कहरूले
एकै स्वर,
एकै लोली,
एकै बोली,
एकै लय,
एकै समयमा
गाउँछन् कोरस ।
कोरस गाउने
निकै पुरानो चलन छ
नाटकमा,
सभामा
नियमबद्ध भएर
गाइने गरिन्छ कोरस ।
उहिले
उत्कृष्ट कोरस बनाउन
दक्ष हुनु पथ्र्याे
कोरस गायकहरू
सङ्गीत र गीत
राम्ररी बुझ्नु पथ्र्यो
मनसँग मन
भावसँग भाव
विचारसँग विचारको
सहकार्य,
एकत्व
कायम गर्न सक्ने हुनु पथ्र्यो ।
अहिले
उत्तर आधुनिक जमाना हो
विज्ञान र प्रविधिको जमाना हो
त्यसैले
फरक फरक ढङ्गले
गाइन्छ कोरस
फरक फरक समयमा
रेकर्ड गरिन्छ
डबिङ गरिन्छ
मिक्सिङ गरिन्छ
ध्वनि सम्पादकद्वारा
सम्पादन गरिन्छ
काटिन्छ
जोडिन्छ
तन्काइन्छ
खुम्चाइन्छ
सारमा
गायकको भूमिका गौण,
सम्पादकको भूमिका प्रधान हुन्छ ।
अहिले
हाम्रा कोरस गायकहरू
सम्पादककै भरमा छन्
सुस्तरी
बेस्सरी
जसो पायो उसै गरी गाउँछन्
कला साधना गर्दैनन्
अरूलाई बलियो बनाउँछन्
आफू कमजोर बन्छन्
दक्षता बिर्सन्छन् ।
उत्तर आधुनिक युगमा
विज्ञान र प्रविधि भित्रँदा
परनिर्भर भएका छन्
कोरस गायकहरू
अभ्यास छाड्दै छन्
आफ्नो मूल्य घटाउँदै
कलाकार कम
डमिकार ज्यादा बन्दै छन् ।
कोरस समूह गीत हो
गायकहरूले
एकै स्वर,
एकै लोली,
एकै बोली,
एकै लय,
एकै समयमा
गाउँछन् कोरस ।







