
सन् १९५० देखि १९५३ सम्म अमेरिकासँगको ३ वर्ष लामो युद्धमा ५ लाख कोरियालीहरुले बलिदान गरे । सो युद्धमा अमेरिकाले लज्जासपद पराजय व्यहोर्नु पर्यो । उसका हजारौं सेनाले कोरियाली सेनासामु आत्मसमर्पण गर्नु पर्यो ।
तर यी दुई देशबीचको युद्ध सकिएन बरु युद्धविरामको अवस्थामा रहे ।
हो त्यो समयदेखि आजसम्म पनि कोरिया र अमेरिका एक अर्कामा कट्टर दुश्मनका रुपमा देखा परेका छन् । उत्तर कोरियाले अहिले पनि आफुहरु अमेरिकासँग युद्धमा रहेको बताउने गर्दछ । अनि अमेरिकाले पनि उत्तर कोरियालाई ‘दुश्मको धुरी’ भनेर एक नम्बर दुश्मनको रुपमा घोषणा गर्ने गरेको छ ।
विश्वभरि राजनीतिक र सैन्य हस्तक्षेप गरेर आफ्नो दादागिरी मच्चाउदै आएको अमेरिका भने उत्तर कोरियासँग हायलकायल छ । त्यो हुनुको एकमात्र कारण हो, कोरियाले अपनाएको राष्ट्रियता र देशभक्ति सोचले । अनि अर्को कारण हो, उत्तर कोरियाले न्युक्लियर परमाणु बममा गरेको विकास ।

न्युक्यिर बममा उसले गरेको पछिल्लो सन् २०१६ को न्युक्लियर बम अहिलेसम्मकै शक्तिशाली बमका रुपमा लिने गरिन्छ । सन् २००६ देखि २००९, २०१३ हुँदै हालै सन् २०१६ को सेप्टेम्बरमा परीक्षण गरिएको न्युक्लियर बम सबैभन्दा शक्तिशाली रहेको बताइन्छ ।
उत्तर कोरियासँग अहिले सक्रिय सेना मात्र ११ लाख रहेको छ भने अढाई लाख जनता सैन्यकृत भएको विश्वास गरिन्छ ।
यसर्थ पनि अमेरिका कोहीसँग डराउँछ भने उत्तर कोरियासँग मात्र हो । जहाँका जनता अमेरिकालाई तीव्र घृणा गर्दछन् । आफ्नो देश, पार्टी र नेताप्रति अगाध मायाँ गर्छन् । त्यसैले त कोरियाले अमेरिकी शासकहरुको निदहराम गरिदिएको छ ।







