
माओ त्से तुङ्गको जीवन र कार्य आफैमा अतुलनीय छ। ४० करोड जनसंख्या भएको देशमा २८ वर्षको उमेरमा एक दर्जन साथीहरूसँग मिलेर कम्युनिस्ट पार्टीको गठन गर्नु र त्यसको ३० वर्षभित्रै सत्तामा आउनु यो कुनै मामुली उपलब्धि होइन।
अलेक्जेन्डर, सिजरलगायतका युरोपका सम्राटहरु र नेपोलियन, विस्मार्क र लेनिन कसैले पनि माओको उपलब्धिको बराबरी गर्न सक्दैनन्। किनकि कुनै पनि देश चीन जत्तिको प्राचीन र विशाल थिएनन्। माओको उपलब्धिको आयतन धेरै नै अथाह छ। ( जोन किङ्ग फेरबैंक (प्रख्यात अमेरिकी इतिहासकार)का अनुसार
माओ इतिहासकै सफल सैन्य रणनीतिकारमध्ये एक मानिन्थे। उनका सैन्य रणनीतिसम्बन्धी पुस्तकहरु अझै पनि सैन्य एकेड़ेमीतिर अध्ययन गरिन्छ। उनको सैन्य प्रतिभाबेगर आधुनिक चीनको निर्माण हुन सक्दैन थियो। तर उनको सैन्य जीत चीनको विकासको क्षेत्रम गरेको योगदानको तुलनामा फिक्का नै पर्छ।
१९५० मा चीनको औद्योगिक आधार बेल्जियमको भन्दा सानो थियो। चीनलाई लामो समयसम्म एसियाको रोगी मान्छे (Sick man of Asia) भनेर मजाक उडाइन्थ्यो। तर माओको शासन सकिँदा चीन विश्वकै छैठौं विशाल औद्योगिक देश बन्न सफल भयो। सन् १९५२-७८ का बीच चीनको राष्ट्रिय आय ५ गुणाले बढ्यो। त्यस बेला राष्ट्रिय आय ६० अर्ब युआनबाट ३०० अरब पुग्यो। जसमा मुख्य हिस्सा औद्योगिक क्षेत्रको थियो। माओको शासनको अन्तिम दुई दसक १९५७ देखि १९७५ मा राष्ट्रिय आय प्रतिव्यक्ति आयको हिसाबले ६३५ ले बढेको थियो। अरु देशको तुलना चीनको त्यस बेलाको विकासलाई दाँजेर हेर्न पनि सकिन्छ। जर्मनीमा आर्थिक विकासको दर १८८०-१९१४ का बीच ३३५ प्रति दशक थियो। जापानमा १८७४-१९२९ मा यो दर ४३५ थियो र सोभियत संघमा १९२५-५८ मा ५४५ थियो। तर चीनमा १९५२-७२ का बीच यो दर ६४५ थियो। माओको पालामा यो विकास बिना कुन अन्तर्राष्ट्रिय सहायता र वैदेशिक ऋण हासिल भएको थियो। अपवादस्वरुप केही सीमित आर्थिक र प्राविधिक सहयोग चीनले सोभियत संघबाट प्राप्त गरेको थियो। तर त्यो आर्थिक सहायता पनि चीनले १९६६तिर ब्याजसहित चुक्त्ता गरेको थियो।
१९७४ तिरै चीनले जेट प्लेन, रेल, पानीजहाज, अन्तर अन्तरमहाद्वीपीय ब्यालेस्टिक क्षेप्यास्त्र, हाइड्रोजन बम र स्याटेलाइट निर्माण गरिसकेको थियो। माओको औद्योगिक क्रान्ति बेगर देङ्ग सियोपिङ्गको आर्थिक सुधार सफल हुने थिएन। आर्थिक सुधारअन्तर्गत कम्युन भंग गरेर व्यक्तिगत खेती गर्दा उब्जनी बढेको प्रचार गरिन्छ । तर त्यसको खास कारण पनि माओको पालामा निर्माण गरिएका बाढी नियन्त्रण संरचना, बाँध, सिँचाई प्रणाली नै हो। यी संरचना बेगर यो वृद्धि सम्भव नै थिएन।
पश्चिमले २५ वर्षसम्म चीनलाई खाद्यान्न, वित्तीय, प्राविधिक, औषधी र कृषि उपकरण आदिमा कठोर नाकाबन्दी लगायो र विश्व समुदायबाट बहिस्करण गर्यो। तर त्यसका बाबजुद पनि माओले चीनबाट आक्रमणकारी, डाकु र युद्ध सरदारहरुलाई धपाए, गम्भीर अपराध, लागु पदार्थको दुर्व्यसन र वेश्यावृत्तिलाई उन्मुलन गरे। जनसंख्या र औसत आयुलाई दोब्बर बनाए, साक्षरता दर ८४५ सम्म पुर्याए, महिलाहरुलाई दासताबाट मुक्त गरे र उनीहरुलाई शिक्षित बनाए, आर्थिक असमानता हटाए र भौतिक संरचनाको निर्माण गरे। उनले चीनलाई ऋण मुक्त्त राखे र देशलाई तीब्र गतिमा विकास गरे। र, माओले आफ्नो रोजाइमा दुईवटा क्रान्ति सुरु गरे।
गडफ्री रोबेर्ट्सको लेखमा आधारित।







