लिपुलेक-कर्णालीहरु ढलेपछि
एकछत्र शासन मधेशमा रहेपछि
मधेशमा दाइजो र बोक्सी काण्ड नढलेसम्म
छैन लोकतन्त्र पिसाब खाएर मान्छे बाचेपछि ।

अति भो अति टिक्दैन अति
अगाडि बढौं देशभक्त स्वभिमानी जति
दलालको एक छत्र राजपछि
कति सुत्छौ अबेर भो कति कति

चल्दैन देश डण्डा लगाएर यसरी
अध्यारोमा बस्ने जनता सधै कसरी ?
बन्दैन देश दलाल देशमा रहे भने
एक धक्का फेरि दिनुपर्छ राष्ट्रियता हो प्राणसरी

अहिले उत्पीडक अगाडि छ
ऊसँग सत्ताको मोह र उन्माद छ ।
एक दिन पीडित बन्छ मालिक
पूर्वमा क्षितिज उज्यालो छ ।

देशको गौरव गाथा हो सगरमाथा
अति सन्दर छ अतितको कथा
मेटिन्न पूर्खाको गौरव इतिहास
बिचार बिना के साहित्य हुन्छ ?
गाडा अगाडि गोरु पछाडि हुन्छ ।
प्रतिभाका फूलहरु मुस्कुराउँदा

सुन्दर सपना सजाउन
जनतालाई आवाज सुनाउन ।
छाती पनि ठूलै हुनुपर्छ
सर्वहाराको झण्डा समाउन ।।
साहित्यले विचारलाई आधार बनाउँछ
सुन्दर साहित्यले सुन्दर समाज हुन्छ
साहित्यले बजारलाई होईन ,
धर्तीलाई फूलाउछ।
यही नै जनताको साहित्य हुन्छ ।

२०७२। १२।२६

 

 

 

 

 

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार