चीनको आयात अगस्टमा झन्डै दुई वर्षपछि वृद्धि भएको छ । निर्यात भने न्यून दरमा मात्र ओरालो लागेको छ । यसले चीनका साथै अन्य देशमा माग बढ्न थालेको संकेत गरेको छ ।

निर्यातमा गिरावट र आयातमा वृद्धिले विश्वकै दोस्रो ठूलो अर्थतन्त्र बढी सन्तुलित अवस्थातर्फ गएको संकेत गरेको छ । गत वर्षको तुलनामा निर्यात २.८ प्रतिशतले ओरालो लागेको भन्सार सामान्य प्रशासनले जनाएको छ ।

गत वर्षको तुलनामा आयात १.५ प्रतिशतले उकालो लागेको छ । यो वृद्धिसँगै आयातमा देखिएको २१ महिने लामो ओरालो लाग्ने क्रमको अन्त्य भएको छ ।

आयात–निर्यातको यो अवस्थाले अगस्टमा चीनले ५२.०५ अर्ब डलरको व्यपार बचत गरेको छ । चीनले अगस्टमा ५८ अर्ब डलरको व्यापार बचत गर्ने प्रक्षेपण गरिएको थियो । जुलाईमा ५२.३१ अर्ब डलरको व्यापार बचत भएको थियो ।

यदि वैदेशिक व्यापारको यो अवस्था टिकाउ भयो भने सुधारले चीनलाई आवश्यक पर्ने वृद्धि हासिल गर्ने अपेक्षा गरिएको छ । चीनका नीति–निर्माता आर्थिक वृद्धिका लागि पूर्वाधारमा सरकारले गर्ने ठूलो परिमाणको खर्च र हाउजिङको वृद्धिमा निर्भर रहँदै आएका छन् ।

निजी लगानी सुस्त रहेको र निर्यात पनि ओरालो लागेको अवस्थामा उनीहरू वृद्धिका लागि सरकारी खर्च र हाउजिङको वृद्धिमा निर्भर भएका हुन् ।

रोयटर्सले गरेको सर्भेले व्यापार संकुचित हुने तर सुधारका केही संकेत देखिने जनाएको छ । अगस्टको निर्यात ४ प्रतिशतले खुम्चिने अनुमान गरिएको थियो । जुलाइमा पनि चिनियाँ निर्यात ४.४ प्रतिशतले ओरालो लागेको थियो ।

यसैगरी आयात पनि ४.९ प्रतिशतले घट्ने अनुमान गरिएको थियो । यद्यपि यो गिरावट जुलाईको १२.५ प्रतिशतको तुलनामा ठूलो अन्तरले कम हो ।

ठूला उद्योग र खानीको अधिक क्षमता कटौती गर्ने बेइजिङको प्रयासको आंशिक प्रभावका कारण वस्तुको मूल्यमा वृद्धि हुँदा व्यापार तथ्यांक सकारात्मक भएको छ ।

यसले व्यावसायिक मनोबल पनि बढाएको देखिएको छ । मूल्यवृद्धि र भवन निर्माण सामग्री मागमा वृद्धिले केही चिनियाँ स्टिल प्लान्ट कम्तीमा पनि तीन वर्षमा नाफामा गएका छन्

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार