विश्वका चर्चित मिडियाले फिडेल क्यास्त्रोको निधनको समाचारलाई शनिबार निकै महत्व दिएर लेखेका छन् ।
बीबीसी, सीएनएनदेखि टाइम म्यागजिन, न्युयोर्क टाइम्स, चीनबाट प्रकाशित हुने चाइना डेली, बेलायतबाट निस्कने द टेलिग्राफजस्ता विश्वका नामी मिडियाले क्युबाका क्रान्तिकारी नेता फिडेल क्यास्त्रोलाई लिएर मुख्य ब्यानर समाचार बनाएर लेखेका छन् ।

द इकोनोमिस्ट पत्रिकाको अनलाइन संस्करण
क्यास्त्रोको जन्म, सशस्त्र क्रान्तिकारी संघर्षदेखि ५० वर्षसम्म क्युबामा शासन गरेको र अमेरिकालाई ५ दशक चुनौति दिएर गरेको कामबारे विश्वका मिडियाहरुले निकै महत्व दिएर लेखेका छन् ।
बीबीसीले ओबामाको भनाईलाई हवाला दिएर लेखेको छ- ‘क्यास्त्रोको कामलाई इतिहासले मुल्यांकन गर्नेछ ।’ सीएनएनले मुख्य ब्यानर समाचार बनाएर लेखेको छ- ‘क्युबाको क्रान्तिकारी आदर्श फिडेल क्यास्त्रोको मृत्यु ।’
टाइम म्यागेजिनले पनि मुख्य ब्यानर समाचार बनाएर लेखेको छ- ‘फिडेल क्यास्त्रो, जसले अमेरिकालाई ५० वर्ष चुनौति दिए र अहिले निधन भयो ।’
चीनबाट प्रकाशित हुने चाइना डेलीले ‘चीनसँग फिडेल क्यास्त्रोको सम्वन्ध ।’ भन्दै लेखेको छ । अनि भारतको द हिन्दुले लेखेको छ- ‘फिडेल क्यास्त्रोको क्रान्तिकारी जीवन धनी बनेर बाँच्यो ।’

सीएनएन टेलिभिजनको अनलाइन संस्करण
विश्वको चर्चित द इकोनोमिस्टले ‘क्यास्त्रोको जीवन र समय’ शीर्षकसहित अरु कयौं उपशीर्षकसहित निकै ठूलो महत्व दिएर समाचार बनाएको छ ।
प्राय विश्वका सबै मिडियाहरुले क्यास्त्रोको निधनलाई लिएर सकारात्मक समाचार लेखेका छन् तर ‘वाशिङटन पोष्ट’ र बेलायतबाट निस्कने ‘द टेलिग्राफ’ले मात्र ‘क्युबाको डिक्टेटर (तानाशाह)’ भनेर लेखेको छ ।
यति हुँदाहुँदै पनि विश्वका नामी र चर्चित मिडियाहरुले क्युबाका क्रान्तिकारी नेता क्यास्त्रोको निधनपछि बनाएको समाचारको प्रभाव इतिहासमा सधै प्रभावशाली बनेर रहनेछ । जुन उनको निधनबाट विश्वका पुँजीवादीहरुसमेत हायलकायल भएका छन् ।

बीबीसी टेलिभिजनको अनलाइन संस्करण

चीनबाट निस्कने चाइना डेली

भारतबाट निस्कने द हिन्दु

अमेरिकाबाट निस्कने चर्चित अंग्रेजी म्यागजिन

बेलायतबाट निस्कने द टेलिग्राफले मात्र क्यास्त्रोलाई डिक्टेटर भनेर लेख्यो







