
नेपाल कम्युनिस्ट पार्टी (माओवादी)का महासचिव नेत्र विक्रम चन्द विप्लवले केपी ओली र प्रचण्डसँग तत्काल कुनैं सहकार्य नहुने बताएका छन् ।
काठमाठडौंमा आयोजित पार्टीको बागमती प्रदेशको विशेष बैठकमा बोल्दै महासचिव विप्लवले यस्तो बताएका हुन् ।
केपी ओली र प्रचण्डका कारण नेपालको कम्युनिस्ट आन्दोलन निकैं दुषित भएको भन्दैं महासचिव विप्लवले क्रान्तिकारीको छुट्टैं पहिचानसहितको मोर्चा आवश्यक रहेको बताए ।
‘म अहिले ओली र प्रचण्डसहितको कार्यक्रममा सँगैं गइरहेको छैन किन भने उनीहरुसँग जाँदा जनताले हामी र उनीहरुबीचको भिन्नता छुट्टाउन सकेनन् ।’ उनले भने, ‘उनीहरुसँग तत्काल एकता र सहकार्य हुँदैन । पुनर्गठन पनि हामीले भनेको कम्युनिस्ट केन्द्रको मर्मअनुसार हुनुपर्छ ।’

जनताले आफुहरुलाई आशाको नजरले हेरेको भन्दैं देशमा अब क्रान्तिकारी शक्तिको उदय आफ्नो नेतृत्वमा मात्र हुने महासचिव विप्लवको भनाई छ ।
क्रान्ति भनेको नापे वा तौले अनुसार नहुँने भन्दैं महासचिव विप्लवले १२ वर्ष आफ्नो नेतृत्वमा एकीकृत जनक्रान्तिको तयारीअनुसार भइरहेको बताए ।
एक प्रसँगमा महासचिव विप्लवले १२ वर्षमा क्रान्ति नभएको भन्दैं केही भगुवाहरु भाग्दैंमा क्रान्ति नरोकिने बताए । बरु १२ सय वर्ष लडेर भएपनि क्रान्तिको बाटोमा आफु अघि बढिरहने विप्लवले जिकिर गरे ।








