विश्वभरका सेनामा सबैभन्दा शक्तिशाली सेनाको शीर्ष स्थानमा अमेरिकी आर्मी परेको छ।

सेनाको अध्ययन गर्ने संस्था फायर पावरले सन् २०१६का लागि संसारका सबैभन्दा शक्तिशाली सेनाको लिस्ट तयार पारेको छ।

हेर्नुहोस् टप टेनमा कुन कुन देशका सेना कायम छन् ?

१) अमेरिकी सेना

_83501581_47bd20d3-5a7c-49ac-a17d-595a9f8e6a43

विश्व शक्ति अमेरिका शक्तिशाली सैन्य भएको देशको शीर्ष स्थानमा परेको छ। ५८१ अर्ब डलर रक्षा बजेट रहेको अमेरीकी सेनासँग ८८४८ ट्यांक, २७८५ लड़ाकू विमान, १३ युद्वपोत, ९५७ एट्याक हेलिकप्टर र ७५ पानीजहाज छ। अमेरिकी सेनामा लगभग १४ लाख सैनिक कार्यरत छन्।

२) रूसी सेना

8

रूसको आर्मी शक्तिशाली आर्मीको सूचीमा दोस्रो नम्बरमा परेको छ। रुसको कुल रक्षा बजेट ४६ अर्ब अमेरिकी डलर रहेको छ। रसियाली सेनासँग १५ हजार ३ सय ९८ ट्यांक, १४३८ लड़ाकू विमान, १ युद्वपोत, ४७८ एट्याक  हेलिकप्टर र ६० पानीजहाज छन्। रसियाली सेनामा ७ लाखभन्दा बढी जवान संलग्न छन् ।

३) चिनियाँ सेना

Chinese soldiers take part in a parade commemorating the 70th anniversary of Japan's surrender during World War II in front of Tiananmen Gate in Beijing, Thursday, Sept. 3, 2015. The spectacle involved more than 12,000 troops, 500 pieces of military hardware and 200 aircraft of various types, representing what military officials say is the Chinese military's most cutting-edge technology. (AP Photo/Ng Han Guan)

शक्तिशाली सेनाको सूचीमा तेस्रो नम्बरमा एसियाली मुलुक चीन परेको छ।

१५५ अर्ब रक्षा बजेट रहेको चिनियाँ सेनासँग ९१८५ ट्यांक, ३१५८ लडाकु विमान १ युद्वपोत, २०० एट्याक हेलिकप्टर र ६८ पानीजहाज छन्। चिनीयाँ सेनामा करिब २३ लाख सैनिक आवद्ध छन्।

४) भारतीय सेना

indian-army

दक्षिण एसियाली महारथी भारत शक्तिशाली सेनाको सूचीमा चौथो नम्बरमा परेको छ।

ग्लोबल फायरपावरले शक्तिशाली सेनाको सूचीको चौथो नम्बरमा राखेको भारतको कुल रक्षा बजेट ४० अर्ब अमेरिकी डलर छ।

भारतीय सेनासँग ६४६४ ट्यांक, ८०९  लड़ाकू विमान, २ युद्वपोत, १९ एट्याक हेलिकप्टर र १४ पानीजहाज छन्। भारतीय सेनामा लगभग १४ लाख जवान आवद्ध छन्।

५) फ्रान्सेली सेना

france-army

फ्रान्सको सेना शक्तिशाली सेनालको लिस्टमा पाँचौ नम्बरमा आएको छ। ३५ अर्ब अमेरिकी डलर कुल रक्षा बजेट रहेको फ्रेन्च फ्रेन्च सेनासँग ४२३ ट्यांक, २८४ लड़ाकू विमान, ४ युद्वपोत, ४८ एट्याक हेलिकप्टर र १० पानीजहाज छ। फ्रेन्च सेनासँग लगभग २ लाख जवान शामिल छन्।

६) बेलायती सेना

british-army

ग्रेट ब्रिटेन शक्तिशाली आर्मीको लिस्टमा छैठौ स्थानमा छ। ग्लोबल फायरपावरका अनुसार ब्रिटेनको कुल रक्षा बजेट ५५ अर्ब डलर छ। ब्रिटिस सेनासँग ४०७ ट्यांक,  १६८ फाइटर प्लेन, १ युद्धपोत, ४९ एट्याक हेलिकप्टर र १० पानीजहाज छन्। ब्रिटेनी सेनामा लगभग १ लाख ५० हजार सैनिक आवद्ध छन्।

७) जापानी सेना

japan-army-compressed

एसियाली राष्ट्र जापान शक्तिशाली आर्मीको लिस्टमा ७ औं नम्बर परेको छ। जापान सरकारले रक्षाका लागि ४० अर्ब डलर छुट्टाएको हुन्छ।

जापानी सेनासँग ६७८ ट्यांक, २८७लड़ाकू विमान, ३ युद्वपोत, ११९ एट्याक हेलिकप्टर र 7 पानीजहाज छन्। जापानी सेनामा लभगग २ लाख ५० हजार सैनिक हैं सामेल छन्।

८) टर्की सेना

turkey-army

विश्वमा शक्तिशाली सेनाको आठौं नम्बरमा टर्कीको सेना आएको छ। यस देशको कुलद रक्षा बजेट लगभग १८ अर्ब डलर छ। टर्कीस सेनासँग ३८७८ ट्यांक, २०७ लड़ाकू जहाज, ६४ एट्याक हेलिकप्टर र १३ पानीजहाज छन्। टर्कीस सेनामा लगभग ४ लाख सैनिक आवद्ध छन्।

९) जर्मन सेना

german-army

विश्वको शक्तिशाली सेनाको नवौ स्थानमा जर्मन सेना रहेको छ। जर्मनी सरकारले  ८६ अर्ब डलर रक्षा बजेटमा छुटाएको छ। जर्मनी सेनाको साथमा ४०८ ट्यांक, १६९ लडाकु विमान, ४४ एट्याक हेलिकप्टर र ५ पानीजहाज छन्। जर्मन सेनामा लगभग १ लाख ८० हजार सैनिक कार्यरत छन् ।

१०) इटाली सेना

italian-army

इटालीको सेनालाई ग्लोबल फायरपावरले आफ्नो लिस्टको १० औं स्थानमा राखेको छ। ग्लोबल फायरपावर एजेंसीका अनुसार इटलीको रक्षा बजेट ३४ अर्ब डलर छ।  इटालीको सेनासँग ५८६ ट्यांक, १८५ लडाकु जहाज, २ युद्वपोत ५८ एट्याक हेलिकप्टर र ८ पानीजहाज छ। इटलीको सेनामा कुल ३ लाख २० हजार सैनिक शामिल छन् ।

९८ अाैं स्थानमा नेपाल

nepal-army-day-2010-2-13-6-10-47

९५ हजार सैनिक रहेको नेपाली सेनाको कुल रक्षा बजेट २१ करोड अमेरिकी डलर रहेको छ। १८ वटा हेलिकिप्टर रहेको नेपाली सेनासँग १४८० फाइटर सवारी छन्।

सूचीमा नेपाल १२६ देशको सूची तयार पारेको संस्थाले नेपाली सेनालाई ९८औं स्थानमा राखेको छ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार