नेत्र विक्रम चन्द विप्लव नेतृत्वको माओवादी निकट युवाहरु उपत्यकाका विभिन्न ठाउँमा सर्वसाधारणका विकास निर्माणमा क्रियाशिल भइरहेका छन् ।
विप्लव माओवादी निकट राष्ट्रिष युवा जनस्वंसेवकको नेतृत्वमा युवाहरु काठमाडौं उपत्यकाअन्तर्गत काठमाडौं, ललितपुर र भक्तपुरका विभिन्न क्षेत्रमा निस्वार्थ रुपले जनश्रमदानमा खटिरहेका छन् ।

ललितपुरमा विप्लव माअाेवादीका युवाहरू
मंगलबार मात्र विप्लव माओवादीका युवाहरुले ललितपुर र भक्तपुरका विभिन्न क्षेत्रमा बाटोघाटो निर्माणदेखि खानेपानी निर्माणमा लागे । जुन कामबाट सर्वसाधारणहरु खुशी भएका छन् ।
मंसिर १ देखि सुरु भएको राष्ट्र लागि राष्टिय युवा जनस्वंसेवक युवा अभियानअन्तर्गत विप्लव माओवादीका युवाहरु जनश्रमदान र विकास निर्माणमा लागेका हुन् ।
अभियानको पहिलो दिन वीर अस्पतालको सरसफाईदेखि अहिलेसम्म आउँदा दर्जनौं सर्वसाधारणको काममा जनस्वंसेवकका युवाहरु निस्वार्थ रुपमा काममा खटेका हुन् ।
शान्ति प्रक्रियापछि योंग कम्युनिस्ट लिग नेपालको नेतृत्वमा माओवादी युवाहरु यस्ता काममा खटिन्थे । तर अहिले वाईसिएल प्रचण्डको विचलनसँगै विघटन भएपछि विप्लव माओवादीका युवाहरु जनतासँग जोडिएर काममा लागेका छन् ।
विप्लव माओवादीका युवाहरुको कामबाट उपत्यकाबासीहरु असाध्यै खुशी र प्रभावित भएको राष्ट्रिय युवा जनस्वयसेवकका उपत्यका इन्चार्ज केशव पोखरेलले बताए ।
उनका अनुसार आफुहरुको निस्वार्थ कामबाट उपत्यकावासीहरु खुशी भई आउने दिनमा आफुहरुको सहयोग विप्लव माओवादीलाई हुने बताएको युवा नेता पोखरेलले बताए ।

काठमाडाैं वीर अस्पताल वरिपरि सरसफार्इमा माअाेवादी युवाहरू

भक्तपुरमा विप्लव माअाेवादीका युवाहरू







