अमेरिकी सेनाको ‘गोप्य’ उपस्थिति नैं किन ?

बंगालको खाडीको रणनीतिक तटमा अवस्थित बंगलादेशी शहर चटगाउँ हालैं एकहप्ता अमेरिकी सैन्य गतिविधिको केन्द्र बन्यो । सेप्टेम्बर १० मा अमेरिकी वायुसेनाका सी–130 जे सुपर हर्कुलस विमान शाह अमानत अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण ग¥यो ।

जसमा लगभग १२० अमेरिकी सेना र वायुसेनाका अधिकारीहरू थिए । यी सेनाहरू ढाकाबाट चटगाउँ आइपुगे र रेडिसन ब्लू होटलमा बसे, जहाँ उनीहरूको नाम दर्ता पनि गरिएन । यो ‘अपरेशन प्यासिफिक एन्जल २५–३’ को हिस्सा हो । जहाँ अमेरिका, बंगलादेश र श्रीलंकाली वायुसेनाबीच सेप्टेम्बर १५ देखि १८ सम्म चल्यो ।

यो अभ्यासको केन्द्र हवाई, जमिन र चिकित्सा आपतकालीन अपरेशनमा केन्द्रित थियो । जहाँ बंगलादेश वायुसेना C–130 विमान र एमआई–17 हेलिकप्टरका साथ दुई अमेरिकी C–130 विमान समावेश थिए । कुल २४२ सेनाहरू संलग्न थिए । १५० बंगलादेशी र ९२ अमेरिकी । तर प्रश्न यो छ कि यो सैन्य अभ्यास किन यति गोप्य राखियो ?

बंगलादेशी सैन्य स्रोतहरूकाअनुसार स्थानीय अधिकारीहरू यो ‘अचानक’ आगमनको बारेमा अन्योलमा छन्, किनकि चटगाउँ भारतको उत्तरपूर्व र म्यानमार सीमाबाट केही किलोमिटर टाढा अवस्थित छ । यसअघि सेप्टेम्बर ८–१० मा हवाईमा आयोजित ‘भू–सेना वार्ता’ को क्रममा अमेरिकी सेना प्यासिफिक कमाण्ड र बंगलादेशी सेनाले द्विपक्षीय सम्बन्धलाई बलियो बनाउने बारेमा छलफल गरेका थिए । मेजर जनरल स्कट ए. विन्टरले यसलाई ‘साझा सुरक्षा उद्देश्यहरू’ को प्रतीकको रूपमा वर्णन गरे । यद्यपि विश्लेषकहरू विश्वास गर्छन् कि यो ठूलो अमेरिकी रणनीतिको अंश हो ।

नोबेल पुरस्कार विजेता मुहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकार सत्तामा आएदेखि अमेरिका–बंगलादेशबीच सैन्य सम्पर्कहरू बढेका छन् । ‘टाइगर लाइटनिङ–२०२५’ र ‘अपरेशन प्यासिफिक एन्जल–२५’ जस्ता अभ्यासहरू पहिले नै सञ्चालन भइसकेका थिए ।

विज्ञहरू भन्छन् कि यी घटनाक्रमहरू संयोगवश होइनन् विशेषगरी दुवै स्थानहरू भारतका उत्तरपूर्वी राज्यहरू (सेभेन सिस्टर्स स्टेट) र म्यानमारको अस्थिर ‘राखिन प्रान्त’ नजिक भएकाले यस्तो क्रियाकलाप भएको बताइन्छ । के यी क्षेत्रहरु अमेरिकाको ‘इन्डो–प्यासिफिक’ रणनीतिका भागहरू हुन् ? वा क्षेत्रीय शक्तिहरूबीचको नयाँ तनाव ?

बढ्यो क्षेत्रीय चिन्ता !

यो कदमले भारत र म्यानमारबीचमा भूराजनीतिक आँधीबेहरी सिर्जना गरिरहेको छ । चटगाउँ बंगालको खाडीमा रहेको एक प्रमुख स्थान हो, जहाँ चीनले पनि आफ्नो प्रभाव बढाइरहेको छ । केही रिपोर्टहरूले दाबी गर्छ कि अमेरिकाले म्यानमारको जुन्ता सरकारविरुद्ध लडिरहेका म्यानमार विद्रोही समूहहरू (जस्तै अरकान सेना) लाई समर्थन गर्ने इरादा राखेको छ । बंगलादेशी गुप्तचर स्रोतहरूले भनेअनुसार अमेरिकी सेनाले सेप्टेम्बर २० सम्म चलेको चटगाउँ सैन्य ट्रेनिङको उद्देश्य– तालिम, रसद वा जासूसी के हो ? स्पष्ट खुलाइएको छैन ।

अर्कोतर्फ भारतले पनि चुपचाप ढंगले अमेरिकाको प्रतिकार गरेको छ । सेप्टेम्बर १६ मा भारतीय वायु सेनाको आईएल–७६ विमान म्यानमारको राजधानी नेपिडावमा अवतरण ग¥यो, जसमा सेना, नौसेना र वायु सेनाका १२० सैनिकहरू थिए । यो तेस्रो भारत–म्यानमार पारस्परिक सैन्य सांस्कृतिक आदानप्रदान हो, जुन सेप्टेम्बर १६–२० सम्म चल्यो । अभ्यास परिचालन सहयोग, सांस्कृतिक आदान–प्रदान र रक्षा सम्बन्धमा केन्द्रित थियो ।

यो कदम म्यानमारको सैन्य जुन्ता सरकारसँग भारतको ऐतिहासिक सम्बन्धलाई बलियो बनाउने प्रयासको रुपमा लिने गरिएको छ । सन् २०२१ को विद्रोहदेखि छिमेकी देश म्यानमारमा सेना सत्तामा छ । भारतले म्यानमारलाई आफ्नो पूर्व नीतिको एक प्रमुख भाग मान्दछ, विशेष गरी उत्तरपूर्वी राज्यहरूसँगको कनेक्टिभिटीका लागि । कलादान बहु–मोडल ट्रान्जिट परियोजना (मिजोरमदेखि सिट्वे बन्दरगाहसम्म) जस्ता परियोजनाहरू म्यानमार सैन्य जुन्ता सरकारको सहयोगमा निर्भर छ ।

यद्यपि म्यानमारले अरकान सेना र अन्य विद्रोहीहरूविरुद्ध गृहयुद्धको सामना गरिरहेको छ । यो अभ्यास यस सन्दर्भमा अत्यन्तै संवेदनशील छ । एक्समा छलफल भएका धेरैं प्रयोगकर्ताहरूले यसलाई ‘प्रोक्सी युद्ध’ को सुरुवातको रूपमा वर्णन गरेका छन्, जहाँ अमेरिकाले बंगलादेशमार्फत् म्यानमारका विद्रोहीहरूलाई समर्थन गरिरहेको छ र भारत जुन्ताको साथमा उभिएर प्रतिक्रिया दिइरहेको छ ।

न्यु ग्रेट गेम र ठूला शक्ति केन्द्रको प्रतिद्वन्द्विता

यी घटनाहरू म्यानमारको गृहयुद्ध र रोहिंग्या संकटको बीचमा भइरहेका छन् । सन् २०१७ को नरसंहारपछि, १० लाख भन्दा बढी रोहिंग्या बंगलादेशमा शरणार्थी छन् र १ लाख ५० हजार नयाँ शरणार्थीहरु हालै बंगलादेश आइपुगेका छन् । बंगलादेशले संयुक्त राष्ट्र संघबाट ‘मानवीय करिडोर’ को अनुरोध गरेको छ, जुन राखाइनमा सहायता पु¥याउने प्रस्ताव हो ।

तर केही रिपोर्टहरूले यो अमेरिकी रसद समर्थनका लागि बहाना हो भन्ने सुझाव दिन्छ । चीनले म्यानमारका विद्रोहीहरू र जुन्ता दुवैसँग उस्तैं सम्वन्धहरु बढाइरहेको बताइन्छ । अनि अमेरिकाले बंगालको खाडीमा आफ्नो पकड बलियो बनाउन खोजिरहेको छ । भारतले स्पष्ट रुपले आफ्नो लागि खतराको चेतावनीमा भनेको छः–‘उत्तरपूर्वमा अस्थिरता, विद्रोह र चीनको बेल्ट एण्ड रोड (बीआरआई) परियोजना हाम्रा लागि मुख्य खतरा हुन्’ ।

विज्ञहरू भन्छन् कि यो ‘न्यु गे्रट गेम’ को एक हिस्सा हो, जहाँ अमेरिकाले चीनलाई घेर्न बंगलादेश प्रयोग गरिरहेको छ, जबकि भारतले सन्तुलन कायम राख्न खोजिरहेको छ । बंगलादेशी सेनामा असन्तुष्टि र सामाजिक सञ्जालमा ‘युनुस एजेन्ट’ जस्ता आरोपहरूले तनाव बढाइरहेको छ । उत्तरपूर्वी क्षेत्र र म्यानमार परियोजनाको सुरक्षा खतरामा परेकाले भारत सतर्क भइरहेको छ ।

हसिनालाई किन फ्याँकियो ?

दक्षिण एसियाली मामिलाका विज्ञहरू विश्वास गर्छन् कि अमेरिकाले बंगलादेशमा ठूलो सैन्य चाल चाल्ने योजना बनाइरहेको छ । बंगलादेशको अन्तरिम सरकारका प्रमुख मुहम्मद युनुसलाई पूर्व अमेरिकी एजेन्टको रुपमा चिन्ने गरिन्छ । अमेरिकासँग युनुसको गहिरो राजनीतिक सम्बन्ध अब सार्वजनिक रूपमा सबैलाई थाहाँ भएको अवस्था हो ।

अब संसारले बुझेको छ कि बंगलादेशमा भएको हिंसात्मक विद्रोह र शेख हसिनीलाई अपदस्थ गर्नु अमेरिकी गहिरो राज्य षड्यन्त्रको परिणाम थियो । मुहम्मद युनुस अमेरिकी षड्यन्त्रका मोहरा हुन् ।

यसैबीच बंगलादेशमा शेख हसीनाको अघिल्लो सरकार अमेरिकी नराम्रो मनसायबाट धेरै सतर्क थियो । हसिनाको कार्यकालमा बंगलादेशमा अमेरिकी सैन्य आधार स्थापना हुन सकेन । यद्यपि ‘कु’ पछि अमेरिका त्यो दिशामा अघि बढिरहेको छ । बंगलादेश वर्कर्स पार्टीका नेता रशिद खानले स्पष्ट रूपमा भनेका छन् कि अमेरिकाले बंगलादेशमा स्थायी आधार अनुमति दिन निरन्तर दबाब दिइरहेको थियो ।

स्मरणरहोस् बंगलादेशका पूर्व प्रधानमन्त्री शेख हसीनाले सार्वजनिक रूपमा भनेकी थिइन् कि अमेरिकाले उनलाई बंगालको खाडीमा रहेको सेन्ट मार्टिन टापुमा सैन्य आधारका लागि जग्गा उपलब्ध गराउन दबाब दिएको थियो । अन्तर्राष्ट्रिय सम्बन्धका विज्ञहरू विश्वास गर्छन् कि अमेरिकाले बंगालको खाडी, समुद्री मार्ग, समुद्री सुरक्षामा नियन्त्रण गर्ने र चीन–भारत सम्बन्धमा असन्तुलन ल्याउने अनि आफ्नो ‘न्यु ग्रेट गेम स्ट्राटेजी’ बाट बंगलादेशमा आधार स्थापना गर्न खोजिरहेको थियो ।
आधिकारिक रूपमा अमेरिकाले बंगलादेशमा हाल कुनै पनि घोषित स्थायी सैन्य आधार स्थापना नगरेको दाबी गर्छ । यस्तो योजनाको बारेमा कुनै आधिकारिक सम्झौता, सन्धि वा सार्वजनिक घोषणा गरिएको छैन । यद्यपि सतहमा नदेखिने कुरा रणनीतिक क्षेत्रमा अवस्थित हुने सम्भावना धेरै छ ।

हसिनापछि हावी हुँदैं अतिवाद

यसैबीच बंगलादेशमा हालै नयाँ चिन्ताको लहरले घेरिएको छ । अतिवादी शक्तिहरूले सुफी इस्लामसँग सम्बन्धित पवित्र स्थलहरूमा आक्रमणहरू सुरु गरेका छन् । यी आक्रमणहरू यति हिंसात्मक छन् कि १०० भन्दा बढी तीर्थस्थल र दर्गाहरूलाई लक्षित गरिएको छ । शेख हसिनाको सरकारको पतनपछि यी घटनाहरू तीव्र भएका छन् र मोहम्मद युनुसको अन्तरिम सरकारले अझै कुनै ठोस कारबाही गरेको छैन । यी आक्रमणहरूले धार्मिक स्थलहरूलाई मात्र क्षति पु¥याइरहेका छैनन् साथमा सम्पूर्ण देशको सांस्कृतिक सम्पदालाई पनि हल्लाइरहेका छन् । शताब्दीयौंदेखि बंगाली संस्कृतिको एक हिस्सा रहेको सुफी परम्परा अहिले खतरामा छ ।

शेख हसिनालाई सत्ताबाट हटाइएपछि बंगलादेशमा कट्टरपन्थी शक्तिहरू बढ्दै गएका छन् । यी वहाबी इस्लामको कडा सिद्धान्तहरूको पालना गर्छन्, जसमा सुफी परम्पराहरूको लागि शून्य सहिष्णुता छ । सुफी सन्तहरूको तीर्थस्थल र दरगाहहरू जहाँ मानिसहरू प्रायः प्रेम र भक्तिका साथ पूजा गर्छन्, तिनीहरूद्वारा मूर्तिपूजा मानिन्छ । कट्टरपन्थीहरू विश्वास गर्छन् कि इस्लामले कुनै पनि संरचना वा चिहानको पूजालाई कडा रूपमा निषेध गर्दछ । त्यसैले तिनीहरूले यी स्थलहरूमा तोडफोड र लुटपाट गर्ने प्रयास गरेका छन् । यी आक्रमणहरू देशभरि व्यापक छन् विशेष गरी सुफी तीर्थस्थलहरूको उच्च सांद्रता भएका क्षेत्रहरूमा ।

पहिले हिन्दू मन्दिरहरू, क्रिश्चियन चर्चहरू र अहमदिया मस्जिदहरूमा आक्रमणहरू भएका थिए तर अहिले सुफी तीर्थस्थलहरू पनि सुरक्षित छैनन् । सुफी तीर्थस्थलहरू केवल बहाना मात्र हुन् । यी आक्रमणहरू बंगाली समाजको धर्मनिरपेक्ष मूल्य–मान्यताहरूलाई कमजोर पार्ने प्रयास हुन् । हिन्दू समुदायसँगको सद्भाव नष्ट गर्ने षड्यन्त्र देखिन्छ । भारतीय उपमहाद्वीपमा सुफी परम्परा शताब्दीयौं पूरानो छ । अफगानिस्तानदेखि पाकिस्तान र बंगलादेशसम्म यी तीर्थस्थलहरूमा भक्ति र प्रेमजस्ता हिन्दू विश्वासहरूसँग बलियो समानता छ । यद्यपि कट्टरपन्थीहरूले तिनीहरूलाई इस्लामको उदार रूपको रूपमा लक्षित गरिरहेका छन् ।

मोहम्मद युनुसको अन्तरिम सरकारले यी आक्रमणहरूमा मौनता कायम राखेको छ । कुनै अनुसन्धान गरेको छैन र कुनै कारबाही अघि बढाएको छैन । यसले कट्टरपन्थी शक्तिहरू बलियो हुँदै गएको संकेत गर्छ । बंगाली संस्कृतिमा सुफी सन्तहरूको तीर्थस्थलहरू सधैं शान्ति र एकताको प्रतीक भएका छन् । तर अब यी आक्रमणहरूले भवनहरू मात्र ध्वस्त पारिरहेका छैनन् बरु मानिसहरूको हृदयमा डर पनि जगाइरहेका छन् । हिन्दू–मुस्लिम सद्भावलाई बढावा दिने सुफी इस्लामको उदार अनुहार आज सबैभन्दा ठूलो खतरामा छ । देशभरका सुफी अनुयायीहरू डरमा बाँचिरहेका छन् ।

बंगलादेशदेखि अफगानिस्तानसम्म अमेरिकी योजना

चीनको बढ्दो प्रभावको सामना गर्न संयुक्त राज्य अमेरिकाले एसिया–प्रशान्त क्षेत्रमा आफ्नो सैन्य उपस्थिति विस्तार गरिरहेको छ । अफगानिस्तानको बग्राम एयर बेस पुनः कब्जा गर्ने प्रयास, बंगलादेशमा सेनाको तैनाथी र दक्षिणपूर्वी एशियामा असंख्य संयुक्त सैन्य अभ्यासहरू यस रणनीतिका हिस्सा हुन् । यो रणनीतिले यस क्षेत्रभरि सुरक्षा नीतिहरूलाई प्रभाव पारिरहेको छ ।

बंगलादेशस्थित अमेरिकी दूतावासले आफ्ना जनताको सुरक्षाका लागि आफ्नै सेना तैनाथ गर्न चाहेको बताएको छ । बंगलादेश प्रहरीले यसको विरोध गरेको छ । अमेरिकी सैन्य फाइल युनुसलाई पठाइएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अफगानिस्तानमा रहेको बग्राम एयर बेस पुनः कब्जा गर्ने भनेर लगातार बोलिरहेका छन् । यसले चीन, पाकिस्तान र अफगानिस्तानको एकैसाथ निगरानी गर्न सक्षम हुनेछ ।

चीनको बढ्दो विशाल शक्तिको उदयपछि अमेरिकाले एसिया–प्रशान्त क्षेत्रमा आफ्नो सैन्य उपस्थिति बढाउने प्रयास गरिरहेको छ । यसले संयुक्त सैन्य अभ्यासको पनि सहारा लिएको छ । चीनको उन्नत क्षेप्यास्त्र क्षमताले अब गुआममा रहेको एन्डरसन एयर फोर्स बेस र उत्तरी मारियाना टापुहरूसहित यस क्षेत्रका सबैतिरबाट अमेरिकी अड्डाहरूलाई खतरामा पारेको छ । चीनको बढ्दो प्रभावको सामना गर्न अमेरिकाले आफ्नो ध्यान मध्य पूर्वबाट एशिया–प्रशान्त क्षेत्रमा सारेको छ ।

अमेरिका र चीनबीचको सैन्य प्रतिस्पर्धाले अन्य एसियाली देशहरूको सुरक्षा नीतिहरूलाई पनि असर गरिरहेको छ । सन् २०२५ को पहिलो छ महिनामा दक्षिणपूर्वी एसियामा निकैंपटक अमेरिकी सैन्य अभ्यासहरू सञ्चालन गरिएको थियो ।

एशियाहुँदैं दक्षिण एशियामा अमेरिकी रणनीति

डोनाल्ड ट्रम्पले अमेरिकाले तालिबानबाट बग्राम एयरबेसको नियन्त्रण फिर्ता लिने प्रयास गरिरहेको बताएका छन् । अमेरिकी राष्ट्रपतिले भनेका छन् कि आफु अहिले तालिबानसँग वार्तामा रहेको बताएका छन् । यद्यपि तालिबानले MQ–९ रिपर ड्रोन, अन्य टोही र आक्रमण विमानहरू सञ्चालन गर्न प्रयोग गरिने आधार फिर्ता गर्न अस्वीकार गरेको छ । यो सैन्य आधार चीन, इरान, पाकिस्तान र मध्य एसिया नजिकै अवस्थित छ र जो रणनीतिक रूपमा महत्वपूर्ण छ ।

यसैगरी जापानको ओकिनावा प्रिफेक्चरमा अमेरिकी एयरबेस छ, जहाँ लगभग ५० हजार सेना तैनाथ छन् । योकोसुका नौसेना बेस र काडेना एयरबेस पनि त्यहाँ अवस्थित छन् । यी बेसहरू चीन र उत्तर कोरिया विरुद्ध रणनीतिक सन्तुलनको लागि केन्द्रबिन्दु हुन् । यसैबीच लगभग २८ हजार अमेरिकी सेना दक्षिण कोरियामा तैनाथ छन् ।

फिलिपिन्समा अमेरिकाले सन् २०२३ पछि आफ्नो उपस्थिति फेरि विस्तार गरेको छ । भ्म्ऋब् –उन्नत रक्षा सहयोग सम्झौता) अन्तर्गत अमेरिकालाई फिलिपिन्समा लुजोन, पलावान र कागायनसहित नौ सैन्य अड्डाहरूमा पहुँच दिइएको छ । जहाँ दुई देशहरूबीच वार्षिक रूपमा संयुक्त सैन्य अभ्यास गरिन्छ ।
यता थाइल्याण्डमा अमेरिकाको स्थायी सैन्य अड्डा छैन तर दुई देशहरूले कोब्रा गोल्ड नामक संयुक्त सैन्य अभ्यास गर्छन् । अमेरिकी युद्धक विमानहरू र रसद कहिलेकाहीं थाइल्याण्डबाट सञ्चालन गरिन्छ ।

अनि सिंगापुरमा अमेरिकाको स्थायी सैन्य अड्डा नभए पनि अमेरिकी ए–८ पोसेडन निगरानी विमान र तटीय लडाकु जहाजहरू (ीऋक्) सिंगापुर बन्दरगाहबाट सञ्चालन हुन्छन् । चांगी नौसेना आधारले अमेरिकालाई रसद सहयोग प्रदान गर्दछ ।

नेपालले अब के गर्ने ?

१९ औं शताव्दीभर बेलायत र रुसबीच भएको ‘ग्रेट गेम’ अहिले विकसित भएर ‘न्यु ग्रेट गेम’को रुपमा अमेरिका र चीन आमने–सामने भएका छन् । दक्षिण एशियामा अहिले मुख्यतः अमेरिकाले चीनलाई घेराबन्दी गर्न सम्पूर्ण शक्ति केन्द्रीत गरेको अवस्था छ । यी दुई महाशक्ति बीचको ग्रेट गेमले नेपाललाई नयाँ शिराबाट सोच्न बाध्य पारेको अवस्था छ ।

दुई महाशक्ति राष्ट्रहरु चीन र भारतको बीचमा रहेको नेपालले आफुलाई निकैं संयमित र सन्तुलित भएर आफ्नो देशको हितमा आधारित नीति चाल्नु पर्ने भएको छ । मुख्यगरी नेपालले भारत र चीनसँग सहकार्य र समदुरीमा रहेर आफ्नो विकासका कार्यसूचीहरु अघि बढाउन आवश्यक छ ।

हामीलाई जतिसुकैं नराम्रो छिमेकी भएपनि चाँहिने तिनैं छिमेकीहरु नैं हुन् । यो बेला सात समुन्द्रपारि अमेरिकाभन्दा भारत र चीन हाम्रा लागि भरपर्दा मित्र राष्ट्रहरु हुन् । उनीहरुसँग सहकार्य गरेर अघि बढ्नुपर्छ । हाम्रो मुलुकलाई कुनैं पनि शक्ति केन्द्रहरुको क्रिडास्थल बनाउने दिने रणनीतिविरुद्ध हामीले जुझारु संघर्ष गरेर अघि बढ्नुपर्छ ।

 

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार