९० को दशकमा सोभियत सत्ताको विघटनपछि अमेरिकी थिङट्याङ एव राजनीतिशास्त्री फ्रान्सिस फुकोयामाले भनेका थिए– ‘सिद्धान्त मात्र होइन अब त विश्वबाट इतिहासको समेत अन्त्य भइसक्यो ।’

फुकोयामाको भनाईको सन्देश थियो– यो विश्वबाट समाजवाद र साम्यवादको अन्त्य भइसक्यो र अब पुँजीवादको मात्र भविष्य छ । तर इतिहासले पुँजीवादी दार्शनिक र राजनीतिशास्त्रीहरुको भविष्यवाणीलाई एक एक गरेर हावा खुवायो ।

15016389_527302300812503_8365658719875983250_o

अमेरिकी माओवादी रेडगार्डहरु सडकमा

सन् १९९२ मा फुकोयामाले ‘द इन्ड अफ हिस्टोरी एन्ड द लास्ट म्यान’ अर्थात् ‘इतिहासको अन्त्य र अन्तिम मान्छे’ नामक ठूलो ठेली लेखेर साम्यवादको अन्त्यको घोषणा गरिरहँदा अमेरिकामै क्रान्तिकारी कम्युनिस्ट पार्टी अमेरिका (आरसीपी)को स्थापना भइसकेको थियो ।

फुकायामाहरुलाई जोशिलो झापड दिदै पेरु र नेपालजस्ता मुलुकबाट क्रान्तिकारी माओवादीहरुले ८० र ९० को पछिल्लो दशकबाट जनयुद्धको आरम्भ र निरन्तरता दिए । जसले विश्वभरिका क्रान्तिकारी जनतालाई आशा र उत्साहको संचार प्रदान गर्यो ।

हालसालै मात्र विश्वमा खासगरी अमेरिका र युरोपमा फेरि माओवादी आन्दोलनको लहर नयाँ शिराबाट फैलिएको छ । अमेरिकामा क्रान्तिकारी कम्युनिस्ट पार्टी अमेरिका (आरसीपी)को स्थापना र बर्चश्व त छदै छ, त्यसमा हालैका वर्षहरुमा विभिन्न माओवादी समुहरुको स्थापनाले साम्राज्यवादको मुख्य अखडामा क्रान्तिकारी तीर सोझिनेगरी माओवादी पार्टीको जन्म भएको छ ।

सन् २०१६ को वर्षभित्र अमेरिकामा स्थापना भएका ‘माओइस्ट ग्रुप, युएसए’, ‘रेड गार्ड, अस्टिन’ र ‘माओइस्ट ग्रुप, ताकोमा’ ले माओवादलाई मुख्य वैचारिक हतियार मानेर पार्टी स्थापना गरेका छन् ।

अमेरिकामा स्थापना भएका यी माओवादी समुहहरुले आफ्नो वैचारिक प्रस्थापना प्रक्षेपण गर्नुका साथै हालै अमेरिकामा भएको राष्ट्रपति निर्वाचनमा भौतिक रुपले सक्रिय बहिष्कार समेत गरे ।

अमेरिकामा क्रान्तिकारी कम्युनिस्ट पार्टी, अमेरिका (आरसीपी) सबैभन्दा ठूलो र पूरानो माओवादी पार्टी हो । सन् १९७४ देखि संचालनमा आएको यो पार्टीका अध्यक्ष बब अभायकिनले सिंगो विश्वको माओवादी आन्दोलनमा ठूलो योगदान गरेका छन् । उनै अभायकिनले क्रान्तिकारी अन्तराष्ट्रियतावादी आन्दोलन (रिम) को नेतृत्व समेत गरे ।

सन् १९८४ मा स्थापना भएको रिममा कुनैबेला नेपालबाट नेकपा मसाल र पछि नेकपा (माओवादी) सक्रिय सदस्य समेत भयो । हाल रिम डिफङजस्तो देखिएपनि यसले आफ्नो विचारमा नयाँ क्रमभंगता गर्न खोजिरहेको छ ।

अमेरिका, जो आफुलाई विश्वको प्रजातन्त्रको ठूलो ठेकेदार ठान्छ । त्यो देश भौतिक रुपमा धेरै सम्पन्न्न पनि छ । जहाँ ३१ करोड जनसंख्या भएको मुलुक हो । त्यही मुलुकमा जन्मेका माओवादी समुहहरुले माओवादलाई नयाँ र क्रान्तिकारी विचारको रुपमा मान्दै हालै जुन आन्दोलनहरु गरेका छन्, यसले विश्वभरि नयाँ लहर पैदा गरेको छ ।

usa-r

अमेरिकी सडकमा ओर्लिएका माओवादीहरु

अमेरिकामा सम्पन्न राष्ट्रपतीय निर्वाचन अगाडि आरसीपी अमेरिका र रेडगार्ड, आस्टिनले सबैभन्दा बढी बहिष्कारका कार्यक्रम गरे । सम्पन्न निर्वाचनपछि रेडगार्ड आस्टिनको नेतृत्वमा भएको सबैभन्दा ठूलो आन्दोलन हालै केही दिनअघि मात्र भयो । रेडगार्ड आस्टिनको आन्दोलनको प्रभावबाट अमेरिकाभरि रेडगार्ड गठन गर्ने अभियान नै चल्न थालेको छ ।

अमेरिकामा माओवादको लहर चलिरहेको बेला युरोपको अर्को केन्द्रभाग मानिने फ्रान्समा स्थापना भएको माओवादी पार्टी फ्रान्सले अहिले पछिल्ला दिनमा वैचारिक एव राजनीतिक क्रियाकलापहरु गरिरहेको छ । अमेरिकामा हालै सम्पन्न भएको निर्वाचनबाट निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पलाई माओवादी फ्रान्सले फासिवादका पछिल्ला कट्टर प्रनिनिधि भनेर किटान गरेको छ ।

विश्वको वैभव र सम्पन्नशाली भनिएको अमेरिका र युरोपमा माओवादको लहर फैलिन थालेपछि विश्वभर सिंगो माओवादी आन्दोलनमा नयाँ आशा र भरोसा पैदा हुन पुगेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार