमोबाइल तथा एयर स्पेस इन्डस्ट्रीको हब मानिन्छ । यता गोन्जाओ सिटीलाई विभिन्न प्रोडक्टहरु उत्पादनको हब मानिन्छ । यहाँ भिन्न भिन्न साना प्रोडक्टका जोनहरु बनाइन्छ । जहाँ टुथपेस्टदेखि अटोमोबाइलका पार्टस्हरु समेत उत्पादन गरिन्छ ।
यसरी चीनले आफ्नो इकोनोमीलाई शुन्यदेखि सयमा पुर्यायो । चीनको जिडिपीमा म्यानुफ्याक्चरिङ इन्डस्ट्रीको लगभग ४० प्रतिशत हिस्सेदारी रहेको छ भने यहाँ जिडिपी ग्रोथ रेट ६.१ प्रतिशत रहेको छ ।
चीनमा माओपछि आर्थिक क्रान्ति ल्याएको श्रेय देङ स्याओ पिङलाई जाने गर्छ । देङ स्याओ पिङले आर्थिक क्रान्ति शुरु गरेको ४२ वर्ष पूरा भएको छ । यसलाई देङले दोस्रो क्रान्ति भन्ने गर्दथे । यही आर्थिक सुधारपछि चीन विश्व अर्थतन्त्रमा दह्रो रुपमा प्रवेश गर्यो ।
आजको मितिमा चीन यस्तो देश भएको छ जोसँग सबैंभन्दा विदेशी मुद्रा संचिति अर्थात् ३ दशमलव १२ खर्ब डलर रहेको छ । कुल ग्राहस्थ उत्पादनको मामलामा चीन विश्वको दोस्रो ठूलो देश हो । प्रत्यक्ष विदेशी लगानी आकर्षित गर्ने चीन विश्वको तेस्रो देश हो । देङ स्याओ पिङले सन् १९७८ मा आर्थिक सुधारका कदम चाल्दा विश्व अर्थतन्त्रमा चीनको हिस्सा जम्मा १.८ प्रतिशत मात्र थियो । चीन अब केबल एक उदीयमान अर्थतन्त्र मात्र रहेन बरु १५ औं र १६ औं शताव्दीताका विश्वअर्थतन्त्रमा करिब ३० प्रतिशत आफ्नो हिस्सा भएकोतर्फ उन्मुख भइरहेको छ ।
![]()
चीनलाई शक्तिशाली बनाउने नेताहरुमा माओ, देङ स्याओ पिङ र वर्तमान राष्ट्रपति सि जिङ पिङको नाम आउँछ । देङ स्याओ पिङको नेतृत्वमा भएको आर्थिक क्रान्तिको ४० वर्षपछि चीन एकपटक फेरि दह्रो नेतृत्व पाएर अगाडि बढिरहेको छ । सि जिङ पिङले देशको अर्थतन्त्रलाई अझ प्रभावकारी बनाएर चीनलाई विश्वको महाशक्ति बनाउने योजनामा लागेका छन् ।
सन् १९७८ देखि सन् २०१६ को बीचमा चीनको जिडिपीमा ३ हजार २ सय ३० प्रतिशतले बृद्धि भएको छ । यसबीचमा ८० करोड मानिसहरु गरिबीको रेखाबाट माथि उठे भने ३८.५ करोड मानिसहरु मध्यमवर्गको रुपमा उकास्सिए ।
चीनको वैदेशिक व्यापार साढे १७ हजार प्रतिशले बढ्यो भने सन् २०१५ सम्ममा चीन विदेशी व्यापारमा अगुवाको रुपमा उदायो । सन् १९७८ मा चीनले वर्षभरी गर्ने व्यापार अहिले दुई महिनामैं गर्छ । देङ स्याओ पिङले चिनियाँ कम्युनिस्ट पार्टीलाई सामुहिक नेतृत्वमा लगेर चीनमा सामाजिक र आर्थिक परिवर्तनको प्रक्रियामा तीव्रता दिए । माओका केही नीतिहरुले सन् १९६० र ७० को दशकमा कयौंपटक झट्का व्यहोरेपछि देङ स्याओ पिङ सचेत भएका थिए ।
अन्तर्राष्ट्रिय सम्वन्धहरुलाई लिएर देङ स्याओ पिङ केही सिद्धान्तहरुलाई लचकतापूर्वक लिएर अघि बढ्ने गर्दथे । देङले आफुलाई मात्र अग्रपंक्तिमा राख्दैनथे, उनले पूरैं आफ्नो ध्यान चिनियाँ अर्थतन्त्रलाई तीव्र गतिका साथ अघि बढाउन केन्द्रीत गरे । यसरी देशको अर्थतन्त्रमा भएको तीव्र कायापलटसँगैं चिनियाँ नागरिकमा आर्थिक सम्पन्नता मात्र नआई सत्तामा चिनियाँ कम्युनिस्ट पार्टीको पकड मजबुत हुन पुग्यो ।

चीनमा देङ स्आयोपिङको आर्थिक उदारीकरणलाई राजनीतिक उदारीकरण पनि भनिन्छ । हुन त एउटा भनाई छ ‘जबसम्म बिरालोले मुसा समातिरहन्छ तबसम्म बिरालोको रंग कालो होस् सेतो हुनुले अर्थ राख्दैन, त्यो राम्रो बिरालोको रुपमा कहलिन्छ ।’ यही सिद्धान्तमा आधारित रहेर सि जिन पिङले चीनमा औद्योगिक विकासलाई झन् तीव्रता दिने कार्य अगाडि बढाएका छन् ।
सि जिन पिङले आफ्नो कार्यकालमा सरकारी उद्योग विस्तार गर्नमा जोड दिएका छन् । चिनियाँ नेताहरुले केन्द्रको बलियो नियन्त्रण रहने खालको नेतृत्व रहनेमा जोड दिएपनि स्थानीय सरकार, नीजि कम्पनी तथा विदेशी लगानीकर्ताबीच राम्रो सामञ्जस्यता कायम राखेका छन् ।
विगतको तुलनामा सि जिन पिङले देशमा सार्वजनिक नीजि साझेदारीमा बढी जोड दिएका छन् । त्योसँगैं सन् २०१४ पछि चीनमा वैदेशिक लगानीमा झन् तीव्र बृद्धि भएको छ । जि जिन पिङले व्यापारको दायरा पूरैं विश्वमैं बढाएका छन् । उनको महत्वकांक्षी योजना ‘वन वेल्ट वन रोड’ परियोजनामार्फत् एशिया, यूरोप र अफ्रिकालाई जोड्ने रहेको छ ।
चीन सन् २००१ मा विश्व व्यापारमा संगठनमा जोडिन पुग्यो । त्यसयता विदेशी व्यापारलाई सहज बनाउन बेइजिङले आफ्ना ७ हजार नियमलाई खारेज गरेको छ । त्यसो त अहिले विश्वलाई नैं थिलोथिलो बनाइरहेको कोरोना महामारीले नयाँ वल्र्ड अर्डर तयार पार्दै चीनलाई नैं विश्वको महाशक्ति राष्ट्र बनाउने निश्चित भएको छ ।
अहिलेसम्म विश्व महाशक्ति राष्ट्रका रुपमा रहेको अमेरिकालाई आफ्नो पहिलेको विरासत कायम राख्ने अवसरबाट चीनले पछाडि धकेलिदिएको छ भने उदाइरहेको चीनलाई महाशक्ति बन्न नयाँ अवसर दिएको छ । लामो समयदेखि अमेरिकी क्याम्पमा रहेका र सधैभरि अमेरिकी गठबन्धनसँग साझेदारी बनाउदैं आएका मुलुकहरुले आज अमेरिका होइन चीनको मुख ताक्ने अवस्था आएको छ ।
यसबाट विश्व शक्ति संरचनाको पुर्नव्याख्या हुने अवस्था सिर्जना भएको छ ।
विश्व घटना युट्युव च्यानललगायत विभिन्न न्युज एजेन्सीको सहयोगमा ।







