पर्यटक आउने क्रम बढ्न थालेपछि जिल्लामा होटलको सङ्ख्यामा वृद्धि हुँदै गएको छ । हाल जिल्लामा होटलको सङ्ख्या एक सय २० नाघेको छ ।

दुई वर्षअघि जिल्लामा ८७ वटा होटल रहेका थिए । सबै होटलमा  ८३ करोड रुपैयाँ भन्दा बढीको लगानी रहेको घरेलु तथा साना उद्योग विकास समितिका अध्यक्ष लीलाराम गौतमले जानकारी दिए ।

सदरमुकाम बेनी, पर्यटकीय क्षेत्र घोरेपानी, शिख, भुरुङतातोपानी, सिंगा, दानालगायतका ठाउँमा होटल खुल्ने क्रम बढ्दै गएको छ । सञ्चालन भएका होटलमा पर्यटकलाई आवश्यक सम्पूर्ण सुविधा छ ।

वार्षिक ३० हजारको अनुपातमा तेस्रो मुलुकका पर्यटक भित्रिने जिल्लाका होटलमा दुई सय ४६ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । गत आवमा नयाँ होटल दर्ता एवम् पुरानाको नवीकरणबापत समितिले दुई लाख २८ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको थियो

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार