चीनले पछिल्लो समय अमेरिकालाई हरेक क्षेत्रमा पराजित गरिरहेको छ । चीनले मुख्यगरी प्रविधीको क्षेत्रमा अमेरिकालाई उछिनिरहेको छ । त्यो पनि ५ वर्षभित्र चीनले अमेरिकालाई उछिनेको हो ।

बेलायत, अमेरिका र अस्टे«लियास्थित रहेको विश्वविख्यात अखबार र विज्ञहरुको टोलीले गरेको अध्ययनबाट चीनले अमेरिकालाई ६४ वटा प्रविधीका मोर्चाहरुमध्ये ५७ वटा मोर्चामा पराजित गरेको तथ्यांक निकालेको छ ।

गत महिना अर्थात् जुन १८, २०२५ मा बेलायतको विश्वविख्यात अखबार ‘द इकोनोमिस्ट’ले हेडलाइन बनाएर भन्यो, ‘के साँचिकैं चिनियाँ विश्वविद्यालय विश्वकैं उत्कृष्ट छन् त ?’

सो अखबारले नेचरको प्रेस्टिजियस इन्डेक्सको हवाला दिएर भन्यो– ‘हो’ ।

चाखलाग्दो कुरा के छ भने विश्वका प्रख्यात अमेरिकी र बेलायती विश्वविद्यायहरु खोज अनुसन्धानमा चिनियाँभन्दा पछाडि परेका छन् ।

सन् २०१६ को नेचरको नेचर इन्डेक्सकाअनुसार अक्सफोर्ड र क्याम्ब्रिज विश्वविद्यालय नवौं स्थानमा छन् । त्यसमध्ये हावर्ड युनिभर्सिटी दोस्रो स्थानमा छ ।

पहिलो कुन होला त ? चाइनिज एकेडेमी अफ साइन्सेस । चीन कसरी विश्वको सुपरपावर भन्यो भन्ने कुरा यी दृष्टान्तले देखाउँछ । बेलायती अखबारले चीनको भव्य प्रगतिको तथ्य प्रकाशित गरेको एक महिनापछि अमेरिकी अखबारहरुले पनि चिनियाँ विकास र प्रगतिको खुलेरैं प्रशंसा गरेका छन् ।

अमेरिकी विश्वविख्यात अखबार ‘द न्युयोर्क टाइम्स’ले यो तथ्य सार्वजनिक गरेको हो । सो अखबारले चीनले अमेरिकाका धेरैभन्दा धेरैं प्रविधीहरुलाई जितेको तथ्यांकहरु प्रस्तुत गरेको छ । त्यसमध्ये न्युयोर्क टाइम्सले अमेरिकालाई चीनले जितेको प्रमुख ११ डोमेनको चर्चा गरेको छ ।

यहाँ दुई विज्ञ डेविड आर्टर र गोल्डन हन्डर्सनले लेखेको एक चर्चित लेख छ । लेखनको प्रकृति हेर्दा यो लेखन होइन एक थेसिस हो । उसो त आर्ट र हन्डर्सन दुबैं विज्ञ हुन् । उनीहरुले अमेरिकाको श्रम बजारमा चीनको उदयले पारेको प्रभावको बारेमा चर्चा गरेका छन् ।

अर्थशास्त्रका दुई प्रध्यापक रहेका उनीहरुले आफ्नो विचारमा तर्क मात्र प्रस्तुत गरेका छैनन्, तथ्यहरुसमेत प्रस्तुत गरेका छन् । तथ्यांकहरु प्रस्तुत गर्दै उनीहरुले कसरी चीनले व्यापक फड्को हान्यो भन्नेबारे फेहरिस्त राखेका छन् । चीनले अमेरिकासँग प्रतिस्प्रर्धा गरेर के के दक्षता हासिल गर्यो त ?

ती दुई प्रध्यापकले चीन कसरी दु्रत गतिमा फड्को हानेर अमेरिकालाई पछाडि छोड्यो भन्नेबारे अस्ट्रेलियाको एक थिंकट्यांकले गरेको तथ्यांकलाई पनि आधार बनाएका छन् । सन् २००३ बाट सन् २००७ को अवधिमा अस्टेलियाको थिंकट्यांक ‘अस्ट्रेलियन स्ट्राटेजिक पोलिसी इन्टिस्च्युट’ले एक अध्ययन गर्यो ।

उसले विभिन्न ६४ वटा मोर्चाहरुको अध्ययन गरेर अमेरिका र चीनबीचको पछिल्लो प्रविधीमा भएको प्रगति विवरण देखाएको छ । ती सबैं मोर्चाहरु प्रविधिभित्रका छन् । ती ६४ मोर्चामा चीन सन् २००७ सम्म मात्र तीन मोर्चामा अगाडि थियो अरु सबैं ६० मोर्चामा अमेरिका अगाडि ।

१८ वर्षअगाडिसम्मको अवस्था त्यो थियो भने अहिले कथा बदलिएको छ । सन् २०१९ बाट सन् २०२३ सम्मका तथ्यांकलाई हेर्ने हो भने ६४ वटा डोमेनमा ५७ वटा डोमनमा चीनको वर्चश्व रहेको छ र थोरैंमा मात्र अमेरिकाको अग्रता रहेको छ ।

अब चर्चा गरौं चीनले अमेरिकालाई उछिनेका ११ मोर्चा डोमेनहरुको ।

पहिलो मोर्चा हो– एडभान्स सर्किट डिजाइन एन्ड फेब्रिकेसन । यो मोर्चामा सन् २०१७ सम्म अमेरिका आगडि थियो तर सन् २०२३ मा आउँदा अमेरिका पछाडि पर्यो । यसमा सन् २०१७ मा अमेरिकाको हिस्सा २९ प्रतिशत हुँदा चीनको हिस्सा जम्मा १७ प्रतिशत मात्र थियो । त्यसको ६ वर्षमैं कथाले नयाँ मोड लियो र चीनको हिस्सा २९ प्रतिशत पुग्यो र अमेरिकाको हिस्सा जम्मा १४ प्रतिशत मात्र रहन पुग्यो ।

मोर्चा नम्बर दोस्रो हो– एडभान्स म्याग्नेट एन्ड सुपरकन्डक्टर । यो सन् २०१७ मा अमेरिकाको १६ प्रतिशत हिस्सा थियो भने सन् २०२३ मा आउँदा १ प्रतिशत घटेर १५ प्रतिशत हुन पुगेको छ । उता चीनको भने सोही अवधिमा थोरैं प्रगति हुन पुग्यो । चीन सन् २०१७ मा २८ प्रतिशतबाट बढेर सन् २०२३ मा आइपुग्दा २९ प्रतिशतमा पुग्यो ।

मोर्चा नम्बर तेस्रो हो– एडभान्स अप्टिकल कम्युनिकेसन । यो मोर्चामा पनि अमेरिकाभन्दा चीन अगाडि छ । सन् २०१७ मा अमेरिकाको १६ प्रतिशत हिस्सा हुँदा चीनको ३७ प्रतिशत थियो । पछि सन् २०२३ आइपुग्दा जहाँ अमेरिकाको ८ प्रतिशत घटेर ७ प्रतिशतमा झर्यो भने चीनको तीव्रतामा बढेर ४५ प्रतिशतमा पुग्यो ।

त्यसैगरी चौथो मोर्चा हो– एडभर्सियल एआई । सन् २०१७ मा अमेरिका ४२ प्रतिशतले अग्रतामा रहँदा चीनको हिस्सा जम्मा १७ प्रतिशत मात्र थियो । तर सन् २०२३ मा पुग्दा अमेरिकाको घटेर १३ प्रतिशतमा झर्यो भने चीनको हिस्सा बढेर ३४ प्रतिशतसहित अग्रस्थानमा रहन पुगेको छ । चीनलाई एआईको क्षेत्रको नेतृत्वकर्ता बनाउने एक सूचक यही मोर्चालाई मानिन्छ ।

यसैगरी एआई एल्गोरिदम एन्ड हार्डवेयर एक्सिलेरटर मोर्चामा पनि चीनले तीव्र विकास गरेको छ । सन् २०१७ मा अमेरिकाको हिस्सा १५ प्रतिशत र चीनको हिस्सा ३८ प्रतिशत थियो । सन् २०२३ मा आइपुग्दा चीनको हिस्सा २९ प्रतिशत हुँदा अमेरिकाको १४ प्रतिशत रहन पुगेको छ । यसमा चीनको केही हदसम्म घटेको छ ।

त्यस्तैं इलेक्टिकल व्याट्रीमा पनि चीनको हिस्सा अग्रस्थानमा छ । सन् २०१७ मा चीनको हिस्सा ४६ प्रतिशत थियो भने अमेरिकाको २५ प्रतिशत थियो । सन् २०२३ आउँदा चीनको हिस्सा ७६ प्रतिशत पुग्दा अमेरिकाको १९ प्रतिशत घटेर ६ प्रतिशतमा खुम्चिन पुगेको छ । यसको अर्थ हो– विद्युतीय व्यार्टीमा चीनको एकछत्र राज चलिरहेको छ ।

अर्को हाई पफमेन्स कम्युटिंगमा सन् २०१७ मा अमेरिकाको हिस्सा ४२ प्रतिशत थियो भने चीनको हिस्सा मात्र १३ प्रतिशत मात्र थियो । त्यो सन् २०२३ मा आइपुग्दा चीनको हिस्सा बढेर ३६ प्रतिशत हुँदा अमेरिकाको खुम्चेर १७ प्रतिशत हुन पुगेको छ । यसबाट हेर्दा चीनको साइबर शक्ति ह्वात्तैं बढेको देख्न सकिन्छ ।

उता मशिन लर्निङको क्षेत्रमा सन् २०१७ मा अमेरिका र चीन बराबरको अवस्थामा थिए । जहाँ अमेरिकाको २७ प्रतिशत र चीनको पनि २७ प्रतिशत थियो । सन् २०२३ मा पुग्दा चीनको हिस्सा बढेर ४० प्रतिशत हुनपुग्यो भने अमेरिकाको घटेर ११ प्रतिशतमा खुम्चिन पुग्यो । यसले अमेरिकाको मशिन लर्निङ क्षेत्र कमजोर हुन पुगेको र चीन बलियो भएको देखाउँछ ।

त्यसैगरी नेचुरल ल्याङ्ग्वेज प्रोसेसिङमा हेर्दा सन् २०१७ मा अमेरिकाको हिस्सा ३७ प्रतिशतसहित अग्रस्थानमा थियो भने चीनको हिस्सा मात्र १६ प्रतिशत थियो । त्यो सन् २०२३ मा आइपुग्दा त्यसमा व्यापक फेरबदल भइसकेको थियो । चीनको बढेर २२ प्रतिशत हुन पुगेको छ भने अमेरिकाको घटेर २१ प्रतिशतमा झरेको छ । यसमा यसका फाइदा लिनेहरु डिपसिकदेखि टिकटकहरु पर्दछन् । यी दुई चिनियाँ एपले विश्वमा तहल्का नैं मच्चाइरहेको छ । चीन र अमेरिकाको कुटनीतिक सकस यो टिकटक पनि रहेको छ । टिकटक बन्द गर्ने पक्षमा पुगेका डोनाल्ड ट्रम्पको चुनाव जिताउने यही एप प्रमुख साधन मानिन्छ ।

यसैगरी क्वान्टम कम्युटिंगमा पनि चीनको उल्लेखनीय प्रगति भएको छ । सन् २०१७ सम्म अमेरिकाको हिस्सा ३३ प्रतिशत थियो भने चीनको जम्मा १३ प्रतिशत मात्र थियो । त्यो सन् २०२३ मा पुग्दा चीनले बढाएर २० प्रतिशत पुर्यायो भने अमेरिकाको घटेर २४ प्रतिशतमा सीमित हुन पुग्यो । यो मोर्चामा अमेरिका अझैं पनि अगाडि देखिन्छ । तर चीनको तीव्र प्रगति हेर्दा अब छिट्टैं अमेरिकालाई उछिन्ने देखिन्छ ।

यस्तै ११ मोर्चामा क्वान्टम सेन्सर्स हो । सन् २०१७ मा अमेरिकाको हिस्सा ३० प्रतिशत थियो भने चीनको हिस्सा १८ प्रतिशत मात्र थियो । तर सन् २०२४ मा आइपुग्दा चीनको हिस्सा बढेर २७ प्रतिशत हुन पुग्यो भने अमेरिकाको घटेर १८ प्रतिशतमा खुम्चिन पुग्यो ।

विश्वमा अमेरिकाले आफ्नो प्रविधि, पुँजी र जनशक्तिको परिचालन गरेर महाशक्ति बन्न पुगेको थियो भने अहिले चीन अहिले विश्वको महाशक्ति अमेरिकालाई एकपछि अर्को क्षेत्रमा पछि पार्दै अगाड बढेको छ । शुरुमा चर्चा गरिएजस्तैं जतिबेला पश्चिमा देशका विश्वविद्यालयहरु अग्रणी शैक्षिक क्षेत्रका रुपमा थिए, त्यो बेलासम्म पश्चिमा देशको दबदबा कायम थियो ।

तर जब चिनियाँ विश्वविद्यालयहरुले आफ्ना शैक्षिक क्षेत्र खासगरी विश्वविद्यालयहरुलाई अनुसन्धान र अध्ययनको क्षेत्र बनाउन थाल्यो त्यसपछि चीन अहिले अमेरिका र पश्चिमा जगतलाई पछि पार्दै अघि बढेको छ ।
२०८२ साउन १३

 

 

 

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार